⚽ फुटबल

म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा बर्नमाउथलाई हरायो

एजेन्सी । प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा बिहीबार राति बर्नमाउथमाथि २–१ को जित निकालेको छ । सिटीका लागि लिअम डेलेप र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका लागि साम सुरेड्जले एक गोल फर्काए । खेलको १८ औं मिनेटमा डेलेपले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । तर, त्यसको चार मिनेट नबित्दै बर्नमाउथका स्ट्राइकर सामले गोल गदै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए… पुरा पढौ

बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि, सेभियाको चौंथो प्रयास असफल

एजेन्सी, असोज ९ । युरोपिन च्याम्पिन्स लिगको उपाधि उचालको जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको पनि उपाधि जितेको छ । गए राति भएको खेलमा बार्यनले स्पेनिस क्लब सेभियालाई २–१ ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । यस सँगै बार्यनले सात वर्ष पछि यो उपाधि उचालेको हो । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको छ… पुरा पढौ

काराबाओ कप, आर्सनललाई आत्मघाती गोलको उपहारसँगै लिसेष्टरमाथि जित

एजेन्सी-काराबाओ कप अन्तर्गत आर्सनलले लिसेष्टर सिटीमाथि जित दर्ता गर्ने क्रममा आत्मघाती गोल(ओजी) निकै महत्वपूर्ण रह्यो । लिसेष्टर सिटीमाथि २- ० गोलले पराजित गर्ने क्रममा आत्मघाती गोलसँगै आर्सनलले आग्रता लियो । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा आर्सनलको भाग्य ५७ मिनेटमा खुल्यो । पहिलो हाफ बराबरीमा टुंगिएपछि दोस्रो हाफमा गोलको रस्साकस्सी हुदैं गर्दा लिसेष्टरका क्रिष्टियन फचले आफनै गोलपोष्टमा गोल गर्दै दुर्भाग्य निम्त्याए । पहिलो गोलले पछि परेको लिसेष्टरले खेल सकिन केही मिनेट बाँकी रहदाँ अर्को गोल खाँदै सहज पराजित स्वीकार्यो । ९० औं… पुरा पढौ

टाेटनह्यामले एभर्टनकाे सामना गर्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) टोटेनह्यामले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा टोटनहम सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ । ह्यारी केनको कप्तानीमा मैदान उत्रने टोटनहमलाई खेलाडी चोटको ठुलो समस्या छैन । डिफेन्डर टानगानगा भने थाई इन्जुरीको कारण टिममा छैनन् । तर, जोसे मोरिन्होको टिमलाई बलियो एभर्टनविरुद्ध कठिन भने हुनेछ । एभर्टन पनि जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । कार्लो एन्सेलोटीको टिम एभर्टनले हालै अनुबन्ध गरेको फरवार्ड जेम्स रोड्रिगेजलाई मैदान उतार्ने संभवाना छ… पुरा पढौ

चौथो पटक थपियो पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद

खेलाडी न्युज(पोखरा)-पोखरा रंगशाला फुटबल मैदान निर्माणको म्याद फेरी थप गरिएको छ । चौथो पटक म्याद थप गर्दै आगामी मंसिर मसान्तसम्मको म्याद कम्पनीले पाएको छ । मंसिर मसान्तभित्रमा रंगशाालको भिआईपी प्यारापिटको सम्पूर्ण काम सक्ने कम्पनीले जनाएको छ । मैदानको पूर्व तर्फ निर्माण गरिने अफिसियल भवनको भने राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति भईसकेको छैन् । परिषदबाट भवन निर्माण गर्न स्वीकृति दिएको छ महिनाभित्रमा काम फत्ते गर्ने कम्पनीले जनाएको छ । कोरोना त्राससँगै लकडाउनले काम गर्न नपाउँदा ठेकेदार कम्पनीलाई भने आर्थिक भार बढेको छ… पुरा पढौ

डम्बरलाल माकाजू..‘पोखरेली फुटबलका सफल कप्तान’

धन बस्नेत, पोखरा -विजय टिम ! नाम त्यसै राखिएको भने होईन् । एकपछि अर्को विजय प्राप्त गरेपछि टिमको नाम नै विजय टिम राखियो । छ दशक अघि पोखरामा खासै फुटबल थिएन् । पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । त्यसभन्दा अघि फुटबल कस्तो हुन्थ्यो । जानकारी कमैलाई मात्रै थियो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । तीन वर्षपछि विजय टिमको शुरुवात भयो । त्यसको कप्तानी भने डम्बरलाल माकाजूले… पुरा पढौ

६५ वर्ष वित्यो पोखराको फुटबल

धन बस्नेत, पोखरा-विश्वमै सर्वाधिक लोकप्रिय खेलकुद हो फुटवल । त्यसैले भन्न गरिन्छ फुटबललाई किङ अफ दि गेम । पोखरामा ६५ बर्षअघि फुटवल भित्रिएको हो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । २०१३ सालमा डम्बरलाल माकाजूको कप्तानीमा विजय टिम बनाइएको थियो । उतिवेला बगरस्थित पुरानो टुडिखेल र नेपाली सेनाको फुलबारी व्यारेकको मैदानमा मात्रै फुटबल खेलिन्थ्यो । पाँच दशक अघि स्थानीय रामकृष्ण टोलमा जागृति क्लब, आर्मीको टिम, अम्मरसिंह माविको टिम, भैरव… पुरा पढौ