⚽ फुटबल

लिभरपुलको लज्जास्पद हार, जारी लिगमा पहिलो हार

एजेन्सी, असोज १९ । डिफेन्डिङ च्याम्पियन लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति पराजित भएको छ । लिभरपुललाई एस्टन भिल्लाले ७–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली एस्टन भिल्लाका लागि ओली वान्ट्किन्सले चाैंथो, २२औं र ३९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा ज्याक ग्रेएलिशले ६६औ र ७५ औँ मिनेटमा गोल गरे भने ३५ औँ मिनेटमा जोन म्याकगिन र ५५ औँ मिनेटमा रस बाक्र्लीलेले गोल गरे । लिभरपुलका लागि मोहम्मद सालहले ३३औं र ६० औँ मिनेटमा… पुरा पढौ

रियल मड्रिड लिगको शीर्षस्थामा उक्लियो

एजेन्सी-स्पेनिस ला लिगा अन्तर्गत आईतबार राती भएको भएको प्रतिस्पर्धामा रियल मड्रिडले लेभान्टेलाई पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको छ । ब्राजिलियर युवा खेलाडी भिनिसियस जुनियर तथा करिम बेन्जेमाको गोलमा रियलले लेभान्टेलाई २-० गोलले पराजित गरेको हो । भिनिसियसले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १-० ले अगाडि बढेको रियलले खेलको अतिरिक्त समयमा करिमा बेन्जेमाले गोल गर्दै जित सुनिश्चित बनाए । बेन्जेमाले इन्जुरी समयको ५ औं मिनेट(९० प्लस ५) गोल गरेका थिए । पुरा पढौ

प्रिमियर लिग, वेष्टह्यामको फराकिलो जित

एजेन्सी- एकसाता अघि मात्रै म्यानचेष्टर सिटीलाई धुलाई गरेको लिसेष्टर सिटी आईतबार वेष्टह्याम युनाईटेडसँग लज्जास्पद हार व्यहोरेको छ । आईतबार वेष्टह्यामले लिसेष्टरमाथि ३-० गोलले पराजित गर्दै तीन अंक स्कोरकार्डमा थप्न सफल भयो । पहिलो हाफदेखि नै दबावमा राखेको वेष्टह्यामले लिसेष्टरको पोष्टमा १४ औं मिनेटमा पहिलो गोल सम्भब बनाएको थियो । १४ औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै मिचेल एन्टोनियोले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए । लिसेष्टरका केगलर सोयुन्सुले फाउल गरेपछि वेष्टह्यामले फ्रिकिको अवसर पाएको थियो । पहिलो हाफकै ३४ औं मिनेटमा… पुरा पढौ

सिरी ए, रोमाको जितमा पेड्रोको निर्णायक गोल

एजेन्सी-पेड्रोको निर्णायक गोलसँगै एएस रोमाले इटालियन सिरीमा युडिनेजलाई १-० गोलले पराजित गरेको छ । पेड्रोले ५५ औं मिनेटमा निर्णायक गोल गरेपछि रोमाले जितसँगै तीन अंक जोड्दै अंक तालिकामा आठौंमा उक्लिएको छ । पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफमा एक गोल निस्किएको हो । खेलको १२ औं मिनेटमा युडिनेजका स्टेफानो ओकाकाले हानेको प्रहार गोलकिपरकै हातमा परेको थियो । १९ औं मिनेटमा पेड्रोले लियोनार्दो स्पान्जोलाको क्रसपासलाई सदुपयोग गर्दैको सट बचाउ भएको थियो । २२ औं मिनेटमा रोमाको अर्को अवसर गुम्यो । आईबेन्चले… पुरा पढौ

म्यानचेष्टर युनाईटेडले टोटनह्यामलाई स्वागत गर्दै

एजेन्स-इंग्लिस प्रिमियर लिग अन्तर्गत आज म्यानचेष्टर युनाईटेड र टोटनह्याम हट्सपर बीच प्रतिस्पर्धा हुदैं छ । युनाईटेडले टोटनह्यामलाई ओल्डट्राफोर्डमा स्वागत गर्ने छ । आतित्थलाई टोटनह्यामले अविस्मरणीय बनाउने लक्ष्य छ । युनाईटेड भने महत्वपूर्ण तीन अंकको लागि पाहुना टोलीसँगै खेल्ने छ । बिङंटनसँगको खेलमा विवादस्पद ३-२ गोलको नजितासँगै युनाईटेड तीन अंक जोडेको थियो । युनाईटेडले दुई खेलमा केवल ३ अंक मात्रै जोडेको अवस्था छ । खराब लयसँगै सिजन शुरु गरेको युनाईटेडले ब्रिङटनमाथि जित निकाल्दै ३ अंक बटुलेको हो । अंक तालिकामा युनाईटेड… पुरा पढौ

काभानी एक वर्षको लागि म्यानचेष्टर युनाईटेडमा

एजेन्सी-युभेन्टसबाट बाहिरिएका उरुग्वीयन स्ट्राईकर एडिसन काभानी म्यानचेष्टर युनाईटेड पुगेका छन् । उनी एकवर्षको सम्झौताको लागि आईतबार लण्डन आईपुग्ने छन् । ३३ वर्षिय काभानीले आफनो व्यक्तिगत प्रक्रिया पुरा गरेका छन् । उनका एजेन्टले १० मिलियन युरोको प्रस्ताव समेत गरेका छन् ।अर्को वर्ष सम्झौता थप्ने सम्भावना पनि उत्तिकै छ । काभानी बेनफिका र एथलेटिको मड्रिड जाने सम्भावना भने यो सिजन कम छ । काभानीले युनाईटेडसहित अन्य क्लबमा जानको लागि इच्छा देखाएका थिए । युनाईटेडले युनाईटेडले बोरुसिया डर्टमण्डका जाडोन सान्चोको भित्रयाउन खोजेको थियो… पुरा पढौ

म्यानचेस्टर सिटीलाई लिड्सले रोक्यो

एजेन्सी, असोज १८ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई यसै सिजन बढुवा भएको लिड्सले १–१ को बराबरीमा रोकेको छ । नयाँ सिजनको लिग सुरुआत भएसँगै खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले १७ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलबाट अग्रता लिए पनि कायम राख्न असफल रह्यो । पहिलो हाफमा लिएको अग्रता पछि सिटीविरुद्ध आक्रामक देखिएको लिड्सले ५९ औँ मिनेटमा रोड्रिगोको गोलबाट बराबरी गोल फर्कायो । यससँगै म्यानचेस्टर सिटीले तीन खेलबाट मात्रै चार अंक जोडेको छ । लिग अन्तर्गत… पुरा पढौ

क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले निकाल्यो सहज जित

एजेन्सी, असोज १७ । यसै सिजन अनुबन्ध भएका बेन चिलवालले डेब्यु खेलमा गरेको गोलसँगै शनिबार चेल्सीले क्रिस्टल प्यालेसमाथि ४–० को शानदार जित निकालेको छ । डिफेन्डर हावी भएको खेलमा चिलवालका अलावा कुर्ट जुमाले एक गोल गर्दा जोर्गिनोले पेनाल्टीबाट दुई गोल थप्दै टोलीलाई सहज जित दिलाएका हुन् । चेल्सीको घरेलु मैदानमा भ्रमणकारी टोली क्रिस्टल प्यालेसले धेरै काउन्टरको प्रयास गरे पनि असफल भएको थियो । चेल्सीमा फरवार्ड भन्दा डिफेन्डर हावी भएका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलको चेल्सीले दोस्रो हाफमा… पुरा पढौ

लिभरपुलका सादियो माने कोरोना संक्रमित

एजेन्सी-सेनेगलका लिभरपुल स्ट्राईकर सादियो मानेलाई कोरोना भारइस संक्रमित भएका छन् ।कोरोना भाइरस संक्रमित भएपछि माने अनिवार्य रुपमा मार्गनिर्देशन अनुसार सेल्फ आईसोलेसनमा बसेका छन् । गत मंगलबार इग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनल विरुद्ध ३)१ गोलले पराजित गरेको थियो । त्यही दिनमा उनलाई सामान्य लक्षण देखिएपछि पूर्ण रुपमा स्वास्थ्यमा भने कुनै समस्या भने देखिएको थिएन् । थियागो अलकान्तारा र क्लबले उनलाई नियमित रुपमा प्रत्यक्ष निगरानी गरिरहेका छन् । माने आईसोलेसन समयावधिसम्म बस्ने छन् । लिभरपुलले भोलि आईतबार एष्टन भिल्लासँग प्रतिस्पर्धा गर्ने छ… पुरा पढौ

नेइमारको दुई गोलले पिएसजीको फराकिलो जित

एजेन्सी, असोज १७ । फ्रान्सेली शीर्ष डिभिजनको खेल लिग वान अन्तर्गत गए राति भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) विजयी भएको छ । एसजीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एंगरमाथि ६–१ को फराकिलो जित निकालेको हो । फराकिलो जित निकाल्ने क्रममा पिएसजीले पहिलो हाफमा २ र दोस्रो हाफमा ४ गोल थप्दा एक गोल खान पुगेको थियो । पिएसजीलाई फराकिलो जित निकाल्नका लागि नेइमारले दुई गोल गर्दा खेलको ३६औं र ४७औं मिनेटको अवसरलाई सदुपयोग गरेका थिए । ३–१ को अवस्थामा… पुरा पढौ