नेट गेम्स

पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

पोखरा-पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् । बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् । उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् । पोखराको गण्डकी बोर्डिङमा कक्षा ७ मा… पुरा पढौ

विद्यालयस्तरीय ह्याण्डबल उपाधि गुरुकुललाई

पोखरा-प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि गुरुकुल विद्यासदन स्कुलले जितेको छ । मन्जुबहादुर बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल खेलाडी संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा गुरुकुल विद्यासदनले विन्ध्यवासिनी माविलाई १७–१२ गोल स्कोरमा पराजित गर्दै उपाधि जितेको हो । फाईनल खेलमा गुरुकुलका पवन छन्त्यालले सर्वाधिक ८ गोलको योगदान दिएका थिए । मनकामना स्पोर्टस एण्ड फेन्सीले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेता विद्यालयलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो । उपविजेताले ७ हजार रुपैयाँ… पुरा पढौ

ह्याट्रिक सहित प्रिन्सलाई उपाधी

विराटनगर-नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा… पुरा पढौ

प्रिन्स र जेशिका फाईनलमा

विराटनगर-नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ फाईलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकलको सेमिफाईनलमा पुलिसका प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । अव उपाधीका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् । प्रफुलले पुलिसका बिष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरेका थिए ।… पुरा पढौ

आईतबारदेखि प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता

पोखरा-यही फागुनको ७ देखि ९ गतेदेखि कास्कीको अन्तरविद्यालयस्तरीय सेकेण्डीलेभल छात्र ह्याण्डबल प्रतियोगिता हुने भएको छ । ह्याण्डबल खेलाडी संघ कास्कीको आयोजनामा आईतबारदेखि प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता हुदैं छ । प्रतियोगिता पोखरा रंगशाला ह्याण्डबल कोर्टमा हुने छ । प्रतियोगितालाई मनकामना स्पोर्टस एण्ड फेन्सी महेन्द्रपुलले मुख्य प्रायोजन गरेको छ । दुईदिनअघि मात्रै कास्की जिल्ला ह्याण्डबल संघले विद्यालयस्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आयोजना गरेको थियो । पोखरा रंगशालामा हुने प्रतियोगिता लिगकम नकाउटमा खेलाईने छ । कास्कीमा ह्याण्डबल खेलको विकास र विस्तारको… पुरा पढौ

गण्डकी र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

पोखरा-गण्डकी गण्डकी बोर्डिङ स्कुल र पोखरा एकेडेमीले नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता २०७९ को उपाधि जितेका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्रा ह्याण्डबल प्रतियोगिताको पोखरामा भएको फाइनल खेलमा छात्रा तर्फ गण्डकीले सरस्वती बिद्या आश्रमलाई र छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योति बिद्याकुञ्जलाई पराजित गर्दै उपाधि जितेका हुन्। ण्डकीले सरस्वती बिद्या आश्रमलाई ५—३ को गोल अन्तरले पराजित गर्दा छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योति बिद्या कुन्जलाई १०—७ को गोल अन्तरले पराजित गरेको हो… पुरा पढौ

प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर- नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । सोही समूहबाट उपबिजेताको… पुरा पढौ

पुलिसका प्रिन्सलाई दोहोरो सफलता

विराटनगर- नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’मा दोहोरो सफलता हात पारेका छन् । आज पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित प्राप्त गरेका हुन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियतामा रहेका खेलाडीहरुको पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल… पुरा पढौ

बाह्रौं पुष्पलाल स्मृती ब्याडमिन्टन मंगलबारबाट

पोखरा-नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । शहिद रङ्गशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ । प्रतियोगिताको नाम ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता… पुरा पढौ

पोखरामा विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा-कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा आईतबारदेखि पोखरा रंगशालमा विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप विद्यालयस्तरीय प्रतियोगितामा छात्र तर्फ पहिलो खेलमा पोखरा एकेडेमीले राईजिङ स्टारलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । पोखराको जितको क्रममा १२—३ गोलअन्तरको नजिता निकाल्यो । त्यस्तै अर्को खेलमा पोखरा लनर्सले ज्ञानज्योतिलाई १३—१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अगाडि बढ्यो । छात्र तर्फकै तेस्रो खेलमा अल्फा बोर्डिङलाई १५—३ गोल अन्तरले पारजित गर्दै गण्डकी बोर्डिङ स्कुलले जित आत्मसात गरेको छ… पुरा पढौ