नेट गेम्स

नेपालको दोहारो सफलता

काठमाडौं- नेपाली खेलाडीहरुले ब्याडमिन्टन एशिया (दक्षिण एशिया)क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगत मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेको छ । नेपाल सहित श्रीलङका, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु–१५ तर्फ र यु–१७ दुवै तर्फ जित आत्मसाथ गरेको छ । यु–१५ र यु–१७ दुवै तर्फ नेपालले वेष्ट अफ फाईभको प्रतिस्पर्धामा मालदिभ्स माथि ५–० को जित निकालेको हो । लिगको आधारमा खेलाईएको प्रतियोगितामा १५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन… पुरा पढौ

जापानमा हुने वाकाबा कप व्याडमिन्टन खेल्ने यु–१५ टोलीलाई विदाई

पोखरा-जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तरराष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ । यही जुलाई १९ देखि २१ सम्म जापानको क्योतोमा हुने वाकाबा कप व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने दश खेलाडीसहित १४ जनाको टोलीलाई विदाई गरिएको हो । टोलीको नेतृत्वमा भूगोल गुरुङले गर्ने छन् । गुरुङ मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका संस्थापक अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा टोली मंगलबार काठमाडौंबाट जापान प्रस्थान गर्ने छ । टोलीलाई सोमबार कास्की जिल्ला व्याडमिन्टन संघले खादा लगाई सफलताको… पुरा पढौ

कमल र गणेशको जोडी सेमिफाईनलमा

काठमाडौं-पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाईनलमा प्रवेश गरेका छन् । ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव थापा दाजुभाईले उपाधीका लागि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले पराजित गर्दै… पुरा पढौ

राष्ट्रिय च्याम्पियन प्रिन्सलाइ पराजित गर्दै प्रफुललाई उपाधी

काठमाडौं-नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० मा पुरुष एकल तर्फ उपाधी उचालेका छन् । निकैनै संघर्षपूर्ण खेलमा बिश्व जुनियर नम्बर एक रहिसकेका दाहाललाइ महर्जनले २१–१९, २१–२३, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । महर्जनको राष्ट्रिय प्रतियोगितिामा यो पहिलो जित हो । उनी हालै मात्र जापान बसेर फर्केका थिए । यस प्रधानमन्त्री कपको पहिलो बिजेता दिपेश धामी रहेका थिए । धामीले फाईनलमा प्रिन्सलाई पराजित गर्दै… पुरा पढौ

प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा

काडमाडौं-त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् । महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । महर्जन जोडीले फाईनल प्रवेशका लागि कास्कीका बिधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी संग प्रतिस्र्धा गर्ने छन् । बिधान र लिनथेपको जोडीले नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।… पुरा पढौ

प्रीन्स र रसिला एशियन गेम्सकालागि छनोट

काठमाडौं- प्रीन्स दाहाल र रसिलामहर्जन यसै बर्षको सेप्टेम्बरमाचीनको गाङ्गजाउमाआयोजनाहुने १९ औ एशियन गेम्सकालागि छनोट भएका छन् । नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमाआयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिलजोशी र जेशिकागुरुङ्ग छनोट भएका छन । बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् । चारै खेलाडीको एशियन गेम्सको यात्रापहिलो हो । एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको छ… पुरा पढौ

१६ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्ट जेष्ठ २१ देखि

काठमाडौं-नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ । नेपाल एपिएफ क्लब ९कृष्णमोहन स्मृती भवन हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् । राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि… पुरा पढौ

पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरा-पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ । साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो । मैत्री पाठशालाले एक स्वर्ण र एक कास्य पदकसहित च्याम्पियन बनेको हो । पोखरा महानगरपालिका खेलकुद विकास समिति र मोहन भुगोल व्याडमिन्टन फाउण्डेसनको संयुक्त आयोजनामा पोखरा रगंशालाको व्याडमिन्टन हल सम्पन्न प्रतियोगितामा निमावि छात्रा एकल तर्फ पोखराको मैत्री पाठशालाकी निभा राईले फाइनलमा बिद्या बिकासकी आस्ना श्रेष्ठलाई २१—१४, २१—१४ को सेटमा पराजित… पुरा पढौ

बुधबारदेखि पोखरा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता

पोखरा-आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहको व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंशगालास्थित व्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा विभिन्न ९ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेण्डरी लेभल छात्र तथा छात्रा(कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको हुनुपर्ने)मा प्रतिस्पर्धा गराईने छ… पुरा पढौ

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- ब्याडमिन्टनका उदियमान खेलाडी द्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख १२ देखि १७ गते ९अप्रिल २५ देखि ३०० सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सेरिज १००० नामाकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरि तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्रि अनुप रत्न शाक्यले निर्णयकको भूमिका… पुरा पढौ