कर्पोरेट

सहारा एकेडेमीको चौथो व्याच बैशाखदेखि

पोखरा-सहाराले क्लबले फुटबल एकेडेमी शुरु गरेको पनि दुई दशक पार गरेको छ । दुई दशक अवधिमा क्लबले तेस्रो व्याचका खेलाडीलाई एकेडेमीबाट विदाई गर्दै छ । आगामी बैशाखदेखि एकेडेमीमा भएक प्रशिक्षर्थीलाई विदाई गर्दै चौथो व्याच राख्ने योजना बनाएको छ । क्लबले अब चौथो व्याचको एकेडेमीमा ३० जना अनाथ(प्रशिक्षार्थी बालक)लाई राख्ने निर्णय गरेको छ । यसअघि एकेडेमीमा पहिलो व्याचमा २०, दोस्रो व्याचमा २० र तेस्रो व्याचमा २८ जना प्रशिक्षार्थी थिए । तेस्रो व्याचमा ११ जनाले दशजोड दुई अध्ययन पुरा गर्दै एकेडेमीबाट विदाई… पुरा पढौ

एमलाइफ नेपालगन्जले जित्यो केपीएल क्रिकेट उपाधि

नेपालगन्ज-एमलाइफ क्रिकेट क्लबले खैरी प्रिमियम लिग २०२३ (केपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ४२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो । टस जितेर ब्याटिङ रोजेको एमलाइफले निर्धारित २० ओभरको खेलमा १७२ रन जोड्न सफल भयो । त्यसक्रममा रनियापुरले ६ विकेट लिएको थियो । १७३ रनको विजयी लक्ष्य लिएको रनियापुर १३० रनमै सिमित भएको थियो । एमलाईफका लागि सर्वाधिक ४७ रनको योगदान गरेका रविन्दर म्यान अफ द सिरिज… पुरा पढौ

शनिबार ५५ कि.मीको ट्रेल रेस

पोखरा-कोभिडले रोकिएको तीन वर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ शनिबार शुरु हुदैं छ । ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुने छ । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना हुने छ । ‘पन्चासे ट्रेल रेस’मा ६० जना धावकले प्रतिस्पर्धा गर्ने छन् । ७ किलोमिटरको फन रेसमा ३१ ज्नाको सहभागिता रहने आयोजक पोखरा ट्रेल रेस सिरिजका संस्थापक विकास गुरुङले जानकारी दिए । ‘५५ किलोमिटरमा… पुरा पढौ

पोखरामा पहिलो पटक रोड रेसिङ च्याम्पियनसिप

पोखरा-पोखरा रंगशालामा पहिलो पटक आयोजित बाईक रोड रेसिङमा आशिक लामा च्याम्पियन बनेका छन् । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो भए । पोखरा रंगशालाभित्रको सडकमा गरिएको प्रतिस्पर्धा अन्तर्गत नोभिस विधामा भने निमेश ठकुरी पहिलो बने । दिलिप दनुवार दोश्रो हुदाँ मङ्गगेष जोशी तेश्रो भएका छन् । नोभिस र नेश्नल गरी दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङ गरिएको थियो । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल)… पुरा पढौ

आगामी जेठ २० मा तेस्रो अन्नपूर्ण म्याराथन

पोखरा-कास्कीको साहसिक दौड अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आगामी जेठ २० गते आयोजना गर्ने निर्णय गरिएको छ । अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म (४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठको तेस्रो साता आयोजना गर्ने निर्णय गरिएको हो । अन्नपूर्ण प्रथमहिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई आयोजना गर्दै आएको छ । कोभिड १९ को संक्रमणले दुई वर्ष स्थगित गरिएको थियो ।समितिका अध्यक्ष ललित गुरुङका अनुसार घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमाआयोजित छलफलमा स्थानीयपर्यटन व्यवसायीले म्याराथनलाई सफलपार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त… पुरा पढौ

जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

बाँके-बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमाच्याम्पियन बनेका छन् । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिकविधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथमभएकाहुन् । त्यसैगरी देवबहादुर बोहोराले ५३ मिनेट २७ सेकेण्डमा पुरा गर्दै दोस्रो र शिवप्रसाद थारुले ५६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पुरा गरी तृतीय स्थानहासिल गरे । ४.५ किलो मिटरको दुरी भएको ट्रेलमामहिलातर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा… पुरा पढौ

पोखराका केसी बने ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’

पोखरा-एनएफबीएफ सिटी जिम दोस्रो मिष्टर पोखराको उपाधि निश्चल केसीले जितेका छन् । ७५ केजी तौल समूहमा विजेता भएको उनले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच प्रतिस्पर्धीलाई पन्छाउँदै दोस्रो मिष्टर पोखरा बन्न सफल भएका हुन् । कस्की बडिल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा पोखराको सभागृह हलमा भएको प्रतियोगितामा पोखरा २ मिरुवास्थित मोन्ष्टर जिमका केसी च्याम्पियन बन्दै नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले आफनो तौल समूहमा समेत प्रथम हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका थिए । गण्डकी, लुम्बिनी, कर्णाली र… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ ।शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व।सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा स्व। पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशी नगद ३५… पुरा पढौ

करण सहित युवा क्रिकेटरलाई पोखरामा नगदसहित सम्मान

पोखरा-नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित अन्य चारजना युवा क्रिकेटरलाई पोखरामा मंगलबार सम्मान गरिएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज डुम्रेलाई एउटै कार्यक्रममा सम्मान गरिएको थियो । मञ्च र एकेडेमीले उनीहरुलाई नगद सहित सम्मान गरेको हो । गत चैत्र २ गते सम्पन्न विश्वकप क्रिकेट लिगमा नेपाललाई क्वालिफायर राउण्डमा पु¥याउन भूमिका खेल्ने नेपाली… पुरा पढौ

आगामी शुक्रबार पोखरामा ‘दोस्रो मिष्टर पोखरा’

पोखरा-यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पोखराको नयाँबजारस्थित सिटी जिम सेन्टरको मुख्य प्रायोजन रहेको दोसो मिष्टर पोखरामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने एशोसियसनका उपाध्यक्ष दिपक बास्तोलाले जानकारी दिए। ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ। तौल समूह विजेताले ओभर च्याम्पियनको लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धामा चार प्रदेशका एकसय भन्दा बढी खेलाडीहरुले सहभागिता… पुरा पढौ