कर्पोरेट

मञ्चद्वारा ‘लाईफ टाईम अचिभमेन्ट’ अवार्ड प्रायोजन

पोखरा-पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको छाता संगठन नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी बैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने अवार्ड अन्तर्गत मञ्चले ‘लाईफ टाईम अचिभमेन्ट २०७९’ को लागि प्रायोजन गरेको हो । प्रायोजन स्वरुप भुतपुर्व खलाडी मञ्चले खेलकुद पत्रकार मञ्चलाई नगद २५ हजार रुपैयाँ प्र्रदान गरेको छ । त्यस्तै सहारा हङकङले अवार्ड कार्यक्रमको लागि दश हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहारा हङकङका अध्यक्ष दीपक… पुरा पढौ

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- ब्याडमिन्टनका उदियमान खेलाडी द्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् । बैशाख १२ देखि १७ गते ९अप्रिल २५ देखि ३०० सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सेरिज १००० नामाकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरि तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्रि अनुप रत्न शाक्यले निर्णयकको भूमिका… पुरा पढौ

भुतपुर्व खेलाडी मञ्चको लक्ष्य ‘एथलेटिक्स एकेडेमी ’

पोखरा-नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले एथलेटिक्सका खेलाडी उप्पादन गर्ने लक्ष्यसहितको एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ । मञ्चको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद पराजुलीले आफनो योजना सार्वजनिक गर्दै एथलेटिक्स एकेडेमी स्थापना गरिने लक्ष्य राखिएको सुनाए । ‘एथलेटिक्सका खेलाडी उत्पादन गर्ने मञ्चको योजना छ’ उनले भने—‘फुटबल क्लबका आफनै एकेडेमी छन् । हामीले पनि एथलेटिक्स खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गर्ने योजना अघि सारेका हौं ।’ मञ्चले पोखरा अन्तराष्ट्रिय म्याराथनको पुरस्कार राशी बढाउने प्रस्ताव गरिएको छ ।… पुरा पढौ

अवार्ड वितरण पारदर्शितामा जोड

पोखरा-पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शिता बनाउन सुझाव दिएका छन् । जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहो¥याएका छन् । उनीहरुले विगतमा अवार्ड वितरण भएपनि गुनासो रहित बनाउने तर्फ खेलकुद पत्रकार मञ्च गण्डकीले तदारुकता नदेखाएको गुनासो गरेका थिए । यद्यपी कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । छलफलमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने… पुरा पढौ

रुदेन्द्र र सुदिक्षाले जिते बेन्च प्रेस र स्क्वाट प्रतियोगिता

काठमाडौं-नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिता पुरुषतर्फ रुदेन्द्र नारायण श्रेष्ठ र महिलातर्फ सुदिक्षा शाहले जितेका छन् । नयाँ वर्ष २०८० को अवसरमा हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगिता यसपटक रुदेन्द्र र सुदिक्षाले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार जित्न सफल भएका हुन् । क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने रुदेन्द्रले बेन्च प्रेस… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने राखेपको प्रतिवद्धता

पोखरा-सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा राखेप सदस्य सचिव टंकलाल घिसिङले सहयोगको प्रतिवद्धता जनाएका हुन् । सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला,… पुरा पढौ

पोखरा स्पोर्टस अवार्ड,उत्कृष्ट संघ पुरस्कार प्रायोजन टाईगर ग्रुप

पोखरा-पोखरा स्पोर्टस अवार्डको सातौं सस्करणलाई पोखराको टाईगर ग्रुपले उत्कृष्ट संघ पुरस्कार प्रायोजन गरेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाख २३ गते सातौं सँस्करणको पोखरा स्पोर्टसको उत्कृष्ट संघ विधालाई टाईगर ग्रुपले प्रायोजन गरेको हो । बुधबार ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार राशी ३५ हजार रुपैयाँ रहेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सासंद प्रकाश बराल, प्रदेश… पुरा पढौ

पोर्चुगलको नेशनल क्रिकेट टिममा पोखराका घिमिरे

पोखरा-पोर्चुगलले आगामी शनिबार साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दै छ । टी–२० सँगै यी तीनदेश बीच टी–१० प्रतिस्पर्धा हुने छ । मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन । चारवर्ष अघि मात्रै पोर्चुगल पुगेका घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन् ।पोर्चुगलस्थित गोर्खा–११ बाट क्रिकेट खेल्दै आएका घिमिरेले सन २०२० मा पहिलो युरोपियन क्रिकेट सिरिज खेले । जहाँ उनी म्यान अफ दि म्याच बने । सन २०१९ मा उनी पोर्चुगल गएका हुन्… पुरा पढौ

हिमालयन गल्फ कोर्ष टिमलाई उपाधि

पोखरा-पोखराको हिमालयन गल्फ कोर्ष टिमले एक्स एस्टाफोर्ड स्वीङ टिम बेलायतलाई ८९ अंकले पराजित गरेको छ ।पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा आईतबार भएको प्रतिस्पर्धा टिम हिमालयनले बेलायती पाहुनाटोलीलाई पराजित गर्दै च्याम्पियन बन्यो । टिम हिमालयनले कुल ३३६ स्कोर बनाउँदा एक्स स्टाफोर्ड स्वीङ टिम बेलायतले २४७ स्कोर बनाएको थियो । स्टेफल फोर्ड फूल ह्याण्डीक्यापको म्याच प्लेमा दुवै तर्फबाट ११ जना गल्फरको सहभागिता रहेको थियो । पोखराको हिमालयन गल्फ कोर्षको नेतृत्व गल्फर ले. कर्णेल यामबहादुर राना र पाहुना बेलायती टोलीको… पुरा पढौ

पन्चासे ट्रेल रेसको उपाधि अर्जुन र प्रियालाई

पोखरा-कोभिडले रोकिएको तीन वर्षपछि शनिबार पोखरामा आयोजित छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ को उपाधि पुरुष तर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राईले जितेका छन् । महिला तर्फको उपाधि भने खोटाङकी प्रिया राईले जित्न सफल भईन् । ‘पोखरा ट्रेल रेस सिरिज’ रनिङ क्लबको आयोजनामा भएको ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन भएको थियो । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना गरिएको थियो । ५५ किलोमिटरको दौड कुलुङ राईले ६… पुरा पढौ