कर्पोरेट

नव आदर्शलाई संगम कपको उपाधि

पोखरा-उपहार गोलसँगै आठौं संगम कप विल स्मृति फुटलब प्रतियोगिताको उपाधि नवआदर्श सामुदायिक विकास समाजले उचाल्यो । समाजले नकाउट फुटबल प्रतियोगिताको उपाधि उचाल्न झण्डै २४ वर्षको समय कुर्र्नु पर्यो । करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको समाजले हाल संगम कपको उपाधि जित्न सफल भएको हो ।संगम क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाईनलमा साविक उपबिजेता एल.जी.एशोसियसनलाई ३—२ को गोल अन्तरले पराजित गर्दै नव आर्दशले उपाधि सहित १ लाख ७५ हजार… पुरा पढौ

सुर्य नेपाल गल्फ टुर, सन्जय लामाको टोलीलाई प्रो–एम उपाधि

पोखरा-सुर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपनको अन्तिम दिनको प्रो–एम प्रतिस्धर्पाको उपाधि प्रोफेसनल गल्फर सन्जय लामाको टोलीले जितेको छ । शनिबार पोखरा–१४ छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रो–एम प्रतिस्पर्धामा लामाको टोलीले १३८ को स्कोरसहित उपाधि जितेका हुन् । लामा(३४) टोलीमा एमेच्योर खेलाडीमा पोखराका राजु थकाली (३५), सन्तोष गुरुङ(३५) र ब्रिगेडियर जनरल सुदर्शन सिल्वाल(३४) रहेका थिए । त्यसैगरी निरज तामाङको टोली उपविजेता बन्यो । टोलीले १२३ को स्कोर बनायो । टोलीमा महिला गल्फर सुष्मा सिग्देल(३२,… पुरा पढौ

शुक्रलाई दोस्रोपटक सुर्य नेपाल वेष्र्टन ओपनको उपाधि

पोखरा-पार ६९ को हिमालयन गल्फ कोर्षमा अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनले पोखरा १४ छिनेडाडाँस्थित कोर्षमा शुक्रबार अन्तिम दिन ५ अण्डर ६४ को कार्ड बनाएपछि उपाधि जित्न सफल भएका हुन् । दुईदिनसम्म ४ ओभर १४२ को स्कोरमा टुग्याउँदै अन्तिम दिन उपाधि प्रतिस्पर्धामा रहेका राईले उत्कृष्ट सट खेल्दै ५ अण्डरको ६४ कार्ड बनाए । ५४ होल समाप्तीमा उनले १ अण्डर २०६ को कार्ड बनाउँदै दोस्रो… पुरा पढौ

सुभाष शीर्षस्थानमा,भुवन एक स्ट्रोकले पछाडी

पोखरा-पहिलो दिन खराब शुरुवात गरेका सुभाष तामाङले सुर्य नेपाल गल्फ टुर २०२२÷२३ को सुर्य नेपाल वेष्टर्न ओपनको दोस्रो दिन बिहीबार उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थानमा उक्लिएका छन् । राष्ट्रिय टिमका सदस्य समेत रहेको सुभाषले गतवर्षको उपाधि रक्षा गर्ने लय दोहोर्याउने क्रममा बिहीबार ४ अण्डर ६५ को कार्ड बनाए । उनले ३६ होल सकिदाँ एक अण्डर १३७ स्कोरमा छन् । उनले दोस्रो दिन आठौं होलमा बर्डी हिर्काउ्रँदै अघिल्लो नौ होल एक अण्डर ३३ मा खेले । व्याक नाईनमा उनले अझ सुधार्दै तीन… पुरा पढौ

सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटी शीर्षस्थानमा

पोखरा-सुर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको बुधबारको पहिलो दिन भुवन नगरकोटीले दुई अण्डर ६७ को स्कोर बनाउँदै शीर्षस्थानमा छन् । पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा पहिलो दिनको १८ होल सकिदाँ भुवन नगरकोटीले सन्जय लामालाई तीन स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन् । नगरकोटीले फ्रन्ट नाईन अन्तर्गत एक अण्डर ३३ को कार्ड बनाए । यद्यपी उनले पहिलो दिनको शुरुवात बोगीबाट अगाडि बढे । पहिलो होलमा बोगी खेप्दै शुरुवात गरेका… पुरा पढौ

संगमको विजयी सुरुवात

पोखरा-अयोजक संगम क्लवले आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार(आज) भएको उद्घाटन खेलमा आयोजक संगम क्लवले सत्य युवा क्लब बी १३ लाई ३—१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । संगमको जितमा निश्चल जि.सिले दुई गोल गरे । अमिर गुरुङले एक गोल गरे । बी १३ का सरोज विकले गोल फर्काए । खेलको ३० औं मिनेटमा संगमका जि.सी.ले पहिलो गोल गरे भने पहिलो गोल खाएको ७… पुरा पढौ

बुधबारदेखि २३ औं सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा-सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदैं छ ।पार ६९ को कोर्षमा नेपालका शीर्ष बरियताका गल्फरहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको कीर्तिमान छ । उनले सन २०१६ मा पार ७० को कोर्षमा त्यतिबेला ९ अण्डर खेल्दै २०१ को च्याम्पियन बनेका हुन् । पार ६९ को कोर्ष बनाएपनि अहिलेसम्म शिवराम श्रेष्ठको कीर्तिमानी ९ अण्डर भने तोड्न सकेका छैनन् । १८ होलको पार ६९ कोर्षमा तीन दिन गल्फरले उपाधिको… पुरा पढौ

ह्याट्रिक सहित प्रिन्सलाई उपाधी

विराटनगर-नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा… पुरा पढौ

केन्याली धावक स्टेफनलाई पोखरा म्याराथनको उपाधि

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । उनले १६ औं संस्करणमा सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए । शनिबार पोखरामा आयोजित म्याराथनमा उनले दोस्रो पटक रक्षा गरेका हुन् । १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका थिए । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । केन्याली धावक कोसगेईले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन

पोखरा-१७ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लमजुङका रमजी बस्नेतले उपाधि जितेका छन् । उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पुरा गरेका थिए । बस्नेतले नगद ५० हजार राशी प्राप्त गरे । गोखराका निरज भट्ट क्षेत्री दोस्रो स्थानमा रहे । उनले निर्धारित दुरीलाई २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पुरा गर्र्दै नगद ३० हजार नगदराशी प्राप्त गरे । गोरखाकै श्याम मगरातीले २ घण्टा ५० मिनेट १३ सेकेण्डमा पुरा गर्दै तेस्रोे स्थानमा रहे । उनले नगद २०… पुरा पढौ