कर्पोरेट

एबीसी राष्ट्रिय एट ए साईड भेट्रान्सको उपाधी बगर भाइखलकलाई

पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि संगै बगर भाइखलकले नगद १,५५,५५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपबिजेतामा चित्त बुझाएको एबीसीले नगद ७७,७७७ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा बगर भेट्रान्सका दीपक गर्बुजा पुन, कुमार गुरुङ, इश्वर गुरुङ र हिमाल थापाले १–१ गोल… पुरा पढौ

चौथो एबीसी राष्ट्रिय एट ए साइड भेट्रान्समा क्वाटर फाइनल समीकरण

पोखरा-पोखरा रंगशालामा जारी चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतका खेलहरु सम्पन्न भएका छन । क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्स बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा २–१ गोल अन्तरले बौद्ध भेट्रान्सले लेकसाइडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा बौद्ध भेट्रान्सका रुपक बस्नेत म्यान अफ दी म्याच घोषित भए । दोस्रो क्वाटर फाइनलमा जोरपाटी भेट्रान्सले फ्रीडम फाइटर भेट्रान्सलाई १–० गोलले पाखा लगाउदै… पुरा पढौ

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ सुरु

पोखरा-पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज ९बिहीबार० देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु भएको हो । आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्यो । सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १र१ गोलको… पुरा पढौ

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा -दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि खेलाडीहरूको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार… पुरा पढौ

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप

पोखरा-यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं। २३, बाम्दीमा साहसिक मोटरबाइक रेस “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुदैं छ । प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुने छ । प्रतियोगिता विशेषगरी डर्ट बाइक (अफ–रोड मोटरसाइकल)प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका… पुरा पढौ

आगामी शनिबार पोखरामा रात्रीकालिन सडक दौड

पोखरा-पोखरामा आगामी शनिबार रात्रीकालिन सडक दौड हुदैं छ । पोखराको बजारमा पोखरा पहिलो पटक पोखरा नाईट स्ट्रिट रन हुने छ । यसै वर्ष नेपालगन्जमा रात्रीकालिन दौड आयोजना गरिएको थियो । दौडका संयोजक दीननाथ बरालका अनुसार सडक दौड ५ किलोमिटरको हुने छ । यद्यपी दुरी झण्डै ७ किलोमिटरको हुने अनुमान गरिएको छ । पोखराका लेकसाईडस्थित सेन्टरप्वाईन्टबाट हल्लनचोक हुदैं जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोकबाट उक्लिएर न्युरोडबाट विपिचोक हुदैं महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर टुंगिने छ । पोखरा होटल संघले फेवा नव वर्षको आयोजना गर्दै छ… पुरा पढौ

पिपुल्स च्वाईस अवार्डमा भोटिङमा सहकार्य

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ ।शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम पोखरा स्पोर्टस… पुरा पढौ

खेलाडी तथा प्रशिक्षकसँग रास्वपाको खेलकुद विभागको छलफल

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा खेलकुद प्रशिक्षक र खेल संघका पदाधिकारीले गुनासोको पोका फुकाएका छन् । उनीहरुले केही खेलको पूर्वाधारको समस्या केही खेल सामाग्रीले नियमित प्रशिक्षण गराउन नसकिएको गुनासो एकैसाथ गरे । सहभागी खेलाडी तथा प्रशिक्षकहरूले खेल क्षेत्रभित्र देखिएका विविध समस्या, चुनौती तथा विकृतिहरूबारे खुलाएका थिए । खेल पूर्वाधारको अभाव, अवसरको असमानता, व्यवस्थापनमा कमजोरी, प्रशिक्षण सामाग्री अभावले हुने असर लगाएका विषयमा बुदाँगत रुपमा उल्लेख गरे । खेलाडी तथा प्रशिक्षकले गरेको गुनासोलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो गुनासो पुस्तकमा लिपिबद्ध गर्यो… पुरा पढौ

सहारालाई हिमश्रीको काँध

धन बस्नेत/पोखरा: जतिबेला नेपालमा फुटबलको अवस्था शून्यता तर्फ उन्मुख थियो, त्यतिबेला नै पोखराको सहारा क्लबले फुटबलमा आफनो जग बसाल्यो । त्यो जगलाई पोखराकै प्रतिष्ठित व्यवसायिक घराना हिमश्री फुड्स प्रालिले बलियो बनायो । क्लबको स्थापना नै तत्कालिन माओवादीको जनयुद्धको प्रारम्भ पछि भएको थियो । २०५५ सालमा पोखराकै बसपार्कबाट उदय भएको क्लब अहिले नेपालकै उत्कृष्ठ क्लबमा दरिएको थियो । फुटबल मात्रै होईन आवासीय फुटबल एकेडेमी शुरु गरेको छ । आवासीय एकेडेमीमा अहिले ३० जना बालक आश्रित छन् । जुन क्लबको चौथो व्याचको… पुरा पढौ

रात्रीकालिन दौड, चुनौतिको भार

पोखरा-यही चैत अन्तिम साता पोखरामा नाईट रन(रात्रीकालिन दौड) आयोजना हुदैं छ । जुन पोखरामा पहिलो पटक आयोजना हुने छ । दौड केबल साढे पाँच किलोमिटरको हुने आयोजकले जनाएको छ । रात्रीकालिन दौड आयोजना गरिरहँदा चुनौति बढी रहेको औल्याइएको छ । रात्रीकालिन दौड त्यसमा पनि राती स्वयसेवक व्यवस्थापन, सवारी व्यवस्थापन, कृत्रिम प्रकाश(बत्ती)को व्यवस्थापन लगायतका चुनौति छन् । ती चुनौतिप्रति गम्भीर बन्नुपर्ने सुझाव खेल सघका पदाधिकारीले औंल्याएका छन् । पोखरामा नयाँ इभेण्टको रुपमा रहेको रात्रीकालिन दौड आफैंमा चुनौतिपूर्ण रहेको जिकिर उनीहरुको थियो… पुरा पढौ