कर्पोरेट

पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४… पुरा पढौ

एपीएफमाथि न्यू डायमण्डको सहज जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो । न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यू डायमण्डको यो लगातार… पुरा पढौ

होराईजन आदर्श कपको अन्तिम चारमा

पोखरा-आयोजक आदर्श क्लबको यात्रा पहिलो खेलबाटै टुगिदा वालिङको होराईजन क्लब भने अन्तिम चारमा प्रवेश गरेको छ । २६ औं आदर्श कप अन्तर्गत शनिबार भण्डारढीक खेल मैदानमामा भएको प्रतिस्पर्धामा होराईजनले आयोजको चुनौतिलाई १–० गोलले पन्छायो । होराइजनका विश्व थापाको गोल निर्णायक बन्यो । उनले खेलको ८१ औ मिनेटमा गरेको गोलले होराईजनलाई अन्तिम चारमा प्रवेश पर्याप्त बन्यो । आयोजक भने निराश बन्न पुग्यो । विश्व थापा म्यान अफ द म्याच बन्न सफल भए । आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६… पुरा पढौ

गण्डकीले सोझो सेटमा जित्दा पर्वतको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि शानदार जित निकालेको छ । टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा गण्डकीले माल्दिभ्समाथि ३–० को शानदार जित दर्ता गराएको हो । गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग ३–१ को सेटमा पराजित भएका गण्डकीले प्रतियोगितामा पहिलो जित निकालेको हो । माल्दिभ्सले… पुरा पढौ

थाइल्यान्ड क्विन्समाथि एपीएफको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्विन्समाथि सशस्त्र प्रहरी बल ९एपीएफ० ले रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो । थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल… पुरा पढौ

विभागीय डर्बीमा पुलिसको पुनरागमन जित

पोखरा-विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३—१ को सोझो सेटको जित आत्मसात गर्यो । छैैटौं एनसेल टाईगर कप महिला तथा पुरुष क्लब च्याम्पियनसिप अन्तर्गत महिला तर्फको प्रतिस्पर्धामा एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्ने क्रममा नेपाल पुलिस क्लबले लगातार तीन सेट जित्दै आर्मीको चुनौतिलाई पन्छायो । टाईगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा शनिबार भएको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई पहिलो सेटमा २५—१६ ले पराजित गर्दै आत्मविश्वासी देखियो । तर नेपाल पुलिस क्लबले दोस्रो सेट आफनो पक्षमा… पुरा पढौ

दुई विभागीय र न्यु डायमन्डको सुखद विजयी

पोखरा- घरेलु कोर्टमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बललाई उदघाटन खेल सुम्पिदैं छैटौं एनसेल टाईगर कप महिला तथा पुरुष क्लब च्याम्पियसिप भलिबल प्रतियोगिताको शुरुवात गरेको छ । टाईगर ग्रुफ अफ पोखरा नेपालको आयोजनामापोखरा रंगशाला भलिबल कोर्टमा शुक्रबार भएको प्रतिस्पर्धामा पुरुष तर्फ गण्डकी सशस्त्र प्रहरीसँग ३—१ को सेटमा पराजित हुदैं अर्को खेल जितको परीक्षामा रह्यो । लगातार दुई सेटले पछि परेको गण्डकी तेस्रो सटमा कम्ब्याक हुन पुग्यो । तर चौथो सेटमा फितलो प्रदर्शनलाई दोहोर्याएपछि उदघाटन सशस्त्र प्रहरलाई सुम्पिन पुग्यो ।… पुरा पढौ

पवर्तका गुरुङ अर्मलाकोट पर्वतीय दौड च्याम्पियन

पोखरा-अर्मलाकोट युथ क्लबको आयोजनामा शुक्रबार बसन्त पञ्चमीको अवसरमा आयोजित बाह्र किलोमिटर पर्वतीय दौडको उपाधि पर्वतका सुवास गुरुङले जितेका छन् । उनले दुरीलाई ५० मिनेट १० सेकेण्डमा पुरा गर्दै नगद २५ हजार रुपैयाँ पुरस्कार जिते । काठमाडौंका टंक कार्कीले ५० मिनेट २८ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । उनले बीस हजार रुपैयाँ प्राप्त गरेका छन् । तनहुँका टोपबहादु कुमालले ५० मिनेट ४७ सेकेण्डमा पुरा गर्दै तेस्रो बन्दै १५ हजार नगद पुरस्कार थापे । सिन्धुपाल्चोकका मिङमार सिङ्गी चौथो बने । उनले… पुरा पढौ

गण्डकी र सशस्त्र बीच उदघाटन खेल

पोखरा- टाईगर ग्रुफ अफ नेपाल पोखराको आयोजनामा आजदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा छैटौं संस्करणको एनसेल छैटौं टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुदैं छ । विहान ११ बजेदेखि खेल हुने छ । उदघाटन गण्डकी प्रदेश भलिबल संघले विभागीय टोली सशस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ टिपटन न्यु डायमण्डले त्रिभुवन आर्मीसँग खेल्दै शुरुवात गर्ने छ । विहान ११ बजे पहिलो खेल भने त्रिभुवन आर्मीले विदेशी टोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ… पुरा पढौ

आजदेखि आर्दश कप, कास्की र नेपाल प्रहरी बीच उदघाटन

पोखरा-भण्डारढीक खेल मैदानमा आजदेखि छब्बीसौं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । आदर्श क्लबको आयोजना तथा फष्ट च्वाईस फुड्स प्रालिको मुख्य प्रायोजन तथा आदर्श हार्डवयर एवं छत्रधर आत्रेयको सह प्रायोजनमा हुने प्रतियोगिताको उदघाटन कास्की ११ ले नेपाल प्रहरीको गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । कास्की ११ साविक विजेता समेत हो । प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको मुख्यालयको टोली प्रतिस्पर्धा गर्ने छ । राष्ट्रियस्तरको… पुरा पढौ