राखेप

फेन्सिङ शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ । पप्रतियोगितामादुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । छ टोलीको १४४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्न एरिनामा छन् । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन… पुरा पढौ

कर्णाली प्रदेशमाथि नेपाल प्रहरीको फराकिलो जित

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुदाँ डिएल नियमानुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो । ११ औं महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको डेब्यु प्रतियोगिता समेत हो । नेपाल प्रहरीले कप्तान रुबीना क्षत्रीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी… पुरा पढौ

मधेश विरुद्ध गण्डकीको फराकिलो जित

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ । गण्डकी प्रदेशले मधेश प्रदेशलाई ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । गण्डकीको लागि चन्द्र केसीले सर्वाधिक १० गोल हिर्काए । मधेशको लागि अम्बर चौधरी थारुले ५ गोलको योगदान गरेका थिए ।ह्याण्डबल प्रतियोगिताको संघीय अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वास्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना… पुरा पढौ

गण्डकीको जित्ने धोको अधुरै,सुदुरमाथि बाग्मतीको ८ विकेटको जित

पोखरा-महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन् ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः भोलिदेखी ह्याण्डबल

पोखरा -नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली ९सोमबार० बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिकाअनुसार सोमबार बिहान ८ बजे हुने खेलमा गण्डकी र मधेश भिड्ने भएका हुन्। आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता थियो भने नेपाल आर्मीले काँस्य पदक जितेको थियो।नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं… पुरा पढौ

पहिलो जित निकाल्ने गण्डकी चाहना अधुरै , ४० रनले पराजित

पोखरा-घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । गण्डकीले मधेश प्रदेश विरुद्ध महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित निकाल्न सकेको छैन् । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा… पुरा पढौ

सवै एक भएर राष्ट्रिय खेलकुद सम्पन्न गर्न आग्रह

पोखरा- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले सवै एक भएर राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेकाछन् । गण्डकी प्रदेशको पोखरामा यहि आश्विन २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगताका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको पोखरामा भएको बैठकलाई सम्बोधन गर्ने क्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् । विभिन्न उपसमितिका कार्यहरुको प्रगती विवरणको जानकारी लिने क्रममा आयोजना गरिएको बैठकमा सदस्य सचिव घिसिङले सवैको सहयोग र सहकार्यले मात्र राष्ट्रिय प्रतियोगिता सफल हुने बताए… पुरा पढौ

पहिलो जितको खोजीमा गण्डकी प्रदेश

पोखरा-आईतबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियागिता शुरु हुदैं छ । महिला क्रिकेटमा गण्डकी प्रदेशको इतिहास त्यही अब्बल छैन् । महिला क्रिकेटमा कमजोर देखिएको गण्डकी प्रदेशले सिनियर तर्फ राष्ट्रिय प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ । महिला क्रिकेटको इतिहास कोट्याउँदा गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगितामा जितको खुशी मनाउन सकेको छैन् । तर उमेर समूहको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशले सुदुरपश्चिममा आयोजित यु–१९ को उपाधि जितेर फर्किएको थियो । घरेलु मैदानमा होस या अन्य क्रिकेट मैदानमा गण्डकीको प्रदर्शन लोभ लाग्दो छैन्… पुरा पढौ

१० खेलका २३ इभेण्ट रद्द

पोखरा-गण्डकी प्रदेशका बन्द प्रशिक्षणमा रहेको केही खेलका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केवल दर्शक बनेर फर्किने छन् । बन्द प्रशिक्षण सकेर दशैं मनाउन घर गएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा दर्शक बनेर उपस्थिति जनाउने छन् । इभेण्टहरु रद्द हुदाँ प्रशिक्षण खेलाडीहरु दर्शक बनेर फर्किनुपर्ने बाध्यता राष्ट्रिय खेलकुद परिषदले सृजना गरिदिएको हो । खेलाडीहरु निराश बनेका छन् । प्राप्त सूचना अनुसार १० खेलका २३ वटा इभेण्ट रद्द गरिएको छ । झण्डै एक महिना बन्द प्रशिक्षण गरेर आफुले खेल्ने इभेण्ट रद्द हुदाँ खेलाडीमा नैराश्यता… पुरा पढौ

झरीले टेनिस कोर्ट जलमग्न, सुर्की बगाउँदा समस्या

पोखरा-कास्की जिल्ला टेनिस संघ यतिबेला बिलखवन्दमा परेको छ । दुईदिनदेखि झरी परेको छ । भर्खरै मर्मत गरिएको टेनिस कोर्ट पानीले जलमग्न छ । कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ । असोजको अन्तिम सातादेखि टेनिस शुरु हुदैै छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि एकसाता अघि मात्रै संघले मर्मतको काम शुरु गरेको थियो । मर्मत शुरु गर्दा मौसम निकै रमाईलो थियो । अहिले पानीले बिथोलिएको छ… पुरा पढौ