राखेप

कास्कीलाई गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि

पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालामा सोमबार फाइनलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै उपाधि उचाल्यो । उपाधिसंगै कास्कीले दुई लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता तनहुँले एक लाख रुपैयाँमा पाउन सफल भयो । निर्धारित समयमा दुबै टिम गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो । तनहुँका लागि दिपेश आले, शान्त… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कास्की र तनहुँ

पोखरा -पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा दुई टोली उपाधि निकट पुगेका हुन् । तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुग्दा कास्कीले म्याग्दीलाई उस्तै नजितामा पन्छाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजिब श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिएपनि लामो समय टिकेन् । तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्तबहादुर गुरुङले गोल गर्दै खेलमा फर्काए । ३५… पुरा पढौ

नवलपुरमाथि कास्कीको फराकिलो जित

पोखरा -आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । दशौंको तयारी गर्दै पोखरामा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको छ । आयोजनासँगै सेमिफाईनल समीकरण पुरा हुदाँ कास्की, म्याग्दी, तनहुँ र बाग्लुङले अन्तिम चारको यात्रा तय गरे । पोखरा रंगशाला फुटबल मैदानमा शनिबार भएको प्रतिस्पर्धामा कास्कीले नवलपुर विरुद्धको खेल ४–० फराकिलो गोल अन्तरको जित निकाल्यो । ३३ औं मिनेटमा विक्रम गौतमले गोल गरेपछि नवलपुर विरुद्ध गोल गर्दै कास्कीले अग्रता लियो । अभिषेक थापाले… पुरा पढौ

मर्मतको पखाईमा खेलकुद पूर्वाधार

पोखरा- पूर्वाधार नहुदाँ पूर्वाधार भएन भनेर विरोध भयो । पूर्वाधार बन्यो, खेल्न पाईएन भन्ने गुनासो रह्यो । तर अहिले बनेका पूर्वाधार संरक्षण र मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेका छन् । मर्मत गर्ने तर्फ सरकारी निकायको ध्यान खासै देखिदैन् । आम्दानीको स्रोत भएपनि मर्मत सम्भारमा निकायले आखाँ चिम्लिएको छ । खेलकुदका तीन सरकारी निकाय छन् । जिल्ला, प्रदेश र संघीय । जिल्ला खेलकुद विकास समिति कास्कीले उपभोग संरक्षण र सञ्चालनको जिम्मेवारी आफनो ठान्छ । प्रदेशले हाम्रै प्रदेशभित्रको जिल्लामा भएको सम्पति हाम्रो… पुरा पढौ

रग्बी सेभेनको उपाधि कर्णालीलाई

पोखरा-कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि सहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । तेस्रो बनेको एपीएफले २० हजार रुपैयाँ हात पारेको छ । विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास… पुरा पढौ

कास्कीका शिव र स्याङजाकी विनिता कराँते च्याम्पियन

पोखरा-गण्डकी प्रदेशस्तरीय फुल कन्टयाक्ट कराँते प्रतियोगितामा खुला तौल समूहमाा कास्कीका शिव भुजेल स्वर्ण पदक जितेका छन् । गोरखाका कुमार रोका दोस्रो भए । यसैगरी ६० केजी तौल समूहको पुरुष तर्फ स्याङजाका सन्जयकुमार गुप्ताले स्वर्ण पदक जित्दा पवर्तका धिरज परियार भने दोस्रो स्थानमा रहे । ५५ केजी तौल समूहमा पर्वतका रोशन गोतामे प्रथम, स्याङजाका निरज राना दोस्रो भए । त्यस्तै ५० केजी तौल समूहमा कास्कीका अनिष बुढामगरले स्वर्ण पदक जिते । कास्कीका साजन नेपाली भने दोस्रो स्थानमा रहे । ४५ केजी… पुरा पढौ

सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई उपाधि

सुर्खेत-प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् । त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३… पुरा पढौ

प्याडल नेपाल राष्ट्रिय र्‍याफटिङ च्याम्पियन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि जित्यो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए । यसै गरी प्रतियोगितामा… पुरा पढौ

काली गण्डकीमा र्‍याफटिङ प्रतिस्पर्धा

पोखरा-सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिएको छ । आयोजनाको सोमबार दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा… पुरा पढौ

मर्यादा ख्याल नगर्ने कास्की र स्याङजासँग परिषदको स्पष्टीकरण

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले कास्की र स्याङजा जिल्लालाई स्पष्टीकरण माग गरेको छ । परिषदका सदस्य सचिव श्रीधर शर्माद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा ‘आसन ग्रहणका लागि उदघोषणको क्रममा यस परिषदका पदाधिकारी ज्यूहरुको मर्यादा क्रमलाई ख्याल नगर्ने कास्की र स्याङजा जिल्ला खेलकुद विकास समितिलाई त्यसो किन गरिएको हो ?’उल्लेख छ । परिषदले दुई जिल्लासँग स्पष्टीकरण माग गर्दै सत्यतथ्य छानविन गरी एक महिनाभित्रमा प्रतिवेदन पेश गर्न समिति नै गठन गरेको छ । समितिको संयोजकको जिम्मेवारी परिषदका सदस्य ऋषिराम गौतमलाई तोकिएको छ । गौतमको संयोजकत्वमा… पुरा पढौ