खेल संस्था

थ्री बाई थ्री पुरुष बास्केटबलमा गण्डकीलाई स्वर्ण

पोखरा-नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष थ्री बाई थ्री बास्केटल प्रतिस्पर्धामा गण्डकीले स्वर्ण जितेको छ । पोखरा रंगशाला बास्केटबल कोर्टमा बिहीबार भएको प्रतिस्पर्धामा गण्डकीले सशस्त्र प्रहरी बललाई २१–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । सशस्त्र उपविजेता बन्दै रजतमा चित्त बुझायो । बास्केटबलमा गण्डकीलाई पराजित गर्दै सशस्त्रले स्वर्ण पदक जित्यो । गण्डकीलाई ८१–७९ स्कोरमा पराजित गर्दै सशस्त्रले स्वर्ण जितेको हो । दुई स्कोरले पछि पर्दै गण्डकीले रजतमा चित्त बुझाउन बाध्य बन्यो । कास्य पदकका लागी भएको प्रतिस्पर्धामा आर्मीले बागमतीलाई ७८–६०… पुरा पढौ

प्रदीपलाई टेनिसमा ह्याट्रिक स्वर्ण

पोखरा–टेनिस कोर्टमा गण्डकी प्रदेशका प्रदीप खड्काले तीन इभेण्टमा तीन स्वर्ण पदक जितेका छन । उनले बिहीबार भएको व्यक्तिगत विधाको फाईनलमा एनआएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन् । ०–३ ले पछि परेको अवस्थामा खड्काले पहिलो सेटलाई टाईब्रकेरमा पुर्याउँदै जित निकाले । उनले ७–६(७)ले जित्दै पहिलो सेट आफनो पक्षमा पारे । तर दोस्रो सेट भने सहजै जित निकाल्दै स्वर्ण पदकको हकदार बने । उनी टेनिसका शीर्ष बरियताका खेलाडी समेत हुन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा महिला… पुरा पढौ

रोडरेस मासस्टार्टमा गण्डकीका हिक्मतलाई स्वर्ण

पोखरा-पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जितेका छन् । त्यस्तै उक्त दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् । महिलातर्फको रोड… पुरा पढौ

बक्सिङमा आर्मीलाई ६ स्वर्ण, वागमती र पुलिसलाई २÷२ स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले ६ वटा स्वर्ण पदक जितेको छ । प्रतियोगितामा वागमती प्रदेश र नेपाल पुलिस क्लवले २÷२ वटा स्वर्ण जितेका छन् भने मधेश प्रदेशले १ वटा स्वर्ण पदक जितेको छ । प्रतियोगिता अन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी… पुरा पढौ

महिला हक्कीमा आर्मीलाई स्वर्ण, गण्डकी उपविजेता

पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको… पुरा पढौ

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै… पुरा पढौ

आर्चरीमा ७ स्वर्णसहित गण्डकी टीम च्याम्पियन

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लव १ स्वर्ण, २… पुरा पढौ

आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गन पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन् । उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । आर्मीका दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चिक्त बुझाए । महिला तर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरीलाई १ घण्टा १६… पुरा पढौ

ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पोखरा -पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् । उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे । पुरा पढौ

४ सय मिटर हर्डल्स पुरुषमा आर्मीलाई स्वर्ण

पोखरा-४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते ।एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते । पुरा पढौ