खेल संस्था

सुदुरसँग गण्डकी प्रदेश ६ विकेटले पराजित

पोखरा-घरेलु मैदानमा गण्डकी प्रदेशले पहिलो जित निकाल्ने प्रयास फेरी असफल बनेको छ । राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल जित्दै खुशीयाली मनाउने चाहना फेरी एकपटक अधुरै रह्यो । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा गण्डकीमाथि सुदुरपश्चिमले ६विकेटको जित निकाल्यो ।छैटौं ओभरमा १५ रन खर्चिएपछि गण्डकी हार नजिक पुगेको थियो । टस हारेर व्याटिङमा उत्रिएको गण्डकीले ५ विकेटको क्षतिमा ५९ रनमा समेटिएको थियो । चौथो नम्बरमा आएकी सृष्टि जैसीले २८ रनको महत्वपूर्ण इनिङ खेल्दै रन उकास्न प्रयास गरिन् । ४८ बल खेल्दै… पुरा पढौ

ह्याण्डबलःमधेश प्रदेशको दुवै टोली पराजित

पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको ह्याण्डबल प्रतिस्पर्धामा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ११–७ गोलको अन्तरले पराजित गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिस्पर्धात्मक जित निकाल्ने क्रममा अन्जली शाही र संगीता सिंहले समान ५÷५ गोलको योगदान गरे । पुरुष तर्फको ह्याण्डबल प्रतिस्पर्धामा बागमतीले मधेश प्रदेशलाई २१–१३ स्कोरले पराजित गर्यो । सोनाम राकेश शेर्पाले बागमताीका लागि सर्वाधिक ५ गोल हिर्काएका थिए । पुरा पढौ

बागमती माथि सशस्त्रको जित

पोखरा-मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ । एकसमय १७÷३ दयनीय अवस्थामा रहेको सशस्त्र प्रहरीलाई मध्यक्रममा रोमा थापा र ममता चौधरीले ३२ रनको साझेदारी निभाउँदै जितको सम्भावना बलियो बनाएका थिए । ८९ रनको लक्ष्य पछ्याएको सशस्त्रले ओपनर ज्योति पाण्डेलाई एक रनलाई गुमाउन पुग्यो । अर्की ओपनर सीता राना मगरले प्रतियोगिताकै पहिलो छक्का हिर्काउँदै १० बलमा १६ रन बनाउँदै राम्रो शुरुवात… पुरा पढौ

नेपाली चेस टोलि बंगलादेश प्रस्थान

काठमाडौं-शेख रसेल कप अन्र्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागीता रहेको छ । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका बिलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्र प्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत… पुरा पढौ

व्यक्तिगत सेबर तर्फ बागमतीकी शिक्षालाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत हुन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी,फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद सदस्य सचिव गुरुङको अवकाश

पोखरा-नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ ।२०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै सदस्य सचिव अवकाश लिएका हुन् । उनको अवकाशसँग गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो । गुरुङ असोज २५ गतेदेखि ६१ वर्षको उमेर पुग्ने छन् । उमेद हदकै कारण उनी सदस्यसचिवबाट अवकाश पाएका हुन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै उमेदले प्रदेश खेलकुद परिषदबाट अवकाश लिएको बताए । आफनो दायित्व अनुसार जिम्मेवारी पुरा गरेको स्पष्ट पारे । तत्कालिन… पुरा पढौ

फेन्सिङ शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ । पप्रतियोगितामादुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । छ टोलीको १४४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्न एरिनामा छन् । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन… पुरा पढौ

कर्णाली प्रदेशमाथि नेपाल प्रहरीको फराकिलो जित

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुदाँ डिएल नियमानुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो । ११ औं महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको डेब्यु प्रतियोगिता समेत हो । नेपाल प्रहरीले कप्तान रुबीना क्षत्रीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी… पुरा पढौ

मधेश विरुद्ध गण्डकीको फराकिलो जित

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार विहान बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको पुरुष ह्याण्डबलमा गण्डकीले विजयी शुरुवात गरेको छ । गण्डकी प्रदेशले मधेश प्रदेशलाई ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । गण्डकीको लागि चन्द्र केसीले सर्वाधिक १० गोल हिर्काए । मधेशको लागि अम्बर चौधरी थारुले ५ गोलको योगदान गरेका थिए ।ह्याण्डबल प्रतियोगिताको संघीय अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वास्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना… पुरा पढौ

गण्डकीको जित्ने धोको अधुरै,सुदुरमाथि बाग्मतीको ८ विकेटको जित

पोखरा-महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन् ।… पुरा पढौ