खेल संस्था

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपमा नविन तण्डुकारको एकल अग्रता

काठमाडौं-पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नवीन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर ९भेट्रान० चेस च्याम्पियनशीपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका खेलाडीहरुको सहभागीता रहेको च्याम्पियनशीपको दोश्रो दिन आईतबार तेश्रो, चौथो तथा पाचौं चरणका खेल खेल सम्पन्न भए । शतप्रतिशत नतिजा निकालेका तण्डुकारले तेश्रो चरणमा भक्तपुरका बलराम नापीत तथा चौथो चरणमा… पुरा पढौ

ए.बि.सी एटए साईडको उपाधि फ्रिडम ढोलाहिटीलाई

पोखरा,-प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको फ्रिडम ढोलाहिटीले जितेको छ । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको शनिबार पोखराको अमरसिंह माविको खेलमैदानमा सम्पन्न फाईनलमा फ्रिडमले नाईटकिंग्स सानो गौचरनलाई २–० गोल अन्तरले पराजित गर्दै १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहितको उपाधि जितेको हो । अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल निकै प्रतिस्पर्धात्मक बन्ने अपेक्षा दर्शकले गरेका थिए । पहिलो हाफमै पाएको पेनाल्टीले फ्रिडमलाई अग्रताको लियो । ६ मिनेटमा सानो गौचरनका प्रदीप लामाले फ्रिडमका… पुरा पढौ

सेमिफाईनल समीकरण पुरा

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल समीकरण पुरा भएको छ । शुक्रबार पोखराको अमरसिंह माविको खेल मैदानमा भएको पहिलो क्वार्टरफाईनलमा एक्स पोखरालाई १–० गोलले पराजित गर्दै हेटौडा भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लामाको गोल निर्णयक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।दोस्रो क्र्वाटर फाईनल खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले चितवन भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाईनल सुरक्षित गर्यो । खेलमा… पुरा पढौ

आयोजकका दुबै टोली पराजित

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट आयोजकका दुवै टोलीले सुखद नजिता आत्मसात गर्न सकेनन् । दुवै टोली बाहिरिदाँ अन्तिम आठमा प्रवेश गर्ने सपना अधुरै रह्यो । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एटए साईड फुटबलमा आयोजकका दुबै टोली पराजित हुन पुगे । बलियो टोली मानिएको ए.बि.सी निलो पेनाल्टी सुटआउटमा पराजित हुदैं बाहिरिन पुग्यो । उदघाटन खेलमा आयोजक ए.बि.सी निलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको… पुरा पढौ

सहारा एकेडेमीलाई केसी परिवारद्वारा सहयोग हस्तान्त्रण

पोखरा-स्व. सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो । गत वर्ष पनि केसी परिवारले एकेडेमीलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरणसँगै सहारा एकेडेमीको नाम ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राखिएको थियो । बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाईसहयोग गरेको हो । केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ… पुरा पढौ

गण्डकीको दोस्रो जित

पोखरा-गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोतिगामा दोस्रो जित आत्मसात गरेको छ । जितसँगै गण्डकीले सेमिफाईनलको सम्भावनालाई बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार टस हारेर व्याटिङको निम्तो पाएको गण्डकीले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर अर्जुन कुमाल र समीर कँडेलले २३ रनको साझेदारी गरे समीर व्यक्तिगत ४ रनमा खेलिरहँदा दिनेश अधिकारीको बलमा आउट भएपछि गण्डकीलाई पहिलो झ्टका लाग्यो । तर दोस्रो विकेटको… पुरा पढौ

बुल्समेन क्लबद्वारा खेलाडीलाई नगदसहित सम्मान

पोखरा-बुल्समेन क्लब रामघाट पोखराले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । मंगलबार विशेष कार्यक्रम गर्दै क्लबले पोखरामै आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा स्वर्ण पदक विजेता विवेक हमाल(५५ केजी तौल समूह) र १७० सेमी मुनिको मेन्स फिजिक्समा स्वर्ण पदक जितेका प्रदीप रेग्मीलाई नगदसहित सम्मान गरेको हो । स्वर्ण पदक विजेता दुवैलाई क्लबले नगद ५ हजारसहित सम्मानपत्रबाट सम्मान गरेको हो । क्लबले राष्ट्रिय खेलकुद प्रतियोगितामा फुलकन्ट्याक्ट कराँतेमा रजत पदक विजेता रुपक नेपाली, शारीरिक सुगठनमै… पुरा पढौ

एमसिसीमाथि क्यान–११ को क्लिनस्वीप

पोखरा-नेपाल भ्रमणमा रहेको इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) महिला क्रिकेट टीम माथि नेपालको क्यान–११ ले मैत्रीपूर्ण प्रतिस्पर्धामा क्लिनस्वीप गरेको छ । मंगलबार अन्तिम दिनको एकदिवसीय खेलमा क्यान ११ ले एमसिसीलाई २ विकेटले पराजित गर्दै क्लिनस्वीप गरेको हो । क्यान ११ ले टी–२० मा समेत एमसिसीलाई पराजित गरेको थियो । मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)ले नेपाल क्रिकेट संघ(क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्षतिमा ८ विकेटको क्षतिमा ३९… पुरा पढौ

प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल

पोखरा-फुटबलमा लामो समयदेखि सक्रिय रहँदैआएको अमरसिंह ब्वाईज क्लबले पहिलो पटक एट ए साईड फुटबल प्रतियोगिता आयोजनाको जमर्को गरेको छ । अमरसिंह ब्वाईज क्लबले प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्ने अन्तिम तयारीमा जुटेको छ । पोखराको अमरसिंहचोकस्थित अमरसिंहमाविको खेल मैदानलाई आवश्यक मर्मत सम्भार गरी आवश्यक तयारीलाई अन्तिम रुप दिईसकेको छ । प्रतियोगिता यही कार्तिक १७ गते बिहीबारदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी… पुरा पढौ

ओलम्पियन संगिनालाई दुवईमा सम्मान

काठमाडौं-ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई दुवईमा सम्मान गरिएको छ । दुवईस्थित नुवाकोट सेवा समाज यृुएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ । नुवाकोटे चेली संगिनालाई आईतबार कोशेली होटल बर, दुवईमा समाजले सम्मान गरेको बैद्यले जनाएकी छिन् । पुरा पढौ