खेल संस्था

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन(एम्स) सदस्यता

पोखरा-पोखरा म्याराथनले आन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ । नेपालकै जेठो म्याराथन प्रतियोगिता भएपनि यसभन्दा अघि पोखरा म्याराथनले अन्तराष्ट्रिय म्याराथनको मान्यता भने पाईसकेको थिएन् । विश्वका दौड ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेको छ । सदस्य प्राप्तसँगै पोखरा म्याराथन एम्सको सदस्य बनेको हो । यसअघि नेपालगन्ज म्याराथनले एम्सको सदस्यता प्राप्त गरेको थियो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन… पुरा पढौ

मेयरकप साईकल दौडको लागि खेलाडीको दर्ता शुरु

पोखरा-आगामी दुईसातापछि पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको लागि खेलाडी दर्ता शुरु भईसकेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रुट पोखरा २१ स्थित युवावर्ष आधार विद्यालय फुस्रेखोलाको पुल नजिकबाट शुरु हुने छ । पुलबाट सिधै मट्टीखान रिसोर्ट पुग्नुपर्ने छ । पुलदेखि रिसोर्टसम्म २५ किलोमिटरको दुरी छ । ईलाटई तर्फको प्रतिस्पर्धीले दुई ल्याप गर्नुपर्ने छ । भने ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीलाई एक ल्याप मात्रै गर्नुपर्ने साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । विजेतालाई… पुरा पढौ

प्रतिभा माध्यमिक विद्यालयमा ‘स्पोर्टस मिट’

पोखरा-यहाँस्थित प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत खेलकुदको तीनदिने प्रतियोगिता अयोजना गरेको छ। पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा विहीबार सुरु भएको खेलकुदका गतिविधि शनिबारसम्म चल्नेछन्। पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा सरोज कोइरालाले विहीबार खेलकुद गतिविधिको उद्घाटन गरेका थिए। विद्यालयका निर्देशक किरण सापकोटाले खेलकुद पनि विद्यालयकै नियमित खेलकुद गतिविधिभित्र पर्ने बताए। कतै खेलेर त कतै पढेर सिकाई हुने उनले बताए। नियमित सिकाई गतिविधिलाई पूर्णता दिनका लागि खेलकुद गतिविधि आयोजना गरेको सापकोटाले बताए। सापकोटाका अनुसार तीनदिनसम्म चल्ने गतिविधिमा कक्षा ११ र १२ का विद्यार्थीबीच आन्तरिक… पुरा पढौ

पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि

पोखरा-अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै… पुरा पढौ

नवौंका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई नगदसहित सम्मान

पोखरा-पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदले नगदसहित आईतबार सम्मान गरेको छ । गएको असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ऐतिहासिक नजिता ल्याउने क्रममा ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो । प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिएको छ । त्यसै टिमतर्फ स्वर्ण पदक… पुरा पढौ

रोशन र पल्लबी च्याम्पियन

पोखरा- लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण जितेका छन् । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुप ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्य जिते । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपसमिति गठन

पोखरा-आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ । आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भए भने मूल आयोजक समिति सदस्यसचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी छन् ।यस्तै, अर्थ संकलन समिति संयोजकमा सुनिल गुरुङ, प्रचारप्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश शेरचन, शन्तिसुरक्षामा खेमबहादुर गुरुङ, खेलमैदान व्यवस्थापनमा तोरणबहादुर बानियाँ, आवास व्यवस्थापनमा मुछेत्र गुरुङ, अतिथि सत्कारमा… पुरा पढौ

स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँ नगदसहित सम्मान

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । आईतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ । गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो । प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई… पुरा पढौ

चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरा -पोखरामा आयोजित अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ) जुनियर ५ टेनिस प्रतियोगिताको सर्किट १ को उपाधि चाईनिज ताईपेईका केहाउ हङले जितेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन् । प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका… पुरा पढौ

आगामी पुस १३ गते पोखरामा स्पानिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता

पोखरा-पोखरामा आगामी पुस १३ गते स्पेनिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुदैं छ । स्पानिस फुटबल क्लब(सिपी कासेरेनो) र गण्डकी प्रदेशको टिम बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । स्पानिस फुटबल क्लबलाई पोखरामा ल्याउने पहल कास्की जिल्ला फुटबल संघले गरेको हो । नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता प्रस्ताव भने स्पेनस्थित लुम्बिनी गार्डेन फाउण्डेशनले गरेको हो । शान्तिका लागि फुटबल भन्ने नारासहित आगामी पुस १३ गते पोखरा र आगामी पुस १५ गते काठमाडौंमा नेपाली राष्ट्रिय टोली विरुद्ध मैत्रीपूर्ण खेल हुने तय भएको… पुरा पढौ