खेल संस्था

सशस्त्रलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि

पोखरा-दुईसाता अघि मात्रै पोखराको कभर्ड हलमा उपाधि उचालेर निकै आत्मविश्वास देखिएको नेपाल पुुलिस क्लब भने शनिबार विभागीय डर्बी फाईनल प्रतिस्पर्धामा उपविजेतामा चित्त बुझायो । पोखरामा आयोजित प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लिगका व्यहोरेको हारको बदला समेत लिदैं सशस्त्र प्रहरी बलले पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्यो । सशस्त्रले उपाधि जित्न नेपाल पुलिस क्लबलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटले पन्छायो । एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा चिक्त बुझायो। न्यु डायमण्डले एभरेष्ट… पुरा पढौ

टि–२० क्रिकेटः बंशको अर्धशतकिय पारीमा तनहुँको जित

पोखरा-तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकिय पारी खेल्दा पोखरा रंगशालामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ । समुह ‘ए’को खेलमा तनहुँले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको तनहुँका लागि वंश छेत्रीले ७० रनको महत्वपूर्ण अविजित अर्धशतकिय पारी खेलेका हुन् । उनले ५४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पु¥याएका थिए । त्यस्तै तनहुँका लागि सुप्रिम… पुरा पढौ

स्याङ्जाको सुखद शुरुवात

पोखरा-जितसँगै स्याङजाले पोखरामा आयोजित तेस्रो गण्डकीप्रदेशस्तरीय टी—२० पुरुष क्रिकेट प्रतियोगिताको सुखद शुरुवात गरेको छ । करण पंगेनी र सुजन गौतमको बलिङ र ईश्वर क्षत्रीको व्याटिङ स्याङजाले म्याग्दीलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गर्यो । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको उदघाटन प्रतिस्पर्धामा म्याग्दीले टस जित्यो । पहिलो व्याटिङ गर्ने क्रममा ८९ रनको लक्ष्य तयार गर्यो । १२ ओभरसम्म पाँचको रनरेटमा रन जोडेको म्याग्दी त्यसपछि भने सस्तैमा पभेलियनका बाटो समाए । म्याग्दी १८.५ ओभरमै सबै विकेट गुमाउँदै ८८… पुरा पढौ

भोलिदेखि तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट

पोखरा—प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भोलि शनिबारदेखि पोखरा रंगशालामा तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना शुरु हुदैं छ । शनिबारदेखि आगामी असार ६ गतेसम्म हुने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ । क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहने आयोजक प्रादेशिक क्रिकेट संघ गण्डकीले जनाएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र… पुरा पढौ

१० औं राष्ट्रिय खेलकुदको पर्खाइमा सुर्खेत रंगशाला

सुर्खेत-पोखराबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिदाईको दुईवर्षपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेट्ने सपना अझै पुरा भएको छैन् । खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने सपना साँचिरहेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी २०७९ कार्तिक ३ गते पोखराबाट झण्डा कर्णाली प्रदेश ल्याईयो । दुई वर्षभित्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मेवारी लिएको कर्णाली प्रदेशले राजधानी सुर्खेतको विरेन्द्रननगरमा पूर्वाधार निर्माण शुरु गर्यो । २०८१ मंसिर २ गतेदेखि खेलकुद प्रतियोगिताको मिति तय गरिएको थियो । तर तोकिएको मितिमा राष्ट्रिय खेलकुद परिषदले… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व

पोखरा-सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कम्पाउण्ड… पुरा पढौ

सडक दौडमा छोरेपाटन माविको वर्चस्व

पोखरा-पोखरा(१७ घारीपाटन स्थित छहारी टोल विकास संस्थाले आयोजना गरेको सडक दौड प्रतियोगितामा छोरेपाटन स्कुलले वचश्व जमाएको छ । खुल्ला ५ किलोमिटर पुरुष दौडमा प्रथम तेनजोन रोक्का मगर छोरेपाटन मावि, द्वितीय युवराज मल्ल घारिपाटन टोल विकास संस्था, तृतीय चेतना चालिसे, चौथो किशोर थापा हिमालयन म्युजियम टोल विकास संस्था र पाँचौ कृतन श्रेष्ठ हुनुभएको छ । त्यस्तै पाँच किलोमिटर महिला खुल्ला तर्फ प्रथम नारायणी भण्डारी छोरेपाटन मावि, द्वितीय मेनुका अधिकारी माच्छापुच्छे टोल संस्था, तृतीय बिमला थापा श्री रामजानकी आमा समुहचौथो विष्णु बराल… पुरा पढौ

शनिबार सडक दौड

पोखरा-भोलि शनिबार पोखरा महानगरपालिका वडा नं १७ मा विद्यालयस्तरीय छात्र तथा छात्रा दौड हुने छ । महानगपालिका वडा नं १७ को आर्थिक सहयोग तथा छहारी टोल विकास संस्थाको आयोजनामा वडाभित्रका विद्यालयका छात्र तथा छात्राको ३ किलोमिटर दौड हुने छ । विद्यालयस्तरीय छात्र तथा छात्रासँगै ५ किलोमिटर टोली सुधार समिति तथा युवा क्लब बीच महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरिएको छहारी टोली विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । विद्यालयस्तरीय छात्र तथा छात्रा दौड भने आखाँ अस्पताल चोकबाट… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ अन्तिमसाता

पोखरा-यही जेठ अन्तिम साता पोखरामा फेरी अर्को राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुदैं छ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालामा गत माघमा टाईगर कप भलिबल आयोजना गरियो । त्यसपछि लायन्स क्लबले अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्यो । बैशाखमा आयोजनापछि नेपाल भलिबल संघले जेठको दोस्रो नै नवौं प्रधानमन्त्रीकप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना समापन भएको दुईसातापछि फेरी प्रचण्ड… पुरा पढौ

नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन बुधबारदेखि

पोखरा-चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि पोखरामा शुरु हुदैं छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडास्तरीय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताए । जेठ २४ गतेसम्म फिट नेपाल स्पोट्र्स प्लेक्सको ब्याडमिन्टन… पुरा पढौ