संघ

शाहिद अफ्रिदी नेपाल आईपुगे

काठमाडौं -पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन् ।शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर आज नेपाल आईपुगेका हुन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा… पुरा पढौ

सुष्मीको विदाई

पोखरा-नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा हुने कराँते च्याम्पियनसिपको लागि नेपाल क्योकुशिनकान कराँतेकी सुष्मी श्रेष्ठले सहभागिता जनाउने छिन् । उनी महिला तर्फ खुल्ला तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । उनलाई बिहीबार राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवर तथा संघका सचिव निर्मल केसी लगायत विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे । सुष्मी कराँतेकी खुल्ला तर्फ राष्ट्रिय च्याम्पियन भईसकेकी छन् । पुरा पढौ

राइजिङ र शंखमुलको जित

पोखरा- रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान र शंखमुल फुटसलले आ–आफ्नो खेलमा जित हात पारेका छन् । बुधवार बहुउदेश्यीय कभर्डहलमा भएको पहिलो खेलमा राइजिङले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले पाखा लगायो । राइजिङको जितमा मिलन राइले २ तथा मिलन लिम्बु, रिवोस मास्के र विकु तामाङले समान १÷१ गोल गरे । झरनाका लागि कप्तान ओम प्रकाश थापा, मोहन बहादुर थापा र विवेक थापाले गोल गरे । खेलको म्यान अफ दी म्याच… पुरा पढौ

विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

पोखरा-रसियामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई पोखराबाट बिदाइ गरिएको छ । च्याम्पियनसिपमा सहभागी हुनका लागी पोखरामा एक महिने बन्द प्रशिक्षणमा रहेका हाप्किडोको खेलाडीहरुलाई बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विदाइ गरेका हुन । हाप्किदोका खेलाडीहरुलाई विदाई गर्दै मुख्यमन्त्री पोखरेलले खेलाडीहरुलाई राज्यले प्रयाप्त सेवा सुविधा उपलब्ध गराउन नसकेपनि प्रशिक्षक र खेलाडीहरुको आफ्नै प्रयास र मेहनतले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको सान विश्वसामु पु¥याउन सफल भएको वताए । राज्यले सुविधा दिन नसक्दापनि… पुरा पढौ

बस्नेत र ठकुरीको जोडीलाई उपाधि

पोखरा-मनकामना स्पोर्टस पोखराका बिशाल बस्नेत र प्रनिससिंह ठकुरी प्रथम रिभाईभ लिजर पार्क ओपन खुल्ला व्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स तर्फ च्याम्पियन बनेका छन् । उनीहरुको जोडीले राम बानियाँ र सुजन थापाको जोडीलाई निकै प्रतिस्पर्धात्मक सेटमा पराजित गदैै उपाधि जितेका हुन् । पहिलो सेट बस्नेत र ठकुरीको जोडीले २१–१८ ले लिदैं बानियाँ र थापाको जोडीलाई दबावमा राख्यो । तर देस्रो सेट भने बनियाँ र थापाको जोडीले आफनो पक्षमा पार्दै उपाधि प्रतिस्पर्धा निर्णायक सेटमा पुग्यो । कडा प्रतिस्पर्धा र रोमाञ्चक अन्तिम सेटमा पनि… पुरा पढौ

नेपाल बाहिरियो

काठमाडौं -बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।निकै प्रतिस्पर्धात्मक बनेको… पुरा पढौ

ओमानमाथि ७ विकेटको फराकिलो जित

पोखरा-ज्ञानेन्द्र मल्लको कप्तानी पारी र सन्दीप लामिछाने तथा करण केसीको किफायती बलिङ गरेपछि ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानलाई आईतबार सस्तैमा समेट्ने क्रममा नेपाली बलरको लोभलाग्दो प्रदर्शन देखियो । अघिल्लो दिन अमेरिकासँग पराजित भएको नेपालले ओमान यात्रालाई टुग्याउँदा सुखद नजिता आत्मसात गरेको हो । ओमानले दिएको १२२ रनको लक्ष्यलाई नेपालले केवल १८.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित निकाल्यो । ओपनर कुशल भुर्तेललाई ६ रनमा पभेलियन फर्काएपछि नेपालको इनिङे्सलाई कप्तान मल्ल र आशिफा शेखले सम्हाले । शेखले… पुरा पढौ

सविन मेमोरियल ढुकुसँग पराजित

पोखरा- पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार घरेलु टोली सविन मेमोरियल फुटसल क्लब ढुकु फुटसल हबसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको जितमा रुपेन बराइलीले २ तथा कप्तान अन्जन थापा, घेली शेर्पा, रेइफी महर्जन र रोजल दाहालले समान १–१ गोल गरे । झरनाका लागि मोहन बहादुर थापा मगर र अमित गुरुङले १–१ गोल गरे । जितसंगै लुम्बिनीले ३ अंक बटुलेको छ ।… पुरा पढौ

रत्नजित, प्रिन्स र प्रफुल प्रि–क्वाटरफाइनलमा

काठमाडौं- विभागीय त्रिभुवन आर्मी क्लबका शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियरको तेस्रो वरीयतामा रहेका आयोजक रिभाइभ लिजर पार्कका प्रिन्स दाहालसँगै आर्मीकै प्रफुल महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरणमा खेलेका रत्नजित तामाङले आर्मीकै आयुष्मान नागरीलाई २१–९ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । यस्तै आयोजक… पुरा पढौ

भुतपुर्व खेलाडी मञ्चको अध्यक्षमा पराजुली

पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । पोखरामा आइतबार सम्पन्न भएको मञ्चको एघारौं साधारण सभा तथा सातौं अघिवेशनले अध्यक्ष पराजुली सहितको २१ सदस्यिय कार्य समितीलाई आगामी तीन वर्षका लागि निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन । अधिवेशनले मञ्चको प्रथम उपाध्यक्षमा दिलबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा खेमबहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सह–कोषाध्यक्षमा हरि बहादुर… पुरा पढौ