संघ

भारतसँग नेपाल बराबरीमा रोकियो

काठमाडौं-नेपालले बिहीबार भारतसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बराबरी खेलेको छ । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले दोस्रो हाफमा बराबरी गोल खान पुग्यो । नेपालले माल्दिभ्समा आयोजना हुने १३ औं साफ तयारीमा रहेको पूर्वसन्ध्यामा भारतसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पाहुना टोली भारतसँग १–१ को बराबरीमा टुग्याएको छ । खेको सुरुआतमा दबाब खेपेको नेपालले लिएको अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिन पुग्यो । २४औं मिनेटमा ब्रानडन फर्नान्डेसको कर्नरलाई गोलक्षक किरण… पुरा पढौ

कास्की जिल्ला हक्की संघको अध्यक्षमा केसी

पोखरा-लामो समयपछि हक्कीले प्रशिक्षणको अभाव झेलिरहेको अवस्थाबाट मुक्त हुदैं छ । पोखरा रंगशालाभित्र हक्कीको लागि अस्थाई मैदान निर्माण शुरु गरिएपछि प्रशिक्षणको अवसर पाउने छन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितिको पहलमा मैदान निर्माण कार्य अघि बढाइएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीले रजत पदक जितेको थियो । त्यही इतिहासलाई घरेलु मैदानमा आयोजना हुने प्रतिस्पर्धामा स्वर्णको अपेक्षा गरिएको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीको शाख जोगाउन पनि मैदान अत्यावश्यक भएको नेपाल हक्की… पुरा पढौ

पिएनजीसँगको एकदिवसीय खेलको प्रत्यक्ष प्रशारण डिस होमबाट

पोखरा-नेपाल क्रिकेट संघ र डिस होम बीच सम्झौता भएको छ । नेपाल र पपुवा न्युगिनी बीचको एक दिवसीय खेलको प्रत्यक्ष प्रशारणको लागि संघ र डिस होम बीच सम्झौता भएको हो । डिस मिडिया नेटवर्कको तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र संघको तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अन्तराष्ट्रिय सिरिजको दुई खेल यही भदौ २० र २३ गते हुने छ । पहिलो खेल दिवा(दिउँसो हुने छ । दोस्रो खेल भने पहिलो नेपालको लागि रात्रीकालिन खेल हुने… पुरा पढौ

पोखरामा हाप्किडोको राष्ट्रिय बन्द प्रशिक्षण

पोखरा-वल्र्ड हाप्किडो च्याम्पियनसिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा बन्द प्रशिक्षण शुरु भएको छ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन् । खेलकुदलाई जीवन पद्धतीको रुपमा विकास गर्न जरुरी रहेको बताए । मन्त्री बरालले केही युवाहरुमा नेपाल भन्दा विदेशको माया बढी भएको दाबी गरे । आफ्नो खेल कौसल सहित विदेशमा जादा नेपालीको भाषा संस्कृतिको समेत प्रद्र्धन गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । देशको इज्जत र… पुरा पढौ

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं- रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केहि रिफ्रेस बनाउने छ । असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा गराईने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी… पुरा पढौ

भारतसँगको मैत्रिपूर्ण खेलको प्रशारण अधिकार एडप्याडलाई

काठमाडौ- त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हनुे नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रशारण अधिकार एडप्याडले पाएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले एडप्याडसँग आज प्रशारण अधिकारको सम्झौता गरेको छ । एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता गरे । सम्झौता अनुसार २५ लाख १० हजारमा उडप्याडले प्रशारण अधिकार किनेको छ । अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण… पुरा पढौ

पाउँदुरकोट युवा क्लबले सी डिभिजन लिग खेल्दै

पोखरा-कास्कीको ढिकुरपोखरी पोखराको बजार देखि २५किलोमिटर टाढा पर्छ । टाढा भएपनि फुटबलमा आफनो यात्रा सी डिभिजनबाट शुरु गर्ने योजना बनाएको छ । अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन् । आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले तयारी गरेका छन् । दुरदराजको क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको हो । प्रशिक्षण गर्दै पाउँदुरकोट युवा क्लब ढिकुरपोखरीका खेलाडीहरु । गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन् । माछापुच्छ्रे शिक्षा… पुरा पढौ

छानविन समितिले सदस्य सचिवलाई प्रतिवेदन बुझायो

काठमाडौं -राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “ बिवाद समाधान छानविन समितीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको बर्तमान अवस्थामा संघ भित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम… पुरा पढौ

लोकतान्त्रिक खेलकुद महासंघ कास्कीमा नविन पुन

पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद महासंघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । मंगलबारसंघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषण गरेको हो । नेपाली कांग्रेस निकट खेलकुद संघको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितिय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । साथै सहसचिव सदस्यहरुको कार्यउन्नती हेरेर पदोन्नती गरिने जनाए । २०७१ सालमा खेल क्षेत्रमा भएको विकृति विसंगती अन्त्य गर्ने उद्देश्यले स्थापना भएको संघमा… पुरा पढौ

भारतसँग खेल्न २५ खेलाडीको सूची, अभिषेक टोली बाहिर

काठमाडौंं-भारतसँग हुने मैत्रीपुर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची तयार पर्दा स्ट्राइकर अभिषेक रिजाल टोलीबाट बाहिरिएका छन् । पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट स्ट्राइकर अभिशेख रिजाल, गोलकिपर अर्पण कार्की सहित शिशिर लेखीलाई टोलीबाहिर राखेर प्रशिक्षकले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन । दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको स्वर्ण दिलाउँदा उत्कृष्ट खेल प्रदर्शन गरेका अभिशेख टोलीबाट बाहिरिएका हुन । भदौ १७ र भदौ २० गते नेपालले भारतसँगको मैत्रीपुर्ण खेल काठमाडौंमा खेल्दै छ… पुरा पढौ