संघ

समूह बिजेता बन्दै पुलिस अन्तिम आठमा

काठमाडौं-विभागिय टोली नेपाल पुलिस क्लब वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा बुधबार गण्डकी प्रदेशलाई पराजित गर्दै समूह बी बाट बिजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ । पुलिसले समूह चरणमा तीन खेलमा बिजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो । पुलिसले गण्डकीलाई २५–१४, २५–१४, २५–१८ को सहज जित निकालेको हो । पुलिस संग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपबिजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको छ । यस्तै सोही समूहको अर्थहिन खेलमा… पुरा पढौ

बर्षाले काठमाडौं र पोखरा बीचको खेल प्रभावित

काठमाडौंं-लगातारको झरीले मंगलबार एभरेष्ट प्रिमियर लिग(इपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतका खेल स्थगित भएका छन् । मंगलबार काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदान भिजेको कारण खेल सञ्चालन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो । आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेका हुन् । काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२ः१५ बजे सुरु… पुरा पढौ

विराजले च्यासलको कप्तानी गर्ने

काठमाडौं-अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी… पुरा पढौ

दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

पोखरा- नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन् । पुलिसले दोश्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि… पुरा पढौ

कास्की जिल्ला भलिबल संघद्वारा महतोलाई सहयोग

पोखरा-कास्की जिल्ला भलिबल संघले पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक जीवनप्रसाद महतोलाई आर्थिक सहयोग गरेको छ । भलिबल प्रशिक्षक महतोलाई उनकै निवास चितवनमा पुगेर कास्की जिल्ला भलिबल संघको टोलीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । भलिबल संघ ५० हजार र पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी मन्जु गुरुङ, कास्की जिल्ला भलिबल संघका सदस्य सन्जीव जिसीले ५ हजार तथा भलिबल खेलाडी दिनेश चौधरीले २ हजार गरी ६२ हजार रुपैयाँ हस्तान्तरण गरेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । महतोलाई राष्ट्रिय… पुरा पढौ

विभागीय क्लबको विजयी सुरुवात

काठमाडौं-छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय क्लबले विजयी शुरुवात गरेका छन् । विभागीय क्लबसँगै गल्कोट स्पोर्टस क्लबले सुरुवात गरेका छन ।त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो । यस्तै दोस्रो खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो । प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले… पुरा पढौ

सुष्मी च्याम्पियन

पोखरा-पोखराकी सुष्मी श्रेष्ठ काठमाडौंमा आयोजित कराँते च्याम्पियनसिपमा महिला तर्फको खुला तौल समूहमा स्वर्ण पदक जितेकी छन् । नेपाल क्योकुशिन कानकी खेलाडी सुष्मीले फाईनलमा चन्दा भुजेललाई पराजित गर्दै स्वर्णं पदक जितेकी हुन् । नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा भएको च्याम्पियनसिपमा सुष्मीले पाँच फाईटमा आफना प्रतिस्पर्धीलाई नकाउट गर्दै स्वर्ण पदक जितेकी हुन् । सुष्मी कराँतेकी राष्ट्रिय च्याम्पियन समेत भईसकेकी छन् । अन्तराष्ट्रिय एरिनामा समेत उनले पदक जितिसकेकी छन् । उनी खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको वर्ष महिला खेलाडीबाट समेत सम्मानित भईसकेकी… पुरा पढौ

क्यासल शीर्षमा उक्लियो

पोखरा-भेट्रान खेलाडी विजय गुरुङको ह्याट्रिक प्रेरित घरेलु टोली स्पोर्टस क्यासलले लुम्बिनी फुटसललाई फराकिलो जित निकाल्दै राष्ट्रिय ए डिभिजन फुटसल लिगको शीर्षस्थानमा उक्लिएको छ । विजयसँगै क्यासलको जितमा सुमित श्रेष्ठको समेत ह्याट्रिक रह्यो । किशोर गुरुङले २ तथा कप्तान क्षितिज गुरुङ, सुरेन बुढामगर र विशोन गुरुङले समान १÷१ गोल गरे । १ गोल भने स्पोट्र्स क्यासलले उपहार पाएको हो । लुम्बिनीका लागि रुपेन बराइलीले १ गोल गरे । क्यासल शीर्षस्थानमा उक्लिदा अर्को घरेलुटोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ ।… पुरा पढौ

काठमाडौंको सुखद शुरुवात, विराटनगर सात विकेटले पराजित

पोखरा- रायन बर्लको अविजित ७० रनको महत्वपूर्ण योगदानमा काठमाडौं किङ्सले विराटनगर पेट्रिओट्सलाई सात विकेटले पराजित गर्दै सुखद शुरुवात गरेको छ । विराटनगरले दिएको १५८ रनको मध्यम लक्ष्यलाई काठमाडौंले ३ विकेटको क्षतिमा पुरा गर्ने क्रममा रायन बर्लको उत्कृष्ट इनिङ्स रह्यो । उनको अविजित ७३ रनको योगदानमा काठमाडौंले सहज जित निकाल्यो । शुरुवातमै दुई व्याटरलाई रनआउटको शिकार बनाउँदै विकेट लिएपछि दबावमा परेको काठमाडौंलाई सम्हाल्ने काम भने ओपनर रहमुल्लाह गुर्बजले गरे । उनले ३६ बल खेल्दै ५९ रन जोड्दै अर्धशतकीय पारी खेले ।… पुरा पढौ

सविनको फराकिलो जित, राइजिङको पहिलो हार

पोखरा- राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोर्दा सविन मेमोरियलले भने फराकिलो जित निकालेको छ । शुक्रवार पोखरा रंगशाल स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । सविनको जितमा अभिनाष तामाङले ह्याट्रिक गरे । यस्तै मनिष सेडाईले २ तथा मनोज गुरुङले १ गोल गरे । झरनाका लागि जितेश गुरुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सविनका अभिनाष तामाङ घोषित भए । धरानको… पुरा पढौ