बागमती

नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप

काठमाडौं- नेपाल र्यााफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय ¥याफ्टिङ्ग च्याम्पियनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ । कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताईरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभईरहेको अवस्थामा नेपाल एसोशियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको अफिसियलहरुको बैठकले सुस्ताएको खोलाको खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप… पुरा पढौ

पेनाल्टी सुटआउटमा थ्रीस्टारको फाईनल यात्रा

हेटौंडा-थ्रीस्टार क्लब मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपकोे फाइनल प्रवेश गरेको छ । जनता माविको खेलमैदान भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लब, सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो । थ्रीस्टारले पेनाल्टी सुटआउट ५–३ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । थ्रीस्टारका अशोक खवास, जीवन गुरुङ, रुपेश केसी, मिक्छेन तामाङ र अनन्त तामाङले गोल गरेका थिए । सर्लाहीका अभिषेक लिम्बु, बिमल घिसिङ र निरज थापाले गोल गरे । उपाधिका लागि थ्रीस्टार क्लबले अफ्रिकन रुट््स् एसोसिएसन, क्यामरुनस“ग… पुरा पढौ

एपिएफ र सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं- विभागीय टोली एपिएफ र सुदूरपश्चिम प्रदेशले आजबाट राजधानीमा सुरु भएको ललितपुर मेयर महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले प्रदेश–१ माथि ८ विकेट शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । अधिकांस राष्ट्रिय खेलाडीले भरिएको एपिएफका लागि कप्तान सीता राना मगरको अर्धसतकीय इनिङ महत्वपूर्ण रह्यो । रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ ले दिएको १ सय ७ रनको एपिष्एफले १८ ओभरमा मात्र २ विकेट गुमाएर पूरा… पुरा पढौ

प्रनभ र सुनिरा च्याम्पियन

काठमाडौं-प्रनभ मानन्धर र सुनिरा थापा तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगितामा यु–१४ तर्फको विधामा पहिलो भएका छन् । मन्डिखाटार स्थित टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा प्रनभ मानन्धरले राजविर मानन्धरलाई ६–१ र ६–२ को सेटमा पराजित गर्दा गल्र्सतर्फ सुनिराले प्रशंसा मोत्तानलाई ६–२ र ६–० को सेटमा पराजित गर्दै पहिलो भएका हुन् । शनिबारकै यु–१२ तर्फको फाइनल खेलमा भने दर्शिल श्रेष्ठले बाजी मारे । दर्शिलले बोरिस अधिकारीलाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै च्याम्पियन भएका हुन् । यस्तै… पुरा पढौ

सहकारी कप बुद्धिचाल जारी

ललितपुर-ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले समान ९ अंकका साथ संयुक्त अग्रता लिएका छन् । ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको दोश्रो चरणको खेलमा शिर्ष वरियताका खेलाडी… पुरा पढौ

थ्रीस्टार सेमिफाइनलमा

हेटौंडा-मकवानपुरको बागमतीमा जारी बागमती गोल्डकपमा थ्रीस्टार क्लब ललितपुर सेमिफाइनल पुगेको छ । बिहीबारको खेलमा थ्रीस्टार एपीएफलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । जनता माविको खेलमैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । थ्रीस्टारका ऋतिक खड्काले दिएको पासमा दीपेश घलेले ४० औं मिनेटमा गोल गरेका थिए । एपीएफका तर्फबाट क्याप्टेन रुपेश केसीको प्रहारलाई थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोेङले बचाएका थिए । एपीएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन । ४२ औं मिनेटमा पुनः दीपेशले गोल गर्दै… पुरा पढौ

झापाको पोष्टमा क्यामरुनको ४ गोल

हेटौंडा-मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपको सोमबार भएको खेलमा अफ्रिकन रुट्स् एसोसिएसन क्यामरुन बिर्तामोड युनाइटेड झापालाई ४–१ गोल गर्दै विजयी भएको छ । पहिलो हाफमा शुरुवाती समयदेखि नै झापाले दबाबमा राखेको खेलमा क्यामरुनका तर्फबाट बेस्सेकले १९ औं र ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । झापाका सुनिल गुरुङल राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । गुरुङले प्रहार गरेको गोल धेरै पटक क्यामरुनका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनका एल्जिमीले… पुरा पढौ

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं-दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति २०७७/१२/१४ गते देखि २३ गते सम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल… पुरा पढौ

६ वर्ष पछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदै

काठमाडौं, चैत १२ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले आज भ्रमणकारी टोली किर्गिस्तानको यु–२३ टोलीलाई आतित्थयता गर्दैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल सांझ साढे पाँच बजे सुरु हुनेछ । ६ वर्ष पछि पछि राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्न लागेको हो । नेपालले पछिल्लो पटक २०१७ मा भारतसँग विश्वकप छनोट खेल अन्तर्गत दोस्रो लेग रंगशालामा खेलेको थियो । त्यसपछि नेपाली टोली विभिन्न कठिनाइ र पुनः निमार्णकको कामले गर्दा रंगशालामा खेल्न पाएको… पुरा पढौ

गोपी र सन्तोषीलाई उपाधि

काठमाडौं- एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार बिहान आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषी लगातार दोस्रो पटक उपाधि जितेका हुन् । दुवै खेलाडीले पहिलो संस्करणको उपाधि पनि जितेका थिए । १३औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४।४९ सेकेन्डमा पूरा गरे । गोपीले अघिल्लो संस्करणमा आफैले बनाएको ३२ मिनेट… पुरा पढौ