बागमती

दीपेश र प्रिन्स उपाधीका लागि भिड्ने

काठमाडौं-एपिएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी निकट पुगेका छन् । राष्ट्रिय च्याम्पियन दिपेशले फाईनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१-१४, २१-१७ को जित निकाले भने बिश्व जुनियरको बरियतामा तेश्रो नम्बरमा रहेका प्रिनसले प्रतियोगितामा दोश्रो बरियता पाएका पुलिसका बिष्णु कटुवाल माथि २१-१५, २१-१२ को जित निकाले । शनिबार साङ्गलास्थित साईनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जन माथि को जित निकाल्दै उपाधीका लागि प्रिन्स संगको… पुरा पढौ

नेपाल पुलिसलाई मेयर कप उपाधि

काठमाडौं-शसस्त्र प्रहरी बललाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटको उपाधि उचालेको छ । उपाधि विजेता पुलिसले ५ लाख रुपैयाँ पाउँदा उपविजेता शसस्त्र प्रहरी बलले ३ लाख रुपैयाँ पायो । नेपाल पुलिस क्लब विरुद्ध शसस्त्र प्रहरी आज निकै फिक्का देखियो । कमजोर प्रदर्शन गर्ने क्रममा शसस्त्रले पुलिसलाई केवल १ सय ६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको नेपाल पुलिसले २४.१ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्दै च्याम्पियनको हकदार बन्यो । पुलिसका ओपनर सुनिल धमला… पुरा पढौ

दिपेश र बिष्णु अन्तिम आठमा

काठमाडौं- एपिएफका दिपेश धामी र नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो बरियता पाएका बिष्णुले आफ्ना प्रतिद्वन्दि सेनाका डेभिड थापामाथि २३-२५, २१-१९, २१-१७ को कठिन जित निकाले ।यसैगरि पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका… पुरा पढौ

प्रथम साईनो खुल्ला मेयरकप प्रतियोगिता सुरु

काठमाडौं- तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साईनो स्पोर्टस् हलको आयोजनामा प्रथम साईनो खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले उद्घाटन गर्दै उपत्यकाबाट ६ कि.मि. टाढा यस्तो राम्रो कभर्डहल बनाई ब्याडमिन्टन खेलको बिकासमा अग्रसर भएकोमा हलका संचालक ओमलाल गुरुङ्गलाई धन्यवाद प्रदान गर्दै परिषद साईनोसंग सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले परिषद्, तारेकेश्वर नगरपालिका र साईनो विच ब्याडमिन्टन बिकासका लागि एमओयु गर्नु पर्ने धारणा राखे । यती… पुरा पढौ

मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौं- ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ । टी–२० संरचनामा हुने प्रतियोगितामा ललितपुर… पुरा पढौ

भगवती र कुमारीको बी डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं- सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लब र श्री कुमारी क्लबले सुखद अन्त्य गरेका छन् ।अखिल नेपाल फुटबल संघको मुख्यालय मैदानमा सम्पन्न खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दा अर्को खेलमा कुमारीले टुसाल युथ क्लबलाई ४–० ले पराजित गर्दै लिगमा सुखद अन्त्य गरेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले सान्तोवना गोल… पुरा पढौ

बागमतीलाई पहिलो सफलता

काठमाडौ-सोनु देवकोटाको कसिलो बलिङको मद्दतमा बागमती प्रदेशले राजधानीमा जारी मेयर्सकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा बाग्मती प्रदेशले एपिएफलाई २७ रनले पराजित गरेर जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । बाग्मतीले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले ४४।५ ओभरमा सबै विकेट गुमाउदै २ सय ६ रन मात्र जोड्न सक्यो । एपिएफका ओपनर आसिफ शेखले सर्वाधिक ५० रन जोड्दा शंकर रानाले २९,अमरसिंह रौटेलाले २७ र सन्दिप जोराले २५… पुरा पढौ

खुमलटार श्री भगवती युथ क्लबसँग पराजित

काठमाडौं- उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा भएका खेलमा खुमलटार श्री भगवती युथ क्लबसँग २–१ ले पराजित हुँदा ब्वाइज युनियनले टुसालल युथ क्लबमाथि १–० को संघर्ष पूर्ण जित निकालेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं… पुरा पढौ

पुलिसले बागमतीलाई हराउँदा एपिएफको आर्मीमाथि रोमाञ्चक जित

काठमाडौं- दुई बल बाँकी रहदा त्रिभुवन आर्मी क्लबले दिएको २ सय ३६ रनको मध्यम लक्ष्यलाई पूरा गर्दै एपिएफ क्लबले मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गर्दा बागमती प्रदेश विभागीय टोली नेपाल पुलिससँग २ रनले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले ९ विकेट गुमाएर आर्मीले प्रस्तुत गरेको लक्ष्य भेटाउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । पहिलो पटक आयोजना भएको प्रतियोगितामा एपिएफलाई जिताउनका लागि सुमित महर्जनले ६० रनको अर्धशतकीय इनिङ्स महत्वपूर्ण रह्यो… पुरा पढौ

भगवतीको संघर्षपूर्ण जित,आरसिटी र कुमारीले अंक बाडे

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा बिहीबार रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री कुमारी क्लबले बराबरी खेल्दा श्री भगवती क्लबले झम्सीखेल युथ क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा आरसिटीले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा कुमारीका युवराज राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो… पुरा पढौ