गण्डकी

हेल्प नेपाल र नेपाल पुलिस क्लब च्याम्पियन

पोखरा-लिगचरणमा हारको बदला लिदैं टिपटप हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघलाई निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा पराजित गर्दै उपाधि उचालेको छ । पोखरामा बिहीबार भएको फाईनल खेलमा लगातार दुईसेटले पछि परेको टिपटप हेल्प नेपालले निकै धैर्यता देखाउँदै उत्कृष्ट कमब्याक गर्दै च्याम्पियन बन्यो । पहिलो सेट २५–२० ले लिदैं गण्डकीले घरेलु कोर्टमा दबाव बनाउन शुरु गर्यो । दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्यो । २७–२५ ले लिदैं गण्डकीले उपाधि उचाल्न केवल एक सेटले मात्रै पछि रह्यो । तर खेलमा फर्किन हेल्प नेपालले धैर्यतालाई… पुरा पढौ

नेपाल पुलिस क्लब च्याम्पियन

पोखरा-टिपटप न्युडायण्डलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय क्लब नेपाल पुलिसले नवौं पिएम कप एनभिए महिला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । गणतन्त्र दिवसको दिन बिहीबार पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल प्रतिस्पर्धामा पुलिसले न्युडायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो । नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले तेस्रो स्थानमा चित्त बुझाउने क्रममा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई उस्तै सेटमा पराजित गर्यो । विदेशी(थाईल्याण्ड)का तीन खेलाडीलाई टोलीमा समावेश गर्दै बनेको… पुरा पढौ

पाँचौ एनसेल टाईगरकप भलिबलमा २१ लाख बचत

पोखरा-पाँचौ एनसेल टाईगरकप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले २१ लाख रुपैयाँ बचत गरेको छ । गत माघ १२ गतेदेखि २० गतेसम्म पोखरा रगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगिताको बुधबार पोखरा रंगशालामा आयव्यय गर्दै २१ लाख रुपैयाँ बचत भएको सार्वजनिक गरिएको हो । एक करोड ७१ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको प्रतियोगितामा १ करोड ५० लाख रुपैयाँ ८८ हजार रुपैयाँ खर्च भएको विवरण पत्रकार सममेलनमा प्रस्तुत गरियो । प्रतियोगितालाई एनसेलले मुख्य प्रायोजन… पुरा पढौ

नवलपुर गण्डकी प्रदेश च्याम्पियन

पोखरा-कास्कीलाई छ विकेटले पराजित गर्दै नवलपुर अण्डर १६ गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट च्याम्पियन बनेको छ । सोमबार पोखरा रगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा कास्कीले दिएको १०६ रनको चुनौतिलाई ४ विकेटको क्षतिमा पुरा गर्दै नवलपुर च्याम्पियन बन्यो । कास्कीले हारेर पहिलो इनिङ शुरुवात गर्यो । ओपनर अनिकेत गजुरेलको उत्कृष्ट व्याटिङ रहयो । अर्धशतकीय पारीको संघारमा पुगेका गजुरेल ४९ रनमा आउट भए । उनले ७२ बल खेल्दै ५ चौका प्रहार गरे । अर्का ओपनर सुरज अधिकारी भने २ रनमै पभेलियन फर्किएपछि… पुरा पढौ

नवलपुर सेपाक ताक्रो च्याम्पियन

पोखरा-नवलपुरले पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सेपाक ताक्रो प्रतियोगिताको तेहोरो उपाधि जितेको छ । शनिबार पोखरा रंगशाला सेमी कभर्ड हलमा आयोजित प्रतिस्पर्धामा सेपाक ताक्रोको महिला तथा पुरुषको रेगु ईभेण्टमा तेहोरो उपाधि आफनो नाममा लेखायो । महिलाको दुई इभेण्ट र पुरुषको एक इभेण्टमा नवलपुरले उपाधि रक्षा गरेको हो । रेगु महिला तर्फको फाईनल प्रतिस्पर्धामा नवलपुरले कास्कीलाई सोझो सेटमा पराजित गर्ने क्रममा १५–११, १५–११ को सेटले पन्छाउँदै उपाधि उचाल्यो । त्यसैगरी महिला तर्फकै डबल्स तर्फको प्रतिस्पर्धामा पनि नवलुरले कास्कीले नै पराजित गर्दै उपाधि… पुरा पढौ

तनहुँ १ रनले पराजित

पोखरा-रोज श्रेष्ठले अर्धशतकीय पारी खेल्दै जितको संघारमा पुगेपनि तनहुँ कास्कीसँग १ रनले पराजित हुँदै अण्डर १६ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताबाट बाहिरिएको छ । कास्कीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा रोजले अर्धशतक पुरा गर्दै जितको आधार तयार बनाएका थिए । यद्यपी उनी अनिष राउतको बलमा आउट भएपछि तनहुँ जितको संघारमा पुगेर हार व्यहोर्न पुग्यो । सुप्रिम सुनारले २२ रनमा अविजित रहेपनि जितको सम्भावनाबाट टाढा रह्यो । कास्कीले पहिलो इनिङमा १३० रन बनायो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेटः तनहुँ ४ विकेटले विजयी

पोखरा-पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १÷१ विकेट लिए । जितका लागि १ सय ४ रन पछ्याएको… पुरा पढौ

पर्याप्त पीच कभर नहुदाँ आउटफिल्डमा म्याट राखेर प्रतियोगिता

पोखरा-अण्डर १६ गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता पोखरा मंगलबारदेखि शुरु भयो । बुधबार भने नियमित पानीले क्रिकेट मैदानको पीच ओसिलो हुदाँ पीच भन्दा बाहिर म्याट राखेर खेलाउनुपर्ने बाध्यता सृजना भएको छ । क्रिकेट मैदानमा ६ वटा पीच छन् । पीच छोप्ने प्लाष्टिकको कभर छ । तर पर्याप्त छैन् । पीच राम्ररी छोपिदैंन् । पीच कभर पर्याप्त नहुदाँ पानी पर्दा क्रिकेट पीचसहित ओसिलो हुदाँ बुधबार तनहुँ र बाग्लुङ बीचको खेल पीच भन्दा बाहिर आउटफिल्डमा म्याट ओछ्याएर खेलाईयो । प्रादेशिक क्रिकेट संघका… पुरा पढौ

भोलिदेखि अण्डर १६ प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता

पोखरा-मंगलबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा अण्डर १६ प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । कास्कीले बाग्लुङसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उदघाटन हुने छ । प्रदेशस्तरीय अण्डर १६ पुरुष क्रिकेट प्रतियोगिताको लागि अनिष राउतको कप्तानीमा ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरिएको छ । खेलाडीहरुमा सुरज अधिकारी, सोनु यादव, रोशन बास्तोला, मोहम्मद शाहाबुद्धिन, विमोचन सापकोटा, स्मिथ कँडेल, रिदम पाण्डे, सौरभ सिद्धिकी, अनिकेत गजुरेल, सत्कार चालिसे, रोशन नेपाली, शुभम गिरी र राज परियार रहेका छन् । त्यसैगरी चार बैकल्पिक खेलाडीमा सम्राट अधिकारी, संशाक… पुरा पढौ

अरुणा र विश्वास वर्ष खेलाडी

पोखरा-नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र… पुरा पढौ