गण्डकी

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि गलकोटलाई

पोखरा- माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता वनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता वनेको हो । विजेत वनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त वुझायो । शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । सेमिफाइनल… पुरा पढौ

कास्की फाईनलमा, तनहुसँग खेल्ने

पोखरा-स्पिनर सुवास भण्डारीको उत्कृष्ट बलिङ र अर्जुन कुमालको अविजित ४७ रनको योगदानमा कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी एकदिवसीय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । कास्कीले अब उपाधिको लागि तनहुँसँग आईतबार खेल्ने छ । ओसिलो पीचमा ४० ओभरमा झारिएको खेलमा नवलपुरले २१.४ ओभर खेल्दै ९८ रन बनाउन सबै विकेट गुमाउन पुग्यो । कास्कीका बलर भण्डारीको बलिङ स्पेल निकै सानदार रह्यो । उनले ४.४ ओभरमा एक मेडनसहित २६ रन खर्चिएर ५ विकेट लिएपछि नवलपुर सस्तैमा समेटिएको… पुरा पढौ

एकदिवसीय क्रिकेटः कास्की १० विकेटले विजयी

पोखरा-कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ कास्कीको आयोजनामाबिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच… पुरा पढौ

एकदिवसीय क्रिकेटः तनहुसँग हारेपछि स्याङजा बाहिरियो

पोखरा-सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले… पुरा पढौ

एकदिवसीय क्रिकेटः बाग्लुङमाथि स्याङजाको फराकिलो जित

पोखरा-पोखरामा आयोजित प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बाग्लुङ दोस्रो खेलमा स्याङजासँग विशाल अन्तरले पराजित भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सेमबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा बाग्लुङ ७६ रनमै समेटिदैं फराकिलो हार व्यहोर्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले मिलन क्षत्रीको अविजित ६४ रनको महत्वपूर्ण इनिङमा ९ विकेटको क्षतिमा २७४ रनको विशाल लक्ष्य तयार गर्यो । निर्धारित ५० ओभर खेलेको स्याङजाले पहिलो विकेट सस्तैमा गुमायो । करन पंगेनी मुकेश… पुरा पढौ

एकदिवसिय क्रिकेट-बाग्लुङ ११४ रनले पराजित

पोखरा-बाग्लुङलाई ११४ रनले पराजित गर्दै तनहुँले प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवसिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । तनहुँले टस हार्दै व्याटिङ गर्ने क्रममा दुई व्याटरको अर्धशतकीय पारीमा २१० रनको योगफल तयार पार्यो । तेस्रो नम्बरमा आएका दिनेश बुढामगरले ६८ बल खेल्दै ६० रन बनाए । १० चौका प्रहार गरे । उनी भन्दा अघि ओपनर समीर कँडेल र दिपेश अधिकारीले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गरे । कँडेलले १६ र अधिकारीले ३७ रन बनाए । अधिकारी र बुढामगरले… पुरा पढौ

गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई फुटसलको उपाधि

पोखरा-हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद… पुरा पढौ

दोस्रो पटक विदेशियो गोल्डकपको उपाधि

पोखरा-पहिलो पटक सहभागिता । पहिलो सहभागितामै उपाधि । २० वर्षपछि सहाराको उपाधि दोस्रो पटक विदेशियो । पहिलो पटक अफ्रिकन युनाईटेडले विदेश लैजादाँ दोस्रो पटक भने उज्वेकिस्तान पुग्यो । शनिबार फाईनल खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ गोलमा पराजित गर्दै उपाधि उचाल्यो । अफ्रिकन युनाईटेडले चौथो संस्करणको उपाधि जितेको थियो । २४ औं आहा रारा गोल्डकपको संस्करणमा १२ औं क्लबको रुपमा भित्रिएको ब्ल्याक बुल्सले उपाधि उचाल्दै विदेशी भूमीमा पहिलो उपाधि लिएर फर्कियो । नेपाल पुलिस क्लब… पुरा पढौ

मछिन्द्र पेनाल्टी सुटआउटमा पराजित

पोखरा-मछिन्द्र क्लबको चुनौतिलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै थ्रीस्टार क्लब २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा आईतबार भएको प्रतिस्पर्धामा मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्रका विशाल घलान र आदित्य शाक्यको प्रहार गोलमा परिणत नभएपछि गोल्डकपको यात्रा टुंगिएको थियो । दिवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरेका थिए… पुरा पढौ

सिक्किमे टोलीसँग संकटा पराजित

पोखरा-सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडले संकटा क्लबमाथि ३–१ गोलले पराजित गर्दै २४ औं संस्करणको आहा रारा गोल्डकपको क्र्वाटर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा सिक्किमे टोलीले दोस्रो हाफमा दुई गोल थप्दै जित आत्मसात गर्यो । पहिलो हाफमा बराबरी गोल फर्काउँदै दोस्रो हाफमा थप दुई गोल गरेपछि संकटालाई बराबरीमा फर्किने सम्भावना कमै थियो । १७ औं मिनेटमा संकटाले गोल गर्दै अग्रता लियो । मनिष पौडेलले गोल गर्दै दिलाएको अग्रता पहिलो हाफसम्म टिकेन् । खेलको ३४ औं मिनेटमा… पुरा पढौ