गण्डकी

नेपाली राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण

पोखरा- मंगलबार पोखरा आईपुगेको राष्ट्रिय फुटबल टोलीले बिहीबारदेखि पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ । बिहीबार दिउँसो टोलीले प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा कप्तान किरण चेम्जोङ तथा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने उपस्थिति रहेनन् । दुवै जना विहीबार नै पोखराबाट काठमाडौं प्रस्थान गरेका थिए । अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीबीचको विवादको समााधान गर्न गठित समितिले छानविन शुरु गरेको थियो । छानविनकै क्रममा चेम्जोङ र अल्मुताईरीको बयान लिइएको हो… पुरा पढौ

मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव

पोखरा-नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीले भेटघाट गर्दै मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रस्ताव गर्नुभएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । ‘क्यानले मुख्यमन्त्री कपको लागि प्रस्ताव गरेको छ ।’ अध्यक्ष सिग्देलले भने–‘प्रदेश सरकारले त्यसको लागि ५० लाख सहयोग गर्न तयार छ ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय… पुरा पढौ

ए डिभिजन क्लबमा पोखरेली खेलाडीको सहभागिता घट्दै

पोखरा-पोखराको फुटबल गतिविधि शून्यमा छ । एकातिर कोभिडको लहर छ । अर्कोतिर कास्की जिल्ला फुटबल संघ निष्क्रिय छ । आर्थिक पारदर्शीता नभएको ठहर्दै अखिल नेपाल फुटबल संघ(एन्फा)को छानविनमा परेको छ । छानविनले रिपोर्ट तयार पारेपनि सार्वजनिक गरिएको छैन् । फुटबल संघ कास्कीको एकातिर निष्क्रियता र अर्कोतिर फुटबलको गतिविधि शून्यताले पोखराबाट ए डिभिजन लिग खेल्ने खेलाडीहरु विस्तार घट्दै गएका छन् । खेलकुदको शहरको परिचय बोकिरहँदा पोखराबाट नयाँ खेलाडीले फुटबल दरिलो उपस्थिति देखाउन सकेका छैनन् । त्यसो त कास्की जिल्ला फुटबल संघलाई… पुरा पढौ

फुटबल मैदानमा फ्लड लाईट राख्न ५ करोड

पोखरा-पोखरा रंगशाला फुटबल मैदानमा फ्लड लाईट जडान गर्न राष्ट्रिय खेलकुद परिषदले रातो किताबमै ५ करोड रुपैयाँ विनियोजन गरेको छ । तीन वर्ष अघि शुरु गरिएको पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसार बनाउन अनिवार्य रुपमा लाईट हुनुपर्ने प्रावधान छ । लाईट नहुदाँ फुटबलको सर्वोच्च निकाय फिफाले अन्तराष्ट्रिय प्रतिस्पर्धाको लागि स्वीकृति भने दिदैन् । त्यसैले पनि परिषदले फुटबल मैदानमा फ्लड लाईट जडान गर्न बजेट छुट्टाएको हो । फ्लड लाईटको लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ । दोस्रो र तेस्रो त्रैमासिकमा साढे… पुरा पढौ

पूर्वाधारको लागि भदौभित्र बोलपत्र आह्वान

पोखरा-पोखरा रंगशालामा पौडी पोखरी, सुटिङ रेन्ज निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले बजेट छुट्टाएको छ । पोखरा रंगशाला क्रिकेट मैदानको लागि समेत परिषदले रातो किताबमा एक करोड छुट्टाएको छ । परिषदले भदौदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्ने जनाउँदै भदौभित्रमा पूर्वाधार निर्माणको लागि बोलपत्र आह्वान गरिसक्नुपर्ने जनाएको छ । ‘नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भदौदेखि नै तयारी शुरु गर्नुपर्छ ।’ राष्ट्रिय खेलकुद परिषद कार्यकारी समितिका सचिव कुलबहादुर थापाले भने–‘भदौभित्र नै पूर्वाधारको लागि बोलपत्र आह्वान गरिसक्नुपर्ने छ ।’ पोखरा रंगशालामा दुईवटा पूर्वाधार… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दै राखेप

पोखरा-खेलाडीले अझै पूर्ण रुपमा कोभिड–१९ विरुद्धको खोप पाईसकेका छैनन् । खेलाडीले खोप नपाएपनि राष्ट्रिय खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्ने औल्याएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिदैं छ । परिषदले भदौदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गर्नुपर्ने जोड दिएको छ । ‘नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भदौदेखि नै तयारी शुरु गर्नुपर्छ ।’ राष्ट्रिय खेलकुद परिषद कार्यकारी समितिका सचिव कुलबहादुर थापाले भने–‘भदौभित्र नै पूर्वाधारको लागि टेण्डर आह्वान गरिसक्नुपर्ने छ ।’ खेलाडीलाई खोप नलगाईकन… पुरा पढौ

लोमान्थाङमा हाई अल्टिच्युड गल्फ क्लब निर्माण गरिने

पोखरा-एक दशकअघिसम्म मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ सर्वसाधारणको पहुँच कम थियो । उपल्लो मुस्ताङमा यात्रा सहज थिएन । तर अहिले यातायातको सहज पहुँच छ । सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्यड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ । खेलकुदका पूर्वाधार थपिएका छन् । अहिले कोरोनाको महामारीकै बीचमा खेलाडीलाई खोप लगाई फुटबल तथा भलिबल प्रतियोगिता चलिरहेको छ । लोमान्थाङ–५ लोवाथाङ हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणको योजना अघि बढाइएको छ । भदौभित्रमा गल्फ क्लब निर्माणको लागि प्राविधिक… पुरा पढौ

मुस्ताङ हाई अल्टिच्युडमा भलिबल, चराङको संघर्षपूर्ण जित

पोखरा-मुस्ताङमा सञ्चालित हाईअल्टिच्युड खेलकुद प्रतियोगिताको आज चौथो दिन भलिबलका तीन खेलिएको छ । जनचेतना युवा क्लब ढाकमारको आयोजनामा ढाकमार खेलमैदानमा सञ्चालित प्रतियोगिता अन्तर्गत आईतबार भलिबलको पहिलो खेलमा टुक्सुम्बा युवा क्लब घमीले स्नोल्याण्ड युवा क्लब ठोवा टिम एलाई सोझो सेटमा पराजित गरेको छ । लिगचरण अन्तर्गतकै खेलमा घमीले २५–११, २५–१३ को सेटमा पराजित गर्दै अगाडि बढ्यो । खेलमा घमीका पेमा ग्याल्पो म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी दोस्रो खेलमा बुद्धशान्ति युवा क्लब चराङ टिम एले जनचेतना युवा क्लब ढाकमारलाई… पुरा पढौ

लोमान्थाङमा खेलकुद,चराङ, किमलिङलाई सोझो सेटको नजिता

पोखरा-गत बिहीबारदेखि उपल्लो मुस्ताङबासी खेलकुदको रौनकमा झुमेको छ । जनचेतना युवा क्लब लोमान्थाङको आयोजनामा दुईदिन अघिदेखि फुटबल र भलिबल प्रतियोगिता शुरु भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ ढाकमारमा ‘तेस्रो छोग्याल जिङ्मी स्मृति कप’ लिगकम नकाउट फुटबल तथा भलिबल प्रतियोगिता शुरु भएको छ । फुटबल र भलिबलका लिगचरणका खेलहरु सञ्चालित छन् । शनिबार मात्रै भलिबलका चार खेल टुंगिएको छ । शनिबारको प्रतिस्पर्धामा चराङ युवाक्लब टीम एले घिलिङ युवा क्लबको टिम एलाई सोझो दुई सेटमा पराजित गरेको छ । पहिलो सेट… पुरा पढौ

खेलाडीलाई खोप लगाएपछि उपल्लो मुस्ताङ खेलकुद प्रतियोगिता

पोखरा-अरु जिल्लामा खेलकुद सुनसान छ । तर हिमालपारीको जिल्ला मुस्ताङमा भने खेलकुदको रौनक छ । अरुतिर कोरोना विरुद्धको खोपको अभियानमा रहँदा माटोको शहर लोमान्थाङबासी भने खेलकुदमा रमाएका छन् । स्थानीयबासीमा खेलकुदको उत्साह छ । बिहीबारदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ ढाकमारमा ‘तेस्रो छोक्याल जिङ्मी स्मृति कप’ खेलकुद प्रतियोगिता शुरु भएको छ । उदघाटन गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले गरे । आयोजकको जिम्मेवारी जनचेतना युवा क्लबको काँधमा छ । आयोजना वर्षेनी फरक फरक युवा क्लबले गर्दै आएको छ । प्रतियोगिता आयोजना गर्न… पुरा पढौ