गण्डकी

दूरी नाप्छिन् दुवाना

पोखरा-उमेरले साढे ५ वर्षमात्र टेकेकी दुवानालाई उनका बावु मुखिया लामाले एक दिन स्वीमिङ पुल लगे । बालुवाटारस्थित जोन डीई स्कुलबाट लाजिम्पाट नजिकै थियो । त्यहाँको शंकर होटलको स्वीमिङ पुल छिरेकी सानी छोरी दुवाना पौडीमा रमाइन् । एकपछि अर्को गर्दै कहिले शंकर, कहिले अन्नपूर्ण, कहिले गोदाबरीको स्वीमिङमा भेटिन थालिन् । दुवानाको पौडी कला देखेपछि शुभ श्रेष्ठले मुखियालाई सुझाव दिए, ‘छोरीलाई राम्रोसँग पौडी सिकाउनुपर्छ । भविष्यमा नाम राख्न सक्छिन् ।’ हुन पनि १३ औं सागहोस् वा आठौं राष्ट्रिय खेलकुदसहित विभिन्न प्रतियोगितामा पदक… पुरा पढौ

खेलकुद प्रतियोगितालाई १ करोड ५५ लाख

पोखरा-महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८÷०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको आय व्ययको विवरण पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरामा आयोजना हुने खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैया बजेट छुट्टाएको छ । गतवर्ष समेत खेलकुद प्रतियोगितालाई छुट्टाइएको कतिपय बजेट भने कोभिड–१९ कै कारण रोकिएको थियो । महानगरपालिकाले पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्बोधन गरेर बजेट छुट्टाइएको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ फागुन २० देखि… पुरा पढौ

‘महानगर वर्ष खेलाडी’ सम्मान गरिने

पोखरा-पोखरा महानगरपालिकाले आगामी वर्षदेखि उत्कृष्ट खेलाडीलाई ‘महानगर वर्ष खेलाडी’बाट सम्मान गर्ने छ । पोखरा महानगरपालिकाको नवौं नगरसभालाई सम्बोधन गर्दै महानगरपाकिलाका मेयर मानबहादुर जिसीले महानग वर्ष खेलाडी सम्मान गर्ने घोषणा गरेका हुन् । बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जिसीले खेलकुद र खेलाडीको प्रवद्र्धन र प्रोत्साहित गर्न वर्ष खेलाडी सम्मान गर्ने उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । गण्डकी प्रदेशको राजधानी पोखरामा ३५ मध्ये अधिकांश खेल आयोजना गरिने छ । विभिन्न ११ जिल्लामा… पुरा पढौ

महानगर खेलकुद सदस्य सचिवमा खड्का

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको छ । महानगरपालिकाको ५० औं नगर कार्यपालिकाको बैठकले खड्कालाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । खड्कालाई सदस्य सचिवमा नियुक्त गर्न महानगर खेलकुद विकास समितिका अध्यक्षको सिफारिसलाई कार्यपालिकाको बैठकले अनुमोदन गरेको हो । प्रदेश, जिल्लामा कार्यसमिति चयन भईसकेको अवस्थामा महानगरपालिकाले पनि समितिको अध्यक्षमा दिपकबहादुर गोदारलाई नियुक्त गरिसकेको छ । यद्यपी कार्यसमितिले भने पूर्णता पाउन सकेको छैन् । सदस्य सचिवको नियुक्तपछि कार्यसमितिले पूर्णता पाउने विश्वास छ ।… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड भर्चुअलबाटै

पोखरा-‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । जुलाई २ खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो ।जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल मार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम… पुरा पढौ

क्रिकेट मैदानको डेढदशक, लियो आकार फेरिएन स्वरुप

पोखरा-ढुंगे क्रिकेट मैदानबाट अन्तराष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यँुका त्युँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तराष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ । किर्तिपुरस्थिति टियु अन्तराष्ट्रिय क्रिकेट मैदानपछि सबैभन्दा बढी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने अवसर पोखराकै मैदानले पाएको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिदैं आएपनि पूर्वाधार भने स्थानीयस्तरकै भन्दा पनि गएगुज्रेको छ । सरकारले जेठ १५… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलले बर्खे भेल नतर्कउँदा गल्फ कोर्ष जोखिममा

पोखरा-पानीको सहज निकास नहुदाँ वर्षेनी हिमालयन गल्फ कोर्षमा समस्या बल्झिन्छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष विजयपुर खोलाको तटमा छ । तर खोलामा आउने बाढीको चिन्ता हुदैन् । चिन्त थपिन्छ निर्माणाधिन पोखरा विमानस्थलबाट ओर्लिनले पानीले । निर्माणाधिन पोखरा विमानस्थलको पानीको सहज निकास छैन् । निकास नहुदाँ पानी अन्धाधुन्द रनवेदेखि पश्चिम दक्षिण खस्छ । छहराको रुपमा झर्ने पानीले वर्षेनी गल्फ कोर्षलाई समस्यामा पुर्याउँछ । लगातार परेको झरीले विमानस्थलबाट झरेको पानीकै कारण पहिलो खस्दै आएको छ । खसेको पहिरोले गल्फ कोर्षको ग्रीनमा… पुरा पढौ

गैंडाकोटमा विपि खेलग्राम स्थापना गरिने

पोखरा-गण्डकी प्रदेश सरकारले गैडाकोटमा विपि खेलग्राम स्थापना गर्ने नीति लिएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गैडाकोटमा विपि खेलग्राम स्थापना गरिने उल्लेख गरिन् । ‘विपि खेलग्राम गैडाकोटमा स्थापना गरिने छ’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख पौडेलले भनिन–‘एक पालिका एक खेल मैदानलाई निरन्तरता दिईने छ ।’ गण्डकी प्रदेश सरकारले एक पालिका एक खेल मैदानको नीतिलाई निरन्तरता दिएपछि प्रदेशकै राजधानी पोखरामा भने प्रदेश सरकारले खेलकुद पूर्वाधारमा लगानी गरेको… पुरा पढौ

मनाङे तेस्रो पटक मन्त्री

पोखरा- मनाङबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित राजीव गुरुङ(दिपक मनाङ्गे) तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् । उनी डेढमहिनाको अवधिमा तेस्रो पटक मन्त्री बनेका हुन् । यद्यपी उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने जिम्मेवारी तय भईसकेको छैन् । उनै गुरुङले नेकपा एमालेको नेतृत्वमा रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिएपछि प्रतिपक्षमा रहेको काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । बैशाख १६ गते पहिलो पटक उनलाई मन्त्री बनाउन पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए… पुरा पढौ

खेलाडीलाई कोरोना विरुद्ध खोपको पहल

पोखरा-यतिबेला कोरोनाको दोस्रो लहरले गाँजेको छ । दोस्रो लहरमा एक दर्जन खेलाडी प्रति प्रशिक्षकले ज्यान गुमाईसकेका छन् । पोखराकै दुईजना पूर्व खेलाडी एवं प्रशिक्षकले ज्यान गुमाईसकेका छन् । सहारा क्लब हङकङका उपाध्यक्ष एवं फुटबल प्रशिक्षक विल तामाङ तथा पूर्व राष्ट्रिय हक्की खेलाडी रमेश कर्माचार्यको कोरोनाकै कारण निधन भएको छ । अन्य प्रदेशमा पनि कोरोनाबाट खेलाडी तथा प्रशिक्षकको निधनले खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । कोरोनाबाट बच्ने र बचाउने माध्यम नै खोप भएको चिकित्सकले उल्लेख गर्दै आएका छन् । गण्डकी… पुरा पढौ