प्रदेश

क्यानेडियन वालेस ‘वालिङ १००’ साइक्लिङ रेस च्याम्पियन

पोखरा(खेलाडी न्युज)-चार महिना अघि याक एट्याक माउण्टेन बाईक रेस च्याम्पियन बनेको क्यानडाका करी वालेसले शनिबार राती अबेर वालिङ साईक्लिङ १०० को उपाधि जितेका छन् । नेपालका साईक्लिष्टलाई पछि पार्दै उनले १००किलोमिटरको दुरीलाई ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पुरा गर्दै ‘वालिङ १०० टाईटल’ जिते । नगद पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गरे । नेपाली सेना र शसस्त्र प्रहरी बलका साईक्लिष्टहरुलाई पछि पार्दै उनले विदेशी भूमीमा वर्षको दोस्रो टाईटल उपाधि उचाले । अघिल्लो महिना मात्रै अन्तराष्ट्रियस्तरको साईक्लिङ रेस पोखरा आईभी (चौथो)… पुरा पढौ

टप्सलाई खुल्ला महिला भलिबलको उपाधी

दुलेगौँडा(खेलाडी न्युज)-अन्नपुर्ण युवा क्लबले कोत्रे बजारमा आयोजनामा गरेको खुला महिला भलिबल प्रतियोगिताको उपाधी पोखराको टप्स मावीले जितेको छ । टिजी गल्र्स गगनगौडाँलाई २२–२५, २७–२५ र २५–२२ को सेटमा पराजित गर्दै टप्सले उपाधी जितेको हो । टप्सले २० हजार र टिजीले १५ हजारको साथमा कप पदक र प्रमाणपत्र पाए । १२ समुहले सहभागिता जनाएका थिए । खुला पुरुष बास्केटबल प्रतियोगितामा पोखराको रंगशाला युवा क्लबले उपाधी जितेको छ । ढुंगेपाटन युवा क्लब पावरहाउसलाई ५०–४९ को स्कोरले पराजित गरेको हो । ९ समुह… पुरा पढौ

गण्डकी प्रदेश -उसु, बक्सिङ, क्रिकेट, सेपाकताक्रो र टेवलटेनिसका खेलाडी छनोट

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशबाट विभिन्न खेलहरु छनोट गरिएको छ । सम्भवत चैतको अन्तिम सातादेखि नेपालगन्जमा आयोजना हुने प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट बक्सिङ, क्रिकेट, सेपाक ताक्रो, उसु लगायतका खेलहरुको छनोट गरिएको छ । बक्सिङ-गण्डकी प्रदेश बक्सिङमा लाईन फ्लाई वेट(४९ केजी)मा कास्कीका कृष्णजंग कार्कीले स्वर्ण जितेका छन् । फ्लाई वेट(५२ केजींमा नवलपुरका अमिर गुरुङले स्वर्ण पदक जिते । बागलुङका सुशिल क्षेत्रीले रजत र कास्कीका विष्णु गौतमले कास्य पदक जितेका छन् । बेष्टम वेट(५६ केजी) तौल समूहको प्रतिस्पर्धामा कासकीका… पुरा पढौ

नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब तेश्रो राष्ट्रिय ¥याफ्टिङ्ग च्याम्पियन

पोखरा(खेलाडी न्युज)-नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ । ¥याफ्टिङ्ग च्याम्पियनसिप अन्तरगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो । नेपाल कायक… पुरा पढौ

बाग्लुङबाट भारोत्तोलनका खेलाडी छनोट

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशस्तरीय भारोत्तोलन खेलमा चार महिला तथा ८ पुरुष गरी १२ जना खेलाडी छनोट गरिएको छ । बाग्लुङमा बुधबार भएको छनोट प्रतिस्पर्धाबाट महिला तर्फ ४९ केजी तौलमा मनकुमार राना, ५९ केजी तौल समूहमा टिकामाया गुरुङ, ६४ केजी तौल समूहमा मनिषा श्रेष्ठ र ७१ केजी तौल समूहमा पुनम परियार छनोट भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । पुरुष तर्फ ६१ केजी तौलमा पुष्कल थापा, ६७ केजीमा अभिषेक पौडेल, ६७ केजीमै धनबहादुर कार्की, ७३ केजी तौल… पुरा पढौ

ह्याण्डबलमा कास्कीलाई स्वर्ण

पोखरा(खेलाडी न्युज)-कास्कीका राजेन्द्र तामाङले पुरुष तर्फको हाफ म्याराथनमा स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत तामाङले १ घण्टा २१ मिनेट ०६ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी म्याग्दीका सन्तोष खत्रीले १ घण्टा २१ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै रजत र बागलुङका मनबहादुर बुढाले १ घण्टा २२ मिनेट ३५ सेकेण्डको समय लगाउँदै कास्य पदकमा चित्त बुझाएका छन् । यसैगरी महिला तर्फको हाफ म्याराथनको स्वर्ण भने नवलपुरकी डोलमाया महतोले जितिन् । उनले निर्धारित दुरीलाई १ घण्टा… पुरा पढौ

प्रदेशस्तरीय छनोट, हाईजम्पमा कास्कीलाई महिला तथा पुरुष इभेण्टमा स्वर्ण

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरी छनोट प्रतियोगिताको पहिलो दिन शुक्रबार एथलेटिक्स तर्फ महिला तथा पुरुष हाईजम्पमा कास्कीले स्वर्ण पदक जितेको छ । शुक्रबारदेखि शुरु भएको छनोट प्रतियोगितामा एथलेटिक्सको पुरुष हाईजम्प तर्फको प्रतिस्पर्धामा भने कास्कीका सागर नेपालीले स्वर्ण पदक जिते । उनले १.६५ मिटर जम्प गर्दै स्वर्ण पदक जित्दा लमजुङका आदित्य थापामगरले १.६३ मिटर उफ्रिदैं रजत पदक र नवलपुरका समीर महतोले १.५६ मिटर जम्प गरेर कास्य पदक जिते । महिला तर्फको प्रतिस्पर्धामा भने कास्कीकी कुसुम रानामगरले १.२५ मिटरको… पुरा पढौ

गण्डकी प्रदेश गिरिजाप्रसाद कोईराला स्मृति हक्की लिग च्याम्पियन

पोखरा(खेलाडी न्युज)-प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । झापामा आयोजित प्रतियोगितामा आर्मी विरुद्ध फाईनलमा उत्रिएको गण्डकी प्रदेशले १-० गोल अन्तरले पराजित गदैै उपाधि जितेको हो । गण्डकीका श्रवण कुमारले गरेको गोल निर्णायक बनेपछि प्रदेशले पहिलो पटक उपाधि आफनो नाममा लेखाएको हो । आर्मी भने उपविजेतामै चित्त बुझायो । तेस्रो स्थानमा भने प्रदेश नं ७ रहेको छ । प्रदेश नं ७ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै गण्डकी प्रदेश फाईनलमा पुगेको हो ।… पुरा पढौ

एपीएफलाई दिदीबहिनी कप भलिबलको उपाधि

पोखरा(खेलाडी न्युज)-दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । बुधबारको उपाधि भिड्न्तमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले होङगान्जी न्युडायमण्डलाई २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो । एपीएफका कोच ज्ञानेन्द्र बिष्टले स्पाईकर र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेका कारण सफल भएको बताए । बिष्टले तेश्रो सेट रिसिभ कमजोर भएका करण गुमाउनु परेको प्रितिक्रिया दिए । एपीएफले यो सिजनमा खेलेका १० प्रतियोगिता मध्य ९ पटक उपाधि जितेको छ भने एभिएलमा चितवर्न टाईग्रर्ससग फाईनलमा पराजित भएको थियो । होङगान्जी न्युडायमण्डका प्रशिक्षक… पुरा पढौ

आर्मीका राजनलाई क्रस कन्ट्री दौडको उपाधि

पोखरा(खेलाडी न्युज)-स्याङजाको कोल्मामा भएको प्रथम क्रस कन्ट्री राष्ट्रिय दौडको उपाधी नेपाल आर्मीका राजन खत्रीले जितेका छन् । शनिबार खुल्ला दौडतर्फको ३१ किलोमिटर दुरी १ घण्टा ५७ मिनेट ५९ सेकेण्डमा पार गर्दै ओखलढुंगाका खत्रीले उपाधी जितेका हुन् । उपाधी जितेका उनले नगद ५० हजार रुपैयासँगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । ३१ जना धावकले प्रतिस्पर्धा गरेका थिए । स्याङजा भिरकोटका अशोक थापाले २ घण्टा ३ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो र जुम्लाका धिरबहादुर बुढाले २ घण्टा १०… पुरा पढौ