प्रदेश

टिम मालिकसँग सम्झौता हस्तन्तरण

नेपालगन्ज(खेलाडी न्युज)आगामी बैशाख ३ गतेबाट सुरु हुन गई रहेको नेपालगन्ज कपका ६ वटै टिमका मालिकहरुलाई सम्झौता पत्र हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर ५ मै पहिलो पटक गत चैत्र २० गते भएको टिम अक्सनबाट टिम खरिद गरिएका जीसान बांके ब्लास्टर,आर्शिवाद पेन्ट्स पाल्पा योद्याज,अर्घखांची सिमेन्टस बर्दिया टाईर्गस,अर्जुन पाण्डेको दंगाली गोर्खाज,पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज,एयाब्रोल लुम्बिनी यात्रीजका प्रतिनिधिहरुलाई सम्झौता पत्र आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी एराकीले हस्तान्तरण गरेका हुन । पत्रकार सम्मेलनका बिच सम्झौता पत्र हस्तान्तरण गरिएको हो । सम्झौता पत्र… पुरा पढौ

बाग्लुङ निलो पाँचौ धौलागिरी टी—२० क्रिकेट च्याम्पियन

बाग्लुङ (खेलाडी न्युज)—बाग्लुङ क्रिकेट क्लब निलोले पोखराको राईजिङ क्रिकेट एकेडेमीलाई ५२ रनले पराजित गर्दै पाँचौ धौलागिरी टी—२० क्रिकेटको उपाधि रक्षा गरेको छ । टस हारेर व्याटिङमा उत्रिएको बाग्लुङले राईजिङ क्रिकेटलाई जितको लागि १७६रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्रिजमा उत्रिदैं व्याटिङ गर्ने क्रममा बाग्लुङका किरणसिह ठकुरी र पुरनसिंह ठकुरीले अर्धशतक पुरा गरे । किरणले ६९ रन हिर्काउँदै महत्वपूर्ण योगदान दिदाँ ओपनर पुरनले भने ५२ रन बनाउन ४९ बल खेले । पाँच चौका र दुई छक्का हिर्काउँदै महत्वपूर्ण पारी खेल्दै पोखरासमक्ष… पुरा पढौ

नविनको ह्याट्रिक, एपीएफद्वारा झापा पराजित

बुटवल(खेलाडी न्युज)—विर्तामोड गोल्डकपमा उपविजेता रमपम झापा ११ बुटवलमा आयोजित मोसफलकै सर्वाधिक राशीको तेस्रो मदन भण्डारी अन्र्तराष्ट्रिय गोल्डकपमा खराब नजितासँगै बाहिरिदाँ विभागीय टोली एपीएफ क्लबले मोफसेली प्रतियोगितामा पहिलो खेल रवाफिलो बनायो । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा आजको प्रतिस्पर्धामा नविन लामाले ह्याट्रिक गर्दै एपीएफलाई ४–२ ले नजितामा पराजित गर्दै दोस्रो चरणको यात्रा तय गर्यो । एपिएफले आफ्नो दोस्रो खेल अब चैत १३ गते रुपन्देहीको सुनौलो संगम क्लव संग खेल्नेछ… पुरा पढौ

बाग्लुङ निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको फाईनलमा, उपाधिको लागि राईजिङसँग खेल्ने

बाग्लुङ(खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लबलाई ११६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२०प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङ क्रिकेट क्लब निलोले किरण सिंहको ४३ रनको योगदानमा १६३ रनको लक्ष्य प्रस्तुत गर्यो । बाङगेचौर खेल मैदानमा आज भएको दोस्रो सेमिफाईनलमा ओपनर सन्तोष घोजीले २७ रनको पारी खेले । पुरन सिंहले २६ रनको योगदान दिए भने रमेश बस्नेतले १२ रन नटआउट हिर्काए । सिकन्दर यादवले तीन विकेट लिने क्रममा तीन ओभरमा ३० रन खर्चिए… पुरा पढौ

राईजिङ क्रिकेट एकेडेमी धौलागिरी टी—२० को फाईनलमा, करणले हाने नटआउट ११० रन

बाग्लुङ(खेलाडी न्युज)—आफनो एकेडेमीको टिम । आफनै गृह जिल्ला । करण केसीलाई निकै अप्ठ्यारो पर्यो । तर पनि आफैले स्थापना गरेको क्रिकेट एकेडेमीको जर्सीमा मैदान उत्रिए । गृह जिल्लाको नेपाल विद्यार्थी संघ(नेविसंघ) विरुद्ध गतिलो प्रदर्शन गर्दै फाईनलको स्थान सुरक्षित बनाए । भर्खरै हङकङ र पपुवा न्युगिनी विरुद्ध जित हासिल गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीका अलराउण्डर करण केसीले आफनै एकेडेमी राईजिङ क्रिकेटको कप्तानी सम्हाल्दै आईतबार उत्रिए । पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुर्याउने क्रममा करणले ११० रनको नआउट खेल्दै उपाधि… पुरा पढौ

बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—पोखरा क्रिकेट क्लब पोखरालाई १२६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको बाग्लुङ क्रिकेट क्लबले पुरन सिंह र विक्की घोजीले क्रमश ६६ र ५८ रनको पारी खेल्दै २४३ रन बनाए । सिंहले चार छक्का र आठ चौका हिर्काउँदै ६६ रन जोडे । घोजीले छ चौका र पाँच छक्का हान्दै ५८ रन बनाई चन्द्रको बलमा आउट भए । मोद सानले २१, प्रविन कार्कीले २१, किरण सिंहले १७… पुरा पढौ

राईजिङ क्रिकेट एकेडेमी पाँचौ धौलागिरी टी—२० क्रिकेको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—बाग्लुङ नगरपालिकालाई चार विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी ए पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङले पोखराको एकेडेमीलाई जितको लागि १०२ रनको लक्ष्य प्रस्तुत गर्यो । अनिल बोगटीले सर्वाधिक रन हान्ने क्रममा २० रन जोडे । भुवन कार्कीले १७ रन, सन्तोष घिमिरेले ११ र अनुप बानियाँले १० रनको योगदान गरे । अन्य खेलाडीको दोहोरो अंकको रन बनाउनबाट चुके । मुखिल यादव र अमन रेग्मीले ३—३ विकेट लिए । अमृत… पुरा पढौ

बुटवल युथ स्पोर्टस धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा

बाग्लुङ (खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लब पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । बाङ्गेचौर खेल मैदानमा भएको दोस्रो क्र्वाटरफाईनल खेलमा रक ११ वालिङलाई चार विकेटले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित बनायो । रक ११ वालिङले टस जित्दै व्याटिङ गर्ने क्रमम ७७ रन बनाई सबै विकेट गुमायो । सुनिल गुरुङले तीन छक्का हान्दै २९ रन बनाए । बिरु गुरुङले पनि तीन चौका र एक छक्का हान्दै २० रन बनाई पवेलियन फर्किए । ओपनर विपिन काफ्लेलाई शून्यमै गुमाएपछि… पुरा पढौ

नेविसंघ बाग्लुङ पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—पोखराको लेकसाईइ क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै बाग्लुङको नेपाल विद्यार्थी संघ पाँचौ धौलागिरी क्रिकेट टी—२० कपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान भएको पहिलो क्र्वाटरफाईनल खेलमा विजय विक र रविन जोशीले नटआउट क्रमश २५ र २० रन हिर्काएपछि लेकसाईडले दिएको ४९ रनको झिनो लक्ष्य एक विकेटको क्षतिमा पुरा गर्दै सेमिफाईनल यात्रा तय गर्यो । बाङ्गेचौर खेल मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको लेकसाईडले ओपनर प्रेम गुरुङको दोहोरो अंकको रन ११ मात्रै जोडे । अन्य व्याट्सम्यान सस्तैमा… पुरा पढौ

बुटवल युथ स्पोर्टस पाँचौ धौलागिरी टी—२० को अन्तिम क्र्वाटरफाईनल टोली

बाग्लुङ(खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लब पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको अन्तिम क्र्वाटरफाईनल पुग्ने टोलीको बनेको छ । बुटवल युथ स्पोर्टस क्लबले आयोजक धौलागिरी क्रिकेट क्लब एलाई ८८ रनले पराजित गर्दै क्र्वाटरफाईनल यात्रा तय गर्यो । बाग्लुङको बाङ्गेचौर खेलमैदानमा आज बिहीबार टस जित्दै व्याटिङ गरेको बुटवल युथ स्पोर्टसले सुभम यादवको ४९ रनको पारीमा २१८ रनको चुनौति आयोजक समक्ष तेस्र्यायो । सुभमले २३ बल खेल्दै दुई चौका र छ छक्का हिर्काउँदै बुटवलको पारी सम्हाले । सिकन्दर यादवले ४० रन बनाउने क्रममा १२… पुरा पढौ