प्रदेश

मस्र्याङ्दीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज, दोस्रो दिन पनि गुरुङकै अग्रता

पोखरा(खेलाडी न्युज)-साहसिक जलयात्रा मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित लमजुङको मस्र्याङ्दी नदीमा शनिबारदेखि शुरु भएको १७ औं सस्करणको कायाकिङ(हिमालयन ह्वाईट वाटर च्यालेन्ज) मा दोस्रो दिन आईतबार बेलायती प्रितम गुरुङले आफनो अग्रतालाई कायमै राख्दै शीर्षस्थानमा छन् । उनले दोस्रो दिनको ‘एक्स्ट्रिम सलालम’सलालोम बेष्ट तर्फको प्रतिस्पर्धामा ९३.८५ सेकेण्डमा पार गर्दै ै शीर्षस्थान जोगाई राखे । दुई चरणको हिटमा उनको उत्कृष्ठ स्कोरलाई आधार मानिएको थियो । पहिलो हिटमा उनले ९३.८५ सेकेण्ड लगाएका थिए । दोस्रो हिटमा सोही २ किलोमिटरको दुरीलाई ९७.२५ सेकेण्ड(एक मिनेट ३७… पुरा पढौ

मस्र्याङ्दीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज

पोखरा(खेलाडी न्युज)-साहसिक जलयात्रा मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित लमजुङको मस्र्याङ्दी नदीमा शनिबारदेखि १७ औं सस्करणको कायाकिङ(हिमालयन ह्वाईट वाटर च्यालेन्ज) शुरुभएको छ । दुई किलोमिटर दुरीको कायाकिङको पहिलो दिन नेपाल मुलका बेलायती प्रितम गुरुङले पुरुष तर्फ अग्रता लिएका छन् । नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्ट्स(नारा)को आयोजनामा शनिवार लम्जुङको मस्र्याङदी नदी स्थित बेलौती बिसौनामासम्मको २ किलोमिटर ‘डाउन रिभर रेस स्प्रीन्ट’ कम्पिटिसनमा गुरुङले १५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अग्रता लिएका हुन् । उनले २ मिनेट १७ सेकेण्डमा दुरी पार गरेका थिए । गुरुङलाई… पुरा पढौ

जिल्ला क्रिकेट संघ पर्बतको अध्यक्षमा रेशम केसी

पर्वत(खेलाडी न्युज)-जिल्ला क्रिकेट संघ पर्बतको अध्यक्षमा रेशमबहादुर केसी निर्बिरोध चयन भएका छन । जिल्ला खेलकुद बिकास समिति पर्बतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा कात्तिक ४ गते बसेको भेलाले केसीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिबमा दिपेन्द्र शर्मा लामिछाने, कोषध्यक्षमा शिब श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल रहेका छन ।त्यस्तै समितिको बिशेष सल्लाहकारमा शिब शर्मा बास्तोला र मोहन आचार्य रहेका छन् । सँघका अध्यक्ष रेशम बहादुर केसीले आगामी दिनमा… पुरा पढौ

ढोरपाटनमा हाइअल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन सम्भाव्यता अध्ययन

पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदले बाग्लुङको ढोरपाटनमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन आवश्यक स्थलगत निरीक्षण गरेको छ । ढोरपाटनको एकै वडाका विभिन्न तीन ठाँउमा जग्गा अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेतृत्वमा गएको पाँच सदस्यीय टोली फर्किएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा गएको टोलीले सम्भाव्यता अध्ययन गरी फर्किएको हो । ढोरपाटन शिकार आरक्षण क्षेत्रभित्रको जग्गा समेत हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन अध्ययन गरी फर्किएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘ढोरपाटन नगरपालिका वडा… पुरा पढौ

थकाली समाज फुटसल प्रतियोगिताको उपाधि पोखरालाई

पोखरा(खेलाडी न्युज)-थासाङ यूवा परिवारको आयोजनामा सञ्चालित अन्तर क्षेत्रीय थकाली समाज फुटसल प्रतियोगिता २०७५ उपाधि थकाली सेवा समिति पोखराले जितेको छ । पोखरामा शुक्रबार भएको फाईनल खेलमा पोखराले थाक सातसय क्षेत्र मुस्ताङको घाँसालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेताले उपाधि सहित ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता भएको थाक सातसय क्षेत्र मुस्ताङले ३० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा काठमाण्डौंको थकाली सेवा समिति अनुशासित टीम घोषित भयो । प्रतियोगितामा… पुरा पढौ

भलिबल उपाधिको लागि नेपाल पुलिस र शसस्त्र प्रहरी भिड्ने

पोखरा(खेलाडी न्युज)- बागलुङको गल्कोट नगरपालिकाद्वारा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि शसस्त्र प्रहरी बलले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार सम्पन्न सेमिफाईनलमा शसस्त्र प्रहरी बलले प्रदेश नं ५ लाई पराजित गर्दै फाईनल प्रवेश गर्दा विभागीय डर्बीमा नेपाली पुलिस क्लबले नेपाली सेनालाई सोझो सेटमा पराजित गर्दैै उपाधि भिडन्त पक्का गरेको हो । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनलमा प्रदेश नं ५ लाई २५–१०, २५–१५ र २५–१९ को सेटले पराजित गर्दै… पुरा पढौ

बिहीबार गण्डकी प्रदेश(४)को एक जित र एक हार

पोखरा(खेलाडी न्युज)-बाग्लुङको गल्कोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले बिहीबार एक जित र एक हार व्यहोरेको छ । गण्डकी प्रदेश(४) शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित हुदाँ प्रदेश नं ७लाई पराजित गर्दै एक जित र हारसँगै व्यहोरेको छ । एपीएफसँग २५–२०,२५–१३,२५–१६ को सेटमा पराजित भएको गण्डकी प्रदेशले बिहीबार प्रदेश नं ७ लाई भने २५–१६, २५–१५ र २५–१६ को सेटमा पराजित गर्दैै सेमिफाईनलको सम्भावना यथावत राखेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने दोहोरो जित निकाल्ने क्रममा… पुरा पढौ

सप्तरी प्रिमियर लिग क्रिकेटमा महिन्द्र हिरोज सात विकेटले पराजित

राजविराज(खेलाडी न्युज)- सप्तरीमा जारि सप्तरी प्रिमियर लिग प्रतियोगिताको शनिबार सम्पन्न तेश्रो खेलमा बजाज खडक वारियर्सले लगातार दोश्रो जित हाँसिल गर्ने क्रममा तिलाठी महिन्द्रा हिरोजलाई ७ विकेटले पराजित गरेको छ। पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको मेहबुब आलम कप्तानीको तिलाठीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो।उसको लागि विकास दासले सर्वाधिक २८ रन, मेहबुब आलमले १६ तथा अमित यादबले ११ रन योगदान दिए। खडक वारियर्स बलर गोमानंद अमथ र हरि शंकर शाहले ३र३ विकेट तथा… पुरा पढौ

राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्सको जित

राजविराज (खेलाडी न्युज)-राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा बजाज खडक वारियर्सले जित हात पारेको छ। पहिलो जित हात पार्ने क्रममा उसले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गर्यो। पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। उसको लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए। बजाज खडकका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट… पुरा पढौ

डम्बरलाल माकाजू..‘पोखरेली फुटबलका सफल कप्तान’

धन बस्नेत, पोखरा -विजय टिम ! नाम त्यसै राखिएको भने होईन् । एकपछि अर्को विजय प्राप्त गरेपछि टिमको नाम नै विजय टिम राखियो । छ दशक अघि पोखरामा खासै फुटबल थिएन् । पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । त्यसभन्दा अघि फुटबल कस्तो हुन्थ्यो । जानकारी कमैलाई मात्रै थियो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । तीन वर्षपछि विजय टिमको शुरुवात भयो । त्यसको कप्तानी भने डम्बरलाल माकाजूले… पुरा पढौ