प्रदेश

कमल थापालाई ६५ वर्षमाथिको भेट्रान टेनिस उपाधि

पोखरा-६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित १९ औं माछापुच्छ्रे बैंक खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रदीप खड्का र प्रणव खनाल उपाधि प्रतिस्पर्धा हुने छ। पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको सेमिफाईनलमा नेपालका शीर्ष बरियताका प्रदीपले बुटवलका ऋतिक रानालाई पराजित गर्न… पुरा पढौ

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता,प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश

पोखरा-युवा खेलाडी प्रिन्स दाहाल पोखरामा आयोजित प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेका छन्। दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्। नेपाल पुलिस क्लबका दाहालसंगै पुरुष एकल तर्फको विधामा त्रिभुवन आर्मीका डेभिड थापा मगर, बुटवलका गणेश रायमाझी, कास्कीका विधान अधिकारी, पुलिसका बिष्णु कटुवाल, एपिएफका क्षितिज खनाल, आर्मीका प्रफुल महर्जन र एपिएफका बिजित थापा मगर खेलमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । महिला एकल तर्फको विधामा… पुरा पढौ

कोर्स रेकर्ड सहित शुक्रलाई सुर्य नेपाल इस्टर्न ओपनको उपाधि

धरान-सुर्य नेपाल गल्फ टुर २०२२(२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले १७ अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन्। उनले बलभद्र राईले सन २०२० मा बनाएको ९ अन्डर २ सय १ को रेकर्ड तोडे। नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले। पार७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७ अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७अन्डर १ सय ९३… पुरा पढौ

१२वर्षपछि सहारामाथि धरानको ऐतिहासिक जित

पोखरा-पाएको अवसरलाई सदुपयोग गर्नुनै फुटबलको सुन्दर पक्ष हो । खेलको चौथो मिनेटमा धरान फुटबल क्लबले पाएको फ्रिकिक अवसर नै गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता गर्यो । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुदाँ पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छ । पोखराको मैदानमा सहारा र धरान बीच तेस्रो पटक उदघाटन भिडन्त थियो । बिहीबार पोखरा रंगशालामा धरानले चौथो मिनेटमा गरेको गोल निर्णायक बन्यो । २०६८ सालमा धरान र सहारा क्लब… पुरा पढौ

प्रदीप खड्का अन्तिम चारमा

पोखरा-१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ । नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो । पोखरा रंगशाला टेनिस एरिनामा भएको प्रतिस्पर्धामा खड्काले पोखराकै सौगात विकलाई सोझो सेटमा पराजित गर्दै अन्तिमचारमा प्रवेश गरेका हुन् । खड्काले सौगातलाई पहिलो सेटमो जित निकाल्न निकै कठिनाई व्यहोरे । पहिलो सेट ७–५ को स्थितिमा लिएका खड्कालाई सौगातले निकै चुनौति दिए । तर दोस्रो सेट भने सहजै खड्काले आफनो पक्षमा पारे । उनले… पुरा पढौ

आज सहारा र धरान भिड्दै

पोखरा-आयोजक सहारा क्लबले धरान फुटबल क्लबसँग उदघाटन खेल्दै २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको विधिवत शुरुवात हुदैं छ । दिउँसो २ बजे पोखरा रंगशालामा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उदघाटन गरेसँगै ‘बल किक’ हुने छ । धरानले पोखराको मैदानमा नयाँ इतिहास कोर्ने लक्ष्यमा हुने छ । सहाराले धरानमाथि तेस्रो पटक जित हासिल गर्दै ह्याट्रिक गर्ने अवसरको खोजीमा रहने छ । यी दुई बीचको उदघाटन भिडन्त तेस्रो पटक हो । दुई पटक सहाराले बाजी मार्दा धरान उदघाटन खेलबाटै विदाई हुदैं… पुरा पढौ

फागुनमा प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने

पोखरा-हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आह्वान गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष यामबहादुर रोकाले बताए । उनले कास्की जिल्लाबाट ८ टिम छनौट हुने जानकारी दिए । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका… पुरा पढौ

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले सहारा एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तराता दिने सञ्चालक सिग्देलले बताए… पुरा पढौ

पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा-पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा उक्त प्रतियोगिता बुधबार देखि सुरु भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए । यही पुष १६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरे । कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश राजधानि पोखरामा नवौं राष्ट्रिय खेलकुद सकिए पनि लगातार जसो विभिन्न खेलगतिविधिहरु भई रहेको बतए । मेयर आचार्यले अर्को बर्ष देखि उक्त प्रतियोगितालाई मेयर कपको… पुरा पढौ

भोलि गण्डकी ११ र स्पेनिस टोली बीच मैत्रीपूर्ण फुटबल

पोखरा-फुटबलको माध्यमबाट शान्तिको सन्देश दिने अभियानसहित बुधबार पोखरा रंगशालामा स्पेनिस फुटबल क्लब काथेरेन्सोसँग गण्डकी ११ ले मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको लागि काथेरेन्सोको टोली पोखरा आईपुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहयोगमा पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । जनवरी ३ मा रियल मड्रिड विरुद्ध उत्रिने तयारीमा रहेको काथेरेन्सोले नेपालमा दुईवटा मैत्रीपूर्ण फुटबल खेल्ने छ । पहिलो खेल गण्डकी ११ र दोस्रो दिन काठमाडौंमा खेल्ने छ । लुम्बिनी गार्डेन… पुरा पढौ