प्रदेश

पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल प्रहरी बीच उदघाटन खेल

पोखरा-पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप शुरु हुदैं छ । गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो । टाईगर ग्रुप पोखराको आयोजना तथा नेपाल भलिबल संघको सहयोगमा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्यिनसिपमा स्वदेशीसँगै विदेशी क्लबले पनि उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय हिसान फुटसल फागुन पहिलो साता

पोखरा-आगामी फागुनको पहिलो साता पोखरामा प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता हुने भएको छ । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिता हुने भएको हो । प्रदेशस्तरीय फुटसलको लागि कास्कीमा शुक्रबारदेखि छनोट प्रतिस्पर्धा शुरु भएको छ । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, पदक, ट्रफि र उपविजेताले नगद ५० हजार, पदक र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैह्रपाटनमा रहेको वि–… पुरा पढौ

खेल चलिरहँदा मैदानमा प्रभुको हेलिकप्टर अवतरण

पोखरा-फुटबल खेल चल्दै थियो । पहिलो हाफ हुन केही मिनेट मात्रै बाँकी थियो । ४० मिनेटमा खेल चलिरहेकै अवस्थामा खेलमैदानमै हेलिकप्टर अवतरण गर्यो । खेल स्थगित हुन पुग्यो । सबै आश्चर्यमा परे । स्याङजाको वालिङनगपाालिकास्थित मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकपको दोस्रो सेमिफाईनल खेल चलिरहेको थियो । बिहीबार दिउँसो दुई बजेर ३५ मिनेटमा प्रभुको हेलिकप्टर एकाएक अवतरण गर्यो । अवतरण पछि तीनजना युवा झरे । खेलाडी र आयोजक आश्चर्यमा परे । हेलिकप्टर अवतरण लगत्तै स्थानीय खेलमैदान छिरे । पाईलटलाई कुटपिट गरे… पुरा पढौ

टाईगर कप भलिबल खेल्ने श्रीलङकन टोली नेपालमा

पोखरा- पोखरामा आयोजना हुने तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलङकन टोली नेपाल आईपुगेको छ । पोखरामा यहि माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका ४ टिम सहित श्रीलङकन टिमले पनि सहभागिता जनाउन लागेको छ । श्रीलङकन टोली आजै बेलुका पोखरा पुग्ने छ । पुरा पढौ

आर्चरीका पदक विजेता खेलाडीलाई सम्मान

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीमा गण्डकी प्रदेशका पदक जितेका खेलाडी तथा प्रशिक्षक पोखरामा सम्मानित भएका छन् ।शनिबार गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लवले संयूक्तरुपमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आर्चरीमा गण्डकी प्रदेश ७ स्वर्ण, ४ वटा रजत र एक कास्य पदक जित्दै च्याम्पियन भएको थियो । पदक विजेता खेलाडीलाई साउथ एशियन तथा नेपाल आर्चरी संघका केन्द्रिय… पुरा पढौ

हेल्प नेपाल समूह विजेता

काठमाडौं-टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । क्वाटरफाईनल प्रवेश गरि सकेको समूह डी मा रहेको हेल्प नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ समूह विजेता बनेको हो । आज भएका खेलमा हेल्प नेपालले मधेस प्रदेशलाई २५–१८, २५–२२ र २५–८ ले पराजित गरेको हो । यस्तै सोहि समूहबाट समूह उपविजेताको रुपमा बागमती प्रदेशको केशवलाल स्मृती भलिबल प्रशिक्षण केन्द्र क्वाटरफाईनल प्रवेश गरेको छ ।… पुरा पढौ

खेलकुदबाट ओझेलिएको लेखनाथ

पोखरा-विजयपुर पुल तरेपछि लेखनाथ शुरु हुन्छ । बस्ती बाक्लिदैं गएको छ । दुईदशक अघि निकै कम थियो । बस्ती कम भएपनि खेलमैदानको अभाव भने लेखनाथले झेल्दै आएको छ । अहिले बस्तीले लेखनाथ साँघुरिदैं गएको छ । भण्डारढीकको खेल मैदान(प्रस्तावित लेखनाथ रंगशाला)मात्रै फराकिलो थियो । त्यो बाहेक लेखनाथकै अन्य ठाँउमा त्यति फराकिलो ठाँउ छैन्, जहाँ खेलमैदानको रुपमा विकास गर्ने । पूर्वाधार बनाउने । सार्वजनिक जग्गा भएपनि खेलकुदको लागि संरक्षण गर्ने तर्फ ध्यान तत्कालिन समयमा गएन् । खेलमैदान र पूर्वाधारकै अभाव लेखनाथ… पुरा पढौ

पाहुना टोलीलाई हराँउदै संकटालाई उपाधि

पोखरा-अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै संकटाले पोखराको मैदानमा आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्यो । दोस्रो पटक उपाधि उचाल्दा संकटाले दोस्रो पटक नै विदेशी टोलीको चुनौतिलाई पन्छायो । कप्तान सुनिल बलको निर्णायक गोलमा संकटाले उपाधि आफनो नाममा दोस्रो पटक लेखायो । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । उनको कप्तानीमा संकटाले पोखरामा मैदानमा उपाधि उचाल्दै इतिहास बनायो ।… पुरा पढौ

संकटा र भुटनिजलाई उपाधिको पर्खाई

पोखरा-आहा रारा पोखरा गोल्डकपको उपाधि छिनोफानो शनिबार हुदैं छ । दुवै फाइनलिष्ट संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका उपाधि उचाल्दै इतिहास कोर्ने सपना साँचोका छन् । लक्ष्य लिएका छन् । योजनाको रणनीति बुन्न व्यस्त छन् ।संकटा दोस्रो पटक उपाधि उचाल्ने योजना रहने छ । संकटाको योजनालाई विफल बनाउँदै सात समुन्द्र पारी आहाको उपाधि लैजान लक्ष्य र सपना भुटनिजको छ । उपाधिको लागि दुवैले त्यहीस्तरको प्रतिस्पर्धा गर्नुपर्ने खाँचो छ । भुटनिजको डिफेण्डर लाईन निकै बलियो छ । संकटाको… पुरा पढौ

भुटनिज युथ स्पोर्टस आहाको फाईनलमा

पोखरा-भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरा आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाईनलमा चर्च ब्वाईज युनाईटेडको चुनौतिलाई १–० गोलले पन्छाउँदै पाहुना टोली भुटनिज फाईनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समय(४५ प्लस ३ मिनेट)मा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड(रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सीमित… पुरा पढौ