Author Archive

मनोहर कप भलिबलः नवज्योति र पकुवा विजयी

पोखरा-पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् । बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो । मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो… पुरा पढौ

बैशाख १८ गते दशौैं पोखरा स्पोर्टस अवार्ड

पोखरा-आगामी बैशाख तेस्रो साता पोखरामा दशौं पोखरा स्पोर्टस अवार्डको मिति तय गएिको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले… पुरा पढौ

२५ औं आहा रारा गोल्डकप फ्लड लाईटमा गर्ने सहाराको तयारी

कास्की -आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईटमा आहा रारा गोल्डकप हुने छ । फ्लड लाईट जडान गर्ने विषयमा सहारा क्लबले सम्झौता समेत गरिसकेको छ । प्रतियोगिताको उदघाटन नै बत्तीमा खेलाउने योजनासहित काम अघि बढाइएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । “उदघाटन खेल नै बत्तीमा खेलाउने… पुरा पढौ

फुटबलबाट मिडल रेसरको पहिचान

धन बस्नेत\पोखराभर्खरै पोखरा रंगशाला निर्माण भएको थियो । निर्माणसँगै दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । पोखरामै राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहँदा सोमबहादुर राना भने नेपाली सेनाको कम्ब्याटमा सजिएर पाईला चाल्दै थिए । यता प्रतियोगिता चलिरहँदा रानाको दैनिकी भने आर्मीको सैन्य तालिममा वित्दै थियो । त्यतिबेलाको श्री शेर गण(पोखराको फुलबारी व्यारेक) मा उनी तालिममा थिए । फुटबल प्रति रुची थियो । फुटबलमा राम्रै भएपछि नेपाली सेनाको हेडक्वार्टर प्रस्थान गए । फुटबलको तालिम चल्यो । तालिममा नियमित दौडिनुपथ्र्यो । फुटबलको प्रशिक्षण… पुरा पढौ

पुस ३० गतेदेखि पोखरामा मनोहर कप भलिबल

पोखरा-पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २०… पुरा पढौ

फेन्सिङ संघको तेस्रो साधारण सभामा कार्यालय उदघाटन

पोखरा-पोखरामा एक दशक अघि मात्रै फेन्सिङ खेल भित्रियो । भित्रिएको छोटो समयमै फेन्सिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाईसकेको छ । फेन्सिङको युथ वल्र्ड च्याम्पियनसिपमा पोखरेली कृपा गुरुङको सहभागिताले फेन्सिङ खेललाई अझ उचाईमा पुर्रयाईदिएको छ । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितासँगै सर्वत्र चर्चामा रहेको फेन्सिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ कास्य पदक जित्दै नयाँ इतिहास कोर्यो । सहभागिता जनाएसँँगै चार कास्य पदकले फेन्सिङ खेलप्रतिको उत्साह झल्काईदिएको थियो । डा. मघुसुदन सुवेदी फेन्सिङ संघको संस्थापक अध्यक्ष हुन् । उनै… पुरा पढौ

एशियन गेम्समा सहभागि पूर्व एथलिट रानालाई सम्मान

पोखरा-कास्की जिल्ला एथलेटिक्स संघले एथलेटिक्सका पूर्व एथलिट सोमबहादुर रानालाई नगदसहित सम्मान गरिएको छ । जिल्ला एथलेटिक्स संघको सभाहलमा शनिबार आयोजित दोस्रो वार्षिक साधारण सभामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाईसकेका पूर्व खेलाडी रानालाई सम्मान गरिएको हो । कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष गजबहादुर गुरुङ र सचिव सिद्धान्त अधिकारीले खादा, सम्मानपत्रसहित नगदबाट सम्मान गरेका हुन् । नगद १० हजार राशी रहेको छ । सम्मानित राना नेपाली सेनाका अवकाश प्राप्त हुन् । सेनामै रहँदा उनले विभिन्न एथलेटिक्सका राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाईसकेका एथलिट… पुरा पढौ

गुरुङद्वयद्वारा फुटबल संघलाई बल हस्तान्तरण

पोखरा-कास्की जिल्ला फुटबल संघलाई शनिबार १८ वटा फुटबल हस्तान्तरण गरिएको छ । पोखरा १३ बाझापाटन निवासी हाल युकेमा रहेका प्रेम गुरुङ र बुद्ध गुरुङले कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष स एवं कास्की जिल्ला फुटबल संघ एकेडेमीका संयोजक समेत रहेका नरेन्द्रजंग गुरुङलाई १८ वटा बल हस्तान्रण गरेका छन् । हस्तान्तरित बल एकेडेमीको लागि प्रयोग गरिने संघले जनाएको छ । सहयोगी गुरुङ दाजुभाइ कास्की जिल्ला फुटबल संघको कोषाध्यक्ष हितमान गुरुङ सहोदर दाजु हुन् । सहयोग स्वरुप प्राप्तभएको बल पोखरा रंगशालामा सञ्चालित फुटबल… पुरा पढौ

टी २० विश्वकप क्रिकेटको ट्रफी पोखरामा

पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनवारण गर्दै विश्वकप क्रिकेटमा सहभागित नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गरे । ट्रफी टुर कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रादेशिक क्रिकेट संघका पदाधिकारी एवं खेलकर्मीको उपस्थिति रहेको थियो ।… पुरा पढौ

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन सुरु

ललितपुर=ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनले एक कार्यक्रमकाविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा आजको पहिलो दिन भएको पुरुष एकल तर्फ नेपाल पुलिस क्लबका भविश थापाले बिजयी सुरुवात गरेका छन् । भविशले सुर्खेतका प्रकाश अधिकारीलाई २१–१०, २१–११ को सोझो सेटमा पराजित गर्दै राउण्ड ३२ मा प्रवेश गरेका छन् । यस्तै नेपाल पुलिस… पुरा पढौ