Author Archive

इण्डियालाई यु १९ महिला साफ च्याम्पियनसिप ट्रफी

पोखरा-यु १९ महिला साफ च्याम्पियनसिपको उपाधि इण्डियाले जितेको छ । शनिबार पोखरा रंगाशलामा भएको फाईनलमा बंगालदेशलाई ४—० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचाल्यो । इण्डियाले च्याम्पियनसिपको ट्रफी उचाल्दै लिगचरणमा बंगलादेशसँग हारको बदला समेत लियो । लिग चरणमा इण्डियालाई शून्यका विरुद्ध दुई गोलले जित निकालेको बंगलादेशले फाईनलमा भने सतप्रतिशत खेल देखाउन भने असक्षम देखियो । गोलकिपरको अक्षम्य गल्तीमा गोल खान पुगेपछि इण्डियाले बंगलादेशमाथि फराकिलो जित सुनिश्चित गर्दै च्याम्पियन ट्रफी उचाल्यो । खेलको ४२ औं मिनेटमा इण्डियाले गोलको खडेरी तोड्यो ।… पुरा पढौ

रमेश गुरुङ हिमालयन गल्फ क्लब च्याम्पियन

पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा शनिबार हिमालयन गल्फ कोर्षमा भएको क्लब च्याम्पियन गल्फ प्रतियोगिताको उपाधि रमेश गुरुङले जितेका छन् । पार ६९ को कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा गुरुङले ९ ओभर ७८ को स्कोरसहित क्लब च्याम्पियन बन्दा काउन्ट व्याकमा पछि पर्दै इन्जिनियर सन्तोष गुरुङ उपाधि विहीन भए । स्ट्रोक प्ले फुलह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा नेट तर्फ सुजन थापाले पुरस्कार थाप्दा गीता गुरुङ काउण्ट व्याकमा पछि पदैै उपविजेतामा चित्त बुझाए । दुवैले एक अण्डर ६८ को कार्ड बनाएका थिए । लेभल पार खेलेका कमल… पुरा पढौ

क्योकुशिन कान कराँतेका ब्ल्याकबेल्ट प्रोमोशन टेष्ट

पोखरा-कास्की जिल्ला क्योकुशिन कराँते संघको आयोजनामानेपाल क्योकुशिन कान कराँतेको गण्डकी प्रदेशस्तरीय ब्ल्याक बेल्ट प्रमोसन परीक्षामा २१ जना परीक्षार्थी सहभागि भएका छन् । विभिन्न जिल्लाबाट सहभागि भएका प्रशिक्षार्थीले पोखरा रंगशालास्थित डोजोमा प्रशिक्षणसहितको परीक्षा दिएका छन् । परीक्षार्थीलाई कराँतेको पहिलो बिन्दुमा प्रवेश गरेको प्रशिक्षकहरुले औल्याएका थिए । कास्की, सल्यान, बाग्लुङ, पर्वत म्याग्दी लगायतका विभिन्न डोजोका खेलाडीहरुको सहभागिता रहेको थियो । दिपकबहादुर गोदार, लक्ष्मण कुँवर, भीमप्रसाद काफ्ले र धनबहादुर तामाङ लगायतका प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । प्रशिक्षकहरुकै उपस्थितिमा ब्राउन बेल्टका खेलाडीहरुले प्रत्येकसँग लड्दै… पुरा पढौ

लेखनाथ सहकारीको स्थापना दिवसमा दौड

लेखनाथ-कास्की पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । सहकारी÷सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले शनिवार राखिएको पाँच किलोमिटर खुल्ला महिला÷ पुरुष दौड प्रतियोगिताको महिला तर्फ पवित्रा लामिछानेले निर्धारीत दुरी २९.१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् भने आसिका लामिछानेले दितिय,पार्वती अधिकारीले तृतिय र माया पौडेल,पवित्रा नेपाली,अंकिता लामिछाने,नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्तोना स्थान हासिल गरेका हुन्… पुरा पढौ

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल

लेखनाथ-पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल स्थित भलिवल कोर्टमा भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगिता आयोजक टिमले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा बागलुङ्गको ढोरपाटन समूहलाई आयोजक राईजिङ्ग स्टार युथ क्लबको टिमले पराजित गर्दै एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो सेट जिते पनि लगातार राईजिङ्ग स्टारले २ सेट जितेपछि उपविजेता बनेको बागलुङ्गको ढोरपाटन समूहले रु ५५ हजार… पुरा पढौ

ताललाई समृद्धिसँग जोड्न ‘वाटर स्पोर्टस’

धन बस्नेत/पोखरा“नेचर, कल्चर र एड्भेन्चर” । पोखरामा मात्रै होईन नेपालको पर्यटन प्रवद्र्धनका पहिचान हुन् । प्रकृति र सँस्कृति अथाह छ । एड्भेन्चर पनि उस्तै छ । एड्भेन्चर अर्थात साहसिक । साहसिक विशेष गरी खेलकुद बढी हुने गरेको छ । नेपालको पर्यटन प्रवद्र्धनको आयाम नै एड्भेन्चर हो । त्यसमा पनि पानीमा खेलकुद अर्थात वाटर स्पोर्टस, अझ बढी महत्व छ । पोखरामा सबैखाले खेलकुद छ । तर नेपालमा पर्यटन प्रवद्र्धनको दीर्घकालिन योजनाको रुपमा वाटर स्पोर्टसलाई अघि सार्नुपर्ने खाँचो छ । दिगो पर्यटनको… पुरा पढौ

दोस्रो पोखरा एथलेटिक्स मिटमा थपिए नयाँ इभेण्ट

पोखरा-आगामी चैत अन्तिम साता दोस्रो संस्करणको पोखरा ओपन एथलेटिक्स मिट हुदै छ । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा चैत २९ र ३० गते पोखरा रंगशालामा आयोजना हुने मिटमा संघले केही नयाँ इभेण्टलाई समावेश गरेको छ । ट्रयाक अन्तर्गत एकसय, दुईसय, चार सय, आठ सय, १५ सय मिटर दौडमा महिला तथा पुरुषले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै ३ हजार मिटर(महिला), ३ हजार मिटर स्टिपल चेज, ५ हजार मिटर र १० हजार मिटर पुरुषको इभेण्ट रहेको छ । एकसय मिटर विद्यालयस्तरीय पोखराको… पुरा पढौ

गोधुली साँझमा कृत्रिम लाईटमा फुटबल

धन बस्नेत/पोखरा- आहा रारा गोल्डकपले २५ वर्ष पुरा गरेको छ । २५ वर्ष पुरा गरेको अवसरमा सहारा क्लबले प्रतिष्ठित गोल्डकपलाई अझ भब्य बनाउने योजना बनाएको छ । योजना अन्तर्गत क्लबले २५ आंैं आहा रारा पोखरा गोल्डकपलाई गोधुली साँझमा कृत्रिम बत्तीमा खेलाउने निर्णय गरेको छ । यो निर्णयले पोखराको फुटबल इतिहासमा नयाँ आयाम थपिने विश्वास क्लबले लिएको छ । २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको क्लबको गोल्डकपको यात्रा झण्डै तीनदशक देखि निरन्तरता छ । प्रायोजकले पनि क्लबलाई गोल्डकप आयोजना गर्ने प्रेरित… पुरा पढौ

गण्डकीलाई छैटौं एनसेल टाईगर कपको उपाधि

पोखरा-गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो ।… पुरा पढौ

भुटानमाथि बंगलादेशको १२ गोल, नेपाल पराजित

पोखरा-कमजोर भुटानमाथि एकपक्षीय नजिता निकाल्दै बंगलादेशले साफ यु १९ च्याम्पियनसिपमा विजयी शुरुवात गर्दा नेपाल भने इण्डियासँग पराजित भएको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धामा बंगलादेशले भुटानमाथि १२—० गोल अन्तरले पराजित गर्यो । इण्डियाले नेपाललाई भने १—० गोलले पराजित गर्दै तीन अंक जोड्यो । इण्डियाले गोलको खडेरी तोड्न ४९ मिनेट समय खर्चियो । पर्ल फर्नाण्डेजले गोल गर्दै इण्डियालाई जित दिलाउन पर्याप्त हुदाँ नेपालले पहिलो खेल गुमाउन पुग्यो । इण्डिया आफैंमा प्रतियोगिताको दाबेदारी टिम पनि हो । नेपालले इण्डियालाई पहिलो हाफसम्म… पुरा पढौ