मुख्य समाचार

मछिन्द्रसँग संकटाको फराकिलो हार

पोखरा-आहा रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन संकटा क्लबको चुनौतिलाई ४–१ गोलले पन्छाउँदै ए डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लब सेमिर्फानल प्रवेश गरेको छ । अफ्रिकन रुट्सलाई पराजित गर्दै गतवर्ष उपाधि उचालेको संकटाको २० औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल यात्राको सपनालाई मछिन्द्रले सोमबार पोखरा रंगशाला फुटबल मैदानमा ब्रेक लगायो । मछिन्द्रले साविक विजेतामाथि १३ औं मिनेटमा दबाव बनायो । मछिन्द्रका उत्सव राईको लङ रेन्ज पावर सट बल गोलमा परिणत भएपछि मछिन्द्रले स्पष्ट अग्रता लिदैं संकटामाथि दबाव सृजना गरे । संकटाका अमित… पुरा पढौ

मनाङ मस्र्याङ्दी सेमिफाईनल उक्लिदाँ पुलिसको यात्रा रोकियो

पोखरा-नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकप सेमिफाईनल प्रवेश गरेको छ । आईतबार पोखरा रंगशाला फुटबल मैदान भएको प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसमाथि २–० गोलको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । पुलिस भने आहा यो संस्करणको दोस्रो खेलबाट बिदा लिन पुग्यो । दुवै टोली आहा राराको समान उपाधि च्याम्पियन हुन् । दुवैले ६–६ पटक उपाधि उचालेका छन् । दुईवर्ष अघि मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबलाई फाईनलमा पराजित गर्दै उपाधि उचाल्दै पुलिससँगको उपाधि… पुरा पढौ

एपीएफ आहा रारा गोल्डकपको सेमिफाईनलमा

पोखरा-एपीएफ क्लबले पुनरागमन जित निकाल्दै २० औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गरेको छ । शसस्त्र प्रहरी बलले एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै शनिबार पोखरा रंगशाला फुटबल मैदानमा भुटानिज युथ स्पोर्टस क्लब(बीवाईएससी) मिनेसोटा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै एपीएफ गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दा पोखराको मैदानमा आमन्त्रित भुटानिज युथ स्पोर्टस क्लबले डेब्यु खेल अविस्मरणीय बनाउने लक्ष्यमा बाधक बनिदियो । उपाधि उचाल्ने सपना साँचेर दुईसाता अघि नै नेपाल आईपुगेको आमन्त्रित टोलीलाई एपीएफले पहिलो खेलबाट विदाई गरिदियो । नेपालको नकाउट… पुरा पढौ

सडन डेथमा पुलिसको भाग्योदय

पोखरा-पोखराको मैदानमा पुरानो शाख जोगाउने क्रममा नेपाल पुलिस क्लबको शुक्रबार भाग्य सडन डेथमा लेखियो । ए डिभिजन लिगमा भेट भएको नेपाल पुलिस क्लबले हिमालयन शेर्पाको चुनौति पन्छाउन पेनाल्टी सुटआउटसम्म पर्खियो । आहा रारा गोल्डकपको संस्करणमा नेपाल पुलिस क्लब निकै भाग्यमानी र गर्विलो इतिहास लेखेको छ । इतिहासलाई दोहोर्याउने अभियानमा रहेको पुलिसको भाग्य गोलकिपर रोशन खड्काले लेखिदिए । उनले पेनाल्टी प्रहारलाई बचाउँदै पुलिसलाई अन्तिम आठमा पुर्याउँदा हिमालयन शेर्पाको गोल्डकप यात्रा शुक्रबारबाट अगाडि बढ्न सकेन् । रोशन पेनाल्टी सुटआउटको लागि बैकल्पिक गोलकिपरको… पुरा पढौ

सहारा एपीएफसँग उदघाटन खेलमा फेरी पराजित

पोखरा-उदघाटन खेलमा हारको श्रृखंलालाई दोहोर्याएको सहाराले २० औं संस्करणको आहा रारा गोल्डकपलाई अविस्मरणीय बनाउन चुक्दा शसस्त्र प्रहरी बल(एपीएफ) भने क्र्वाटरफाईनल प्रवेश गरेको छ । बिहीबार २–० को जित निकालेको एपीएफले आहा रारा गोल्डकपको संस्करणमा तेस्रो भेटपनि सहाराको चुनौतिलाई पन्छायो । पहिलो पटक अफ्रिकन खेलाडीलाई आफनो जर्सीमा मैदान उतारेको एपीएफले क्र्वाटरफाईनल भेट भने अमेरिकन टोली भटानिज युथ सोसाईटी क्लबसँग पक्का गरेको छ । ०७५सालमा एपीएफसँगै उदघाटन खेलमा टाईब्रेकरमा पराजित भएको सहाराले ०७७ सालमा पनि १–० ले पराजित भएको थियो । एपीएफसँग… पुरा पढौ

गण्डकी प्रदेश सेमिफाईनल प्रवेश

पोखरा-चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामो गण्डकी प्रदेश सेमिफाईनल प्रवेश गरेको छ । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशसँग गोलरहित बरारबीमा टुंगिएको थियो । बिीरगन्जमा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २-० गोलले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । गण्डकी प्रदेशको जितमा कमलदेवी पुनले गरिन् । उनले पेनाल्टी कर्नरलाई सदुपयोग गर्दै गोल गरिन् । उनको गोलसँगै अग्रता लिएको गण्डकीले दोस्रो गोल गर्दै जित पक्का बनायो । दोस्रो गोल कप्तान नानु गुरुङले गरेकी थिईन् ।… पुरा पढौ

मुस्ताङ ‘माउण्टेन स्पोर्ट्सको हब’

पोखरा-चारैतिर निकै अग्ला पहाड छन् । पहाडको दृष्य हेर्दा अनौठो संसारमा पुगे जस्तो भान हुन्छ । पहाड पनि रंगीन छन् । चारैतिर अग्ला पहाडलाई छिचोलेर कालीगण्डकी बगेको छ । त्यही कालिगण्डकी नदीमा कायाकिङ गराएर साहसिक खेलको गन्तव्य बनाउने योजना बुनिएको छ । गण्डकी प्रदेशका सदस्य ईन्दधारा विष्टले कालीगण्डकीमा कायाकिङ गराउँदै मुस्ताङलाई साहसिक पर्यटनको गन्तव्य बनाउने अभियानमा छन् । उपल्लो मुस्ताङको घिलिङ त्रिवेणीमुनिबाट चैलेको पुल(मुस्ताङ गेट)सम्म कायाकिङ गराउने योजना छ । ३ हजार मिटरको उचाईमा गरिने यो कायाक आफैंमा साहसिक हुने… पुरा पढौ

सुखद शुरुवात गर्ने तयारीमा सहारा र एपीएफ

पोखरा-बिहीबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा २० औं संस्करणको आहा रारा गोल्डकप शुरु हुदैं छ । आयोजक सहारा क्लबले शसस्त्र प्रहरी बल(एपीएफ क्लब)सँग उदघाटन खेल खेल्ने छ । आहा रारा गोल्डकपमा सहाराले गतवर्षको हारलाई विर्साउँदै सुखद अनुभूति गर्ने लक्ष्यमा रहने छ । एपीएफले भने मोफसलको उत्कृष्ट फुटबल प्रतियोगितामा जितको श्रृंखला दोहोर्याउने अभियानमा केन्द्रीत हुने छ । जित्ने टोलीले अमेरिकन टोली भुटानिज युथ सोसाईटी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । कोभिड–१९ को तेस्रो लहर उत्कर्षमा पुग्दै छ । यद्यपी जिल्ला प्रशासन कार्यालय कास्कीले… पुरा पढौ

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतलाई चेक हस्तान्तरण गरे । बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै… पुरा पढौ

चौथो सहाना प्रधान स्मृति हक्कीमा सहभागि गण्डकीको बिदाई

पोखरा-बीरगञ्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाई गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले खादा लगाई बिदाई गरे । कोरोना महामारीकै बीचमा १८ सदस्यीय टोली सोमबार बीरगञ्ज प्रस्थान गरेको हो । नानु गुरुङ(कप्तान), कमला पुन, सविना पुन, सोनु बराल, शिल्पा चौधरी, मनिला मगर,प्रिती मगर, लक्ष्मी गुरुङ, पुजा पुन, अंकिता अधिकारी, दिपशिखा पौडेल, सृजना नेपाली, सुमिना सुनार,… पुरा पढौ