मुख्य समाचार

बैशाख २३ गतेदेखि यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट

पोखरा-यही बैशाख २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । प्रतियोगिताको उदघाटन हावर्ड एकेडेमी विरुद्ध सृजना स्कुलले खेल्ने छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईने छ । शीर्ष दुईले फाईनल खेल्ने छन् । विजेता तथा उपविजेता विद्यालयले ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन् । आगामी जुन (२०२५)मा एशियन क्रिकेट काउन्सिलको आयोजनामा एसिसी मेन्स यु १६ इष्टजोन कप हुने छ । त्यसको पूर्व तयारी स्वरुप कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय यु १६… पुरा पढौ

शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

पोखरा -नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेको हो । खत्रीलाई वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितिसकेकी छिन् । उनले नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम,… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डका लागि अमेरिकाबाट समेत सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘नवौं पोखरा स्पोर्टस अवार्ड २०८१’ यहि वैशाख २६ गते पोखरामा हुँदैछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा हाल अमेरिकाका न्यूयोर्कमा बसोबास गर्ने तीन जना नेपाली समाजसेवीले २ सय ५६ अमेरिकन डलर अर्थात ३५ हजार नेपाली रुपैयाँ सहयोग गरेका छन् । अवार्डलाई बर्दिया बधैयाताल ८ का पुर्णबहादुर पाइजा मगरले १ सय १ अमेरिकन डलर, बागलुङ तमानखोला ३ का इन्द्रमान बुढा मगरले… पुरा पढौ

पोखरा स्पोर्टस अवार्ड मनोनयन सार्वजनिक

पोखरा-नवौं पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख २६ गते आयोजना गर्ने स्पोर्टस अवार्डमा मनोनयनमा परेका खेलाडीहरु सार्वजनिक गरिएको छ । बुधबार आयोजित कार्यक्रममा महिला उत्कृष्ट खेलाडीमा अरुणा शाही(भलिबल, म्याग्दी), कृपा गुरुङ(स्याङजा, फेन्सिङ), सुस्मिता थापा(बाग्लुङ, आईटिएफ) रहेका छन् । त्यसैगरी पुरुष तर्फ विश्वास अधिकारी(नवलपुर, भलिबल), प्रदीप खड्का(कास्की, लनटेनिस), सुमित श्रेष्ठ(कास्की, फुटबल) रहेका छन् । उदीयमान खेलाडीहरुको सूचीमा बादल कार्की(एथलेटिक्स), जितबहादुर सार्की(भलिबल) र रचना चौधरी(क्रिकेट) रहेका छन् । प्रशिक्षकमा निरज थापा(टेनिस), रमेश केसी(भलिबल) र… पुरा पढौ

प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा

पोखरा-पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिता भोलि बिहीबारदेखि शुरु हुदै छ । भोलिदेखि हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने छ । प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । विदेशी टोलीको रुपमा भारत र इरानका टोली छन् । स्वदेशी… पुरा पढौ

बैशाख २१ गतेदेखि यु-१६ विद्यालयस्तरीय टी–२० क्रिकेट

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा यही बैशाख २१ गतेदेखि यु -१६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुदैं छ । यसको लागि कास्की जिल्ला क्रिकेट संघले विद्यालयलाई प्रतियोगिताको सहभागिता जनाउन आवश्यक तयारीमा जुट्न समेत आग्रह गरेको छ । विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको लागि आगामी शुक्रबारसम्म टिम दर्ता गरिसक्नुपर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । चार विद्यालय भन्दा कम सहभागिता जनाएको अवस्थामा संघले प्रतियोगिता सञ्चालन नगर्ने समेत उल्लेख गरेको छ । बढी विद्यालयले सहभागिता जनाएको अवस्थामा पोखरा रंगशाला क्रिकेट मैदान र अर्को… पुरा पढौ

पोखरा थन्डर्सद्वारा उपविजेता ट्रफी महानगरलाई हस्तान्तरण

पोखरा-नेपाल सुपर लिग उपविजेता पोखरा थन्र्डसले प्राप्त गरेको ट्रफीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेको छ ।प्रमुख आचार्यलाई पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ लगायत पोखरा थन्डर्सका पदाधिकारीले ट्रफी हस्तान्तरण गरेका हुन् । सोमबार पोखरा रंगशालामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख आचार्यले आगामी सिजनको सुपर लिगलाई पोखरामा पनि आयोजना गर्ने तर्फ सरोकार निकायसँग छलफल भइरहेको बताए । उनले आगामी सिजनको केही खेललाई पोखरामा खेलाउने विषयमा शनिबार फाईनल खेलको बेला छलफल गरिएको उल्लेख गरे । प्रमुख आचार्यले… पुरा पढौ

लायन्स कप भलिबल खेल्न इरानी टोली पोखरा आइपुग्यो

पोखरा-प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप खेल्न इरानी टोली पोखरा आइपुगेको छ । बैशाख १८ गतेदेखि पोखरामा हुने च्याम्पियनसिपका लागि इरानीको इरान भलिबल क्लब आइतबार पोखरा आइपुगेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । इरानी टोलीमा राष्ट्रिय स्तरमै खेलेका खेलाडीहरु समावेश रहेको अर्यालले बताए । प्रतियोगितामा इरानी र भारतीय टोलीसहित ६ टोलीले सहभागिता जनाउने छन् । भारतको टोलीको बैशाख १६ गते पोखरा आइपुग्ने डिस्ट्रिक्ट गभर्नर अर्यालले बताए । नेपालका ३… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई टेल्जीको साथ

पोखरा- योमामाई मोर्टस् प्रालिले नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोटर्स प्रालिले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रालिका प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत ९ वर्षदेखि निरन्तर रुपमा… पुरा पढौ

क्याडी गल्फ प्रतियोगिता गरेर जन्मदिन मनाए गुरुङले

पोखरा-कलाकार बुद्धिमान गुरुङले आफनो जन्मदिन क्याडी गल्फरसँग मनाएका छन् । उनले आफनो ७० औं जन्मदिनको अवसरमा पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा मनाए । उनले क्याडी बीच गल्फ प्रतियोगिता आयोजना गरेर मनाए । २५ जना क्याडी गल्फरले प्रतिस्पर्धा गरेका थिए । यु १४ तर्फको प्रतिस्पर्धामा अभिषेक विकले ५९ स्कोर गर्दै पुरस्कार थापे । विशाल विक भने ७२ स्कोरसहित उपविजेतामा रहे । त्यस्तै यु १६ तफृको प्रतिस्पर्धामा आशिष विकले ९६ स्कोरसहित प्रथमस्थान हासिल गरे । रोहिल विक भने ११० स्कोरसहित उपविजेता बने… पुरा पढौ