मुख्य समाचार

फागुन अन्तिम साता रुपा गाँउपालिकामा ‘अध्यक्ष कप भलिवल प्रतियोगिता’

पोखरा(खेलाडी न्युज)-फागुनको अन्तिम साता कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता गरिने छ । कास्कीको रुपा गाउँपालिकाले फागुनको तेश्रो साता अध्यक्ष कप भलिवल प्रतियोगिता गर्ने निर्णय गरिएको हो । रुपा गाउँपालिकाले स्थापना प्रथम स्थापना दिवसको अवसरमा यहि फागुन २४ गतेदेखी २७ गतेसम्म रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्नेपोखरी खेल मैदानमा ‘प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता’ आयोजना गर्ने भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका स्थानीय तहहरुले सहभागिता जनाउने आइतबार रुपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । खेलकुदको माध्यमबाट युवाहरुको… पुरा पढौ

एपीएफसँग मनाङ स्तब्ध

पोखरा(खेलाडी न्युज)-शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता २०७५ को उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लव पोखरामा जारी १७ औं आहा ! रारा गोल्डकपमा शसस्त्र प्रहरी वलको एपीएफ क्लवसँग स्तब्ध भएको छ । शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा एपीएफले मनाङलाई १–० गोल अन्तरले पराजित गर्न सफल भएको हो । एपीएफको जितमा प्रदीप लामाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । सन्तोष श्रेष्ठले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकमा पेनाल्टी एरियाको बिच भागमा अनमार्क रहेका… पुरा पढौ

सिवाईसी अत्तरियालाई तेस्रो धनगढी प्रिमियर लिग उपाधि

पोखरा(खेलाडी न्युज)-धनगढीमा आयोजित तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ। शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो। फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्न सफल भएको थियो । अत्तरियाको जितमा सन्नी पटेलले सर्वाधिक ४७ रन जोडे। उनको महत्वपूर्ण इनिंग खेलेका थिए । यस्तै जय किशन कोल्शावालाले ३० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।… पुरा पढौ

क्रिकेट खेलाडी श्रेष्ठको उपचारका लागि क्रिकेट च्यारिटी

हेटौंडा(खेलाडी न्युज)-हेटौंडामा राष्ट्रिय खेलाडीसहित टोलीले फागुन २५ मा च्यारिटी म्याच खेल्ने भएको छ । मकवानपुर क्रिकेट क्लबका संस्थापक निरज श्रेष्ठको उपचार सहयोगका लागि हुने च्यारिटी म्याचमा मकवानपुरविरुद्ध पारस खड्काको नेतृत्व टिमले हेटौंडा–४ को हुप्र खेलमैदानमा प्रतिस्पर्धा गर्ने भएको हो । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजक समिति संयोजक अनुपप्रसाद सेनुरियाले प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम हाल भारतमा ब्लड क्यान्सरको उपचाररत् श्रेष्ठको उपचारमा खर्च गरिने बताए । प्रतियोगिताबाट २५ लाख रुपिया“सम्म आर्थिक संकलन गर्ने लक्ष्य राखिएको भन्दै उनले मकवानपुरलाई क्रिकेटमा चिनाउने… पुरा पढौ

नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब तेश्रो राष्ट्रिय ¥याफ्टिङ्ग च्याम्पियन

पोखरा(खेलाडी न्युज)-नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ । ¥याफ्टिङ्ग च्याम्पियनसिप अन्तरगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो । नेपाल कायक… पुरा पढौ

१७ औं आहारारा गोल्डकप- शेर्पाको जितमा गुरुङको निर्णायक गोल

पोखरा(खेलाडी न्युज)-१२ घण्टाको यात्रालाई राम्ररी थकान मेटन नपाउँदै हिमालयन शेर्पाले धरान फुटबल क्लबको पोखरा बसाईलाई एकदिन नबित्दै छोट्याईदिएको छ । सहारा क्लबको आयोजनामा शुुक्रबार प्रिक्र्वाटर खेलमा धराने क्लबलाई १–० गोलले पन्छाउँदै शेर्पाले पोखरा यात्रालाई केहीदिन लम्ब्यायो । हिमालयन शेर्पाले निर्णायक गोल गर्न एक घण्टा बढीको समय लगायो । ७८ मिनेटमा गोलको खडेरी तोड्दै जित सुनिश्चित बनाउँदा प्याट्रिक प्रिभाट गोहाको क्रसलाई डिफेन्सले क्लियर गर्न नभेटेको ‘वान ड्रप’ पछि आएको लो एङ्गल बललाई त्रिदेव गुरुङले डाईभ हेड गर्दै गोल गरेपछि जित शेर्पाले… पुरा पढौ

१७ औं आहा रारा गोल्डकप- घरेलु मैदानमा सहारा सडन डेथको शिकार

पोखरा(खेलाडी न्युज)-सहारा क्लबको आतिथ्यतालाई बिहीबार मिठो अविस्मरणीय बनाउने क्रममा शसस्त्र प्रहरी बल(एपीएफ)ले घरेलु टोलीलाई सडन डेथमा शिकार बनाएको छ । उदघाटन खेल जित्ने अभिलाषालाई एपीएफका विकी लामाले निर्णायक गोल गरेपछि सहारा निराश बन्यो । एपीएफले १७ औं सस्करणको आहा रारा गोल्डकपको क्र्वाटरफाईनल सुरक्षित गर्यो । निर्धारित समयमा सहारा क्लबले एपीएफसँग १–१ गोलको बराबरी गोलमा टुग्ंयायो । थपिएको ३० मिनेटमा गोलरहित सकियो । निर्णय पेनाल्टीमा पुग्यो । ५–५ पेनाल्टी दुवै टिमले हाने । दुवै टिमको एक एक पेनाल्टी गुम्यो । निर्णय… पुरा पढौ

मैदान मर्मत सम्भारको व्ययभारले निम्त्यायो संघ र क्लब बीच विवाद

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघ र सहारा क्लब बीचको आन्तरिक तिक्तता आहा रारा गोल्डकपको पुर्व सन्ध्यामा छताछुल्ल बनेको छ । गोल्डकपको पुर्वसन्ध्यामा फुटबल मैदानमा आईपुगेर तिक्तता नमिठो रुपमा टुंगिएको छ । मनमा तुष रहँदै आएको दुई संस्था बीचको विवादले खेलप्रेमीलाई समेत आश्चर्यमा पारिदिएको छ । क्लब र संघ बीचको विवाद फुटबल मैदानको थियो । मैदान मर्मत सम्भार गरेको भन्दै संघले क्लबसँग व्ययभार व्यहोर्न निर्देशनात्मक परिपत्र गरेको थियो । संघको निर्देशनात्मक परिपत्रलाई क्लबले मतलब गरेको थिएन् । संघले फुटबल मैदान मनकामना… पुरा पढौ

आज सहाराको आतिथ्यता स्वीकार्दै एपीएफ

पोखरा(खेलाडी न्युज)-पोखराको मैदानमा आज बिहीबार विभागीय टोली शसस्त्र प्रहरी बल(एपीएफ)ले सहारा क्लबको आतिथ्यतालाई स्वीकार्दै छ । तीन साता अघि पनि मनकामना केवलकार पोखरा कपमा उदघाटन खेल्दै फाईनलसम्मको यात्रा तय गरेको एपीएफले फेरी एकपटक पोखरामा फरक क्लबको आतिथ्यता स्वीकार्ने छ । आहा रारा गोल्डकपको उदघाटन खेलमा १२ औं सस्करणको विजेता घरेलु क्लब सहाराले विभागीय टोलीसँग खेल्दै १७ औं सस्करणको प्रतियोगिता शुरु हुने छ । डेढ दशक लामो इतिहास बोकेको सहाराको यस गोल्डकप भने यो वर्ष केवल १० क्लबले उपाधिको लागि प्रतिस्पर्धा… पुरा पढौ

वेगनासताल किनारमा प्रथम “सेभेन ए साईड” वेगनास कप हुने

पोखरा(खेलाडी न्युज)-वेगनासताल किनारमा फागुन १२ गते देखि सेभेन ए साईड फुटवल हुने भएको छ। ूशभ्यता र संस्कृतिका लागि खेलकुदू भन्ने उद्देश्यका साथ पहिलो पटक क्लवले फुटबल प्रतियोगिता गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो। युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि हिन्दुहरुको पर्व महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटवलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्। प्रतियोगिताको विजेताले रु १,०५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।… पुरा पढौ