मुख्य समाचार

सहभागि टोली सार्वजनिक

पोखरा-आगामी मंसिर २२ गतेदेखि लेखनाथको भण्डारढीक खेलमैदानमा आयोजना हुने २५ औं आदर्श कपमा सहभागिता जनाउने टोली फाइनल भएको छ । तीन विभागीय टोलीले जनाउँदा अन्य पाँच टोली भने जिल्ला फुटबल संघको टोली रहने आयोजक आदर्श क्लबले जनाएको छ । सहभागि हुने टोलीमा आयोजक आदर्श क्लब, स्याङजा फुटबल संघ(होराईजन क्लब), कास्की जिल्ला फुटबल संघ(कास्की ११), तनहुँ जिल्ला फुटबल संघ, गोरखा जिल्ला फुटबल संघ, नेपाल आर्मीको सिद्धिदल गण(पश्चिम पृतना), सशस्त्र प्रहरी बल(गण्डकी मुख्यालय) र नेपाल प्रहरी(गण्डकी प्रदेश)ले सहभागिता जनाउने छ । २५… पुरा पढौ

पोखरा एभेन्जर्सको पोखरा क्रिकेट मैदानमा प्रशिक्षण

पोखरा-नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिति नजिकिदैं छ । मिति नजिकिएसँगै पोखरा एभेन्जर्सले पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ । केही दिन अघि मात्रै गण्डकी हिरोज र आईकोनिक प्लेयर्स छनोट गरेको पोखरा एभेन्जर्सले दुईदिन अघिदेखि बन्द प्रशिक्षण शुरु गरेको हो । केही खेलाडीले नेट्समा प्राक्टिस गरेका छन् । आजदेखि व्याटिङ प्राक्टिस गरिरहेका छन् । यही मंसिर १५ गतेदेखि काठमाडौंको किर्तिपुर क्रिकेट मैदानमा हुने प्रिमियर लिगको तयारीको लागि पोखरा एभेन्जर्सले एकसाता प्रशिक्षण गर्ने छ । पोखरा एभेन्जर्सको मार्की खेलाडी… पुरा पढौ

रचनालाई महानगर क्रिकेटको सम्मान

पोखरा-भर्खरै मलेसियामा सम्पन्न यु १९ क्रिकेट प्रतियोगिताबाट विश्वकपको यात्रा तय गर्दा क्रिकेट टोलीकी सदस्य रचना चौधरीलाई सम्मान गरिएको छ । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरीलाई पोखरा महानगर क्रिकेट संघले सम्मान गरेको हो । उनलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । पोखरा महानगर खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे । सो अवसरमा बोल्दै अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुलेनै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको… पुरा पढौ

विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी

नेपालगन्ज-विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ आैं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे । भियतनामकाे हनाेइमा जारी २४आैं वर्ल्ड कंग्रेसका दाैरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसाैं वर्ल्ड… पुरा पढौ

प्रदीप र अभिषेक डेविस कपको लागि बहराईन प्रस्थान

पोखरा-यही नोभेम्बर २० देखि २३ तारिखसम्म बहराईनमा सञ्चालन हुने डेविस कप टेनिसको लागि पोखराका अभिषेषक बास्तोला प्रस्थान गरेका छन् । उनलाई एक समारोह बीच विदाई गरिएको हो । हराइनमा उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुजकुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा क्षेत्रिय विमानस्थलबाट बिदाई गरेका हुन् । आगामी नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेकसँगै प्रदिप खड्का, प्रणव खनाल,, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् । एसिया ओसियाना अन्तर्गतका १५ राष्ट्रले सो… पुरा पढौ

पोखरा एभेन्जर्सले शुरु गर्यो ट्यालेन्ट हन्ट

पोखरा-नेपाल प्रिमियर लिग अन्तर्गतको महत्वपूर्ण फ्रेन्चाईज टोली पोखरा एभेन्जर्सले पोखरा क्रिकेट मैदानमा शनिबारदेखि ट्यालेन्ट हन्ट शुरु गरेको छ । ट्यालेन्ट हन्टबाट गण्डकी हिरोज छनोट गरिने छ । जुन भविष्यमा गण्डकी प्रदेशको छुट्टै क्रिकेट टोली बन्ने छ । पोखरा एभेन्जर्सका व्यवस्थापक किरण भट्टराईका अनुसार गण्डकी हिरोज भविष्यमा विभागीय टोली जस्तै रहने गरी टोली निर्माण गर्ने लक्ष्य छ । गण्डकी हिरोजसँगै पोखरा एभेन्जर्सले आईकोनिक प्लयेर छनोट गर्ने छ । जुन छनोट भएको खेलाडी पोखरा एभेन्जर्सको टोलीमा समावेश हुने छ । साथै गण्डकी… पुरा पढौ

आदर्श कपमा तीन विभागीय क्लबको निश्चितता

पोखरा-आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने २५ औं आदर्श कप फुटबल प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता निश्चित भएको छ । क्लबका अध्यक्ष पदम गुरुङका अनुसार तीन विभागीय टोलीको मात्रै निश्चित भएको हो । तनहुँ, स्याङजा र कास्कीको टोलीको तय भईसकेको छैन् । प्रतियोगितामा ८ टोलीलाई समावेश गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान… पुरा पढौ

राइजिङ पोखरालाई क्लबस्तरिय क्रिकेटको उपाधि

पोखरा-अनिल गुरुङको शतकीय पारीमा पोखरा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लबस्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि उचाल्यो । ओपनिङमा आएका अनिलले १०१ रनको शतकिय पारी खेल्दै नटआउट रहे । ११९… पुरा पढौ

पोखरा क्रिकेट क्लब फाइनलमा

पोखरा-अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै पोखरा क्रिकेट क्लब क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङ क्रिकेट क्लबसँगको भेट पक्का गरेको हो । १५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट भएपछि पोखरा क्रिकेट क्लबको फाईनल सहज बन्यो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर… पुरा पढौ

माघ २२ गतेदेखि आयोजना गर्न एन्फाद्वारा स्वीकृति

पोखरा-पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म हुने मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गोल्डकपको आयोजना गर्ने सहारा क्लबलाई मिति स्वीकृति प्रदान गरेको पत्रले जनाएको छ । एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार कास्की जिल्ला फुटबल सघमा आवद्ध सहारा क्लबको आयोजनामा मिति २०८१ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरामा सञ्चालन गर्न देहायका… पुरा पढौ