मुख्य समाचार

साविक विजेता सांग्रिला पराजित

पोखरा-पोखरा क्रिकेट क्लबले साविक विजेता सांग्रिलाा क्रिकेट क्लबलाई ११ रनले पराजित गर्दै क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । झिनो लक्ष्य पछ्याएको सांग्रिला एक समय जितको नजिक पुगेको थियो । तर पोखरा क्रिकेट क्लबका बलर सामु निरिह बनेपछि जितको मुखबाट विमुख हुदैं हार स्वीकार्न पुग्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भईरहेको अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को बुधबारको खेलमा ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि… पुरा पढौ

नवप्रवेशी गण्डकीमाथि अरण्यज्योतिको जित

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा अरण्यज्योति त्रिकेट क्लबले गण्डकी स्पोर्टस क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा मगलबार भएको प्रतिस्पर्धामाओपनर सुलभ सुवेदीले ४० रनको महत्वपूर्ण योगदान गरेपछि टस हार्दै व्याटि ङ गरेको अरण्यज्योतिले १५५ रनको योगफल तयार पार्यो । अन्य व्याटर सस्तैमा पवेलियन फर्किदाँ उनको ठोस इनिङ रह्यो । चौथो नम्बरमा आएका प्रविन पौडेलले २३ रन बनाई आउट भए । पाँचौ नम्बरमा प्रदीप पौडेलले पनि आफनो इनिङ मा २० रन… पुरा पढौ

भोलिदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट

पोखरा-भोलि विहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा लिगकम नकाउटमा एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने छ । उदघाटन खेल सांग्रिला क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ क्लब समेत दर्ता गरिएको छ । लेकसाईड क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लब संघमा नयाँ क्लबको रुपमा दर्ता भएका हुन् । नयाँ दर्ता भएसँगै ती क्लबहरुले पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता… पुरा पढौ

गौचनलाई सेप्टेम्बरको गल्फ मन्थ्ली मेडल

पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित सेप्टेम्बरको मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको स्टेबल फोर्ड फुल ह्याण्डीक्याप अन्तर्गतको प्रतिस्पर्धामा गौचनले ३८ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । उपविजेता भने एएसपी लिलाजग गुरुङ भए । उनले ३५ को कार्ड बनाए । १८ होलको कोर्षमा मासिक रुपमा मन्थ्ली मेडल हुदैं आएको छ । ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेश गुरुङ बने । विजेतालाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले… पुरा पढौ

जिमको जग बसालेका शंकर

धन बस्नेत/पोखरा खेलकुदका रस बस्दै थियो । खेलकुदको रस्वादनसँँगै नपाउँदै पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो । आफनै शहरमा भएको राष्ट्रिय खेलकुदमा वकिलमान(शंकरमान) उदास पनि सहभागि भए । उनी एथलेटिक्स खेलाडीको रुपमा पोखरा रंगशालामा उत्रिए । उनको ध्यान भने शारीरिक सुगठनमा थियो । बक्सिङ खेलेको अनुभव पनि उनीसँग छ । म्याराथन दौडिए । एथलेटिक्स खेलाडी भएपछि उनले म्याराथनसँगै वाकिङ(हिडाइ)मा समेत सहभागिता जनाए । सहभागिताको प्रमाणपत्र मात्रै हात लायो । पदक उनको नाममा भने लेखिएन् । उनले दोस्रो राष्ट्रिय खेलकुद… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि सशस्त्रका भट्टलाई

पोखरा-पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका (एपिएफ क्लब) निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजित दौडमा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई… पुरा पढौ

खेलकुद पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकार बीच समन्वयको खाँचो

पोेखरा-गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले राष्ट्रिय खेलकुद परिषद र संघीय सरकारका गण्डकी प्रदेश भित्र रहेका खेलकुद पूर्वाधारहरुको निर्माण र मर्मत सम्भारसँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसँग समन्वय गनुपर्ने आवश्यकता औंल्याएका छन् । आवश्यक समन्वयकै अभावमा पोखरा रंगशालाभित्र बन्ने संघारमा रहेका र बनेका पूर्वाधार मर्मत गर्ने तर्फ प्रदेश सरकारले चासो दिएको छैन् । संघीयताको रटान लगाईरहेपनि पोखरा रंगशालाभित्र पूर्वाधार निर्माणमा लगानी गर्न सकेको छैन् । नेपाल क्रिकेट संघ(क्यान)को शुक्रबार वार्षिक साधारण सभालाई… पुरा पढौ

बाग्लुङमाथि स्याङजाको ९३ रनको जित

पोखरा-बाग्लुङमाथि ९३ रनको जित निकाल्दै स्याङजा पोखरामा आयोजित वाइ वाई यु १९ प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा बिहीबार भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङको निम्तो पाएको स्याङजाले ४२। ओाभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो । सातौं नम्बरमा आएका किरण भट्टराईले ६४ बल खैल्दै ४९ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर अनिस ताम्राकारले ९ र करण पंगेनीले ३० रन बनाए । तेस्रो नम्बरमा आएका व्याटर कृष्ण खड्का शून्यमै… पुरा पढौ

पर्वतमाथि तनहुँको फराकिलो जित

पोखरा-देवकुमार पासवानको ९-०-१५-४ को स्पेल र वन्स क्षत्रीको अविजित २१ को महत्वपूर्ण योगदानमा गरेपछि तनहुँले एकदिवसीय क्रिकेट प्रतियोगितामा पर्वतमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सञ्चालित वाइवाई यु १९ छनोट क्रिकेट प्रतयोगिता अन्तर्गत मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा पर्वतले दिएको ७७ रनको लक्ष्यलाई तनहँुले १ विकेटको क्षतिमा पुरा गर्यो । टस हारेर व्याटिङको निम्तो पाएको पर्वतले ७६ रनको योगफल तयार पार्यो । ५६ रन व्याटरबाट निस्किदा २३ रन अतिरिक्त थपियो… पुरा पढौ

कास्कीको विजयी शुरुवात

पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबारदेखि शुरु भएको एक दिवसीय वाई वाई यु १९ क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । कास्कीले पर्वतलाई ८ विकेटले पराजित गर्दै सुखद शुरुवात गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिता मा टस जितेर व्याटिङ गरेको पर्वतले ६८ रन बनाउँदा सबै विकेट गुमायो । केवल १२ ओभर ५ बल खेलेको पर्वतलाई सस्तैमा समेटन् नितेश गिरीको बलिङ महत्वपूर्ण रह्यो । गिरीले ९ ओभरमा ६ मेडन राखे । केवल १० रन खर्चिएर ३… पुरा पढौ