मुख्य समाचार

एपिएफ र एसियन सुज च्याम्यियन

पोखरा-पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो । पुरुषतर्फ… पुरा पढौ

गण्डकी प्रदेशबाट नवौंको लागि गल्फर छनोट

पोखरा-आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश महिला तथा पुरुष गल्फ टोली छनोट गरिएको छ । दुईदिनसम्म भएको प्रतिस्पर्धामा पुरुष तर्फ ९ जनाले सहभागिता जनाएका थिए । महिला तर्फ ३ जना मात्रै थिए । तीनै जना छनोट भएका छन् । हिमालयन गल्फ कोर्षमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष तर्फ अजित बि क,सुदिप तामाङ ,सुरेश तामाङ ,रोशन बि क रहेका छन् । त्यसैगरी महिला तर्फ जुनि गुरुङ, टीका गुरुङ, निता राणा रहेको कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लच्छिमीप्रसाद गुरुङले जानकारी… पुरा पढौ

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने

पोखरा- गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आगामी असोजको पहिलो साता पोखरामा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुदैं छ । ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छन् । असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए ।… पुरा पढौ

अर्चलबोट, लामाचौर, तनहुँ र एसियन सुज अन्तिम चारमा

पोखरा-पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय महिला भलिबलको अन्तिम चारमा अर्चलबोट क्लब, लामाचौर पुन समाज, हैदागा तनहुँ र एसियन सुज प्रवेश गरको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए । उनका अुनसार अर्काे खेलमा एसियन सुजले गुरुकुल स्कुललाई २५–४ र २५–१० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्याै । शान्ता भलिबल प्रशिक्षण केन्द्रको अनुपस्थितिमा… पुरा पढौ

सन्दिप क्रिकेटको राष्ट्रिय टोलीबाट निलम्बित

पोखरा-जर्वजस्ती करणी कसुरमा आरोपित नेपाली क्रिकेटका राष्ट्रिय टोलीका कप्तान सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले निलम्बन गरेको छ । लामिछानेलाई बिहीबार राष्ट्रिय टोलीबाट निलम्बन गरिएको क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गत भदौ २३ गते प्रहरी बृत्त गौशालामा लामिछाने विरुद्ध जर्वजस्ती करणको उजुरी परेको थियो । उजुरीकै आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेसँगै क्यानले लामिछानेलाई निलम्बन गरिएको जनाएको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार लामिछानेलाई निलम्बन गरिएको जनाएको छ । लामिछाने… पुरा पढौ

साइक्लिङमा १६ जना छनोट

पोखरा-गण्डकी प्रदेशबाट साईक्लिङबाट १६ जना छनोट भएका छन् । गण्डकी प्रदेशस्तरीय साईक्लिङमा विभिन्न इभेण्टमा महिला तथा पुरुष १६ जना छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्कीजिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए ।प्रतियोगितामा महिला तर्फ प्रदेशबाट क्रसकन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले बताए । रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट भएका… पुरा पढौ

प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप गुरुङ च्याम्पियन

पोखरा-कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतवार सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए । प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । त्यसै… पुरा पढौ

सामान नहुदाँ हर्डल्सको छनोट इभेण्ट हुनै सकेन

पोखरा-नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता चलिरहँदा एथलेटिक्सका ६ वटा इभेण्टको भने प्रतिस्पर्धा भएन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । आवश्यक सामानको अभाव नहुदाँ एथलेटिक्सको हर्डल्स तर्फको प्रतिस्पर्धा हुनै नसकेको कास्की जिल्ला एथलेटिक्स संघले स्वीकारेको छ । एथलेटिक्सको प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाको इभेण्ट पोखरा रंगशालास्थित ट्रयाक एण्ड फिल्डमा आयोजना गरिएको छ । हर्डल्ससँगै म्याराथन समेत छनोट प्रतिस्पर्धा आयोजना गर्न नसकिएको नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङले… पुरा पढौ

ज्याभलिनमा लमजुङका तामाङलाई स्वर्ण

पोखरा-ट्रयाक एण्ड फिल्ड अन्तर्गत ज्याभलिन थ्रो पुरुषतर्फ लमजुङका तीर्थमान तामाङले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामामनाङ्गका विकासबाबु बरामले रजत र लम्जुङका रोनिक तामाङले कास्य पदक हात पारेका छन् । त्यस्तै महिलतर्फ तनहुँकी बिनिता सार्कीले स्वर्ण, कास्कीकी सोनु नेपालीले रजत र स्याङजाकी वितिसा रानाले कास्य पदक प्राप्त गरेकी छन् । पुरा पढौ

रग्वी प्रतियोगितामा गोर्खा च्याम्पियन

पोखरा-नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश छनोट अन्तर्गत रग्वी प्रतियोगितामा गोर्खा जिल्ला कास्की जिल्लालाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२–० को स्कोरले पराजित गरी च्याम्पियन भयो । पोखरा–२९, भण्डारढिक स्थित नेपाल आदर्श आवासिय माध्यामिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा तनहुँ जिल्लाले नवलपुर लाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी १२ स्कोर प्राप्त गरी तृतिय स्थान प्राप्त गर्दा नवलपुरले १ ट्राइ गरी ५ स्कोर गरी स्कोर बिहिन रह्योसेमि फाइनल खेलमा कास्कीले नवलपुरलाइ २ ट्राइ र १ कन्भर्जन प्रहार गरी… पुरा पढौ