मुख्य समाचार

प्रोटिनयुक्त डाईट व्यवस्था गर्न निर्देशन

पोखरा-‘प्रशिक्षणको लागि पर्याप्त सामान छैन् । प्रदेश खेलकुद परिषद गण्डकीले दिएको भत्ता पर्याप्त छैन् । कम भत्ताकै कारण आवश्यक डाईटको व्यवस्था राम्ररी भएको छैन् ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती आफैं होटल अनुगमनमा निस्किए । शनिबार राती मन्त्री गुरुङसहित अनुगमन टोलीका सदस्यहरु तथा गण्डकी खेलुकद परिषदका उपाध्यक्षको समेत सहभागितामा तेक्वान्दो(डब्लुटिएफ) बसेको होटल अनुगमन गरिएको थियो । अनुगमनमा खेलाडीहरुले पर्याप्त डाईट नपाउन नसकिएको गुनासो सुनाए… पुरा पढौ

क्याडीको शुल्क भन्दा कम भत्ता गल्फरलाई

पोखरा-गल्फ आफैंमा महंगो खेल हो । गल्फरलाई एक क्याडी(क्लब सेट बोक्ने सहयोगी) अनिवार्य चाहिन्छ । सहयोगीलाई दैनिक भत्ता दिनुपर्छ । कोर्षको शुल्क दिनुपर्छ । त्यसले पनि महंगो पर्ने हो । आवश्यक खेल सामग्री पनि महंगो नै पर्छ । क्लब सेट किन्न एकलाख भन्दा बढी नै पर्छ । त्यसैले महंगो पर्छ । बललाई २५ सय रुपैयाँ पर्छ । एउटै प्रतिस्पर्धामा थुप्रैै बल हराउँछ । जुन महंगो खेलको अर्को प्रमाण हो । महंगो खेल गल्फलाई आगामी २८ गतेदेखि आयोजना हुने नवौं राष्ट्रिय… पुरा पढौ

पोखरा रंगशालाभित्र तेक्वान्दोको प्रशिक्षण केन्द्रको शिलान्यास

पोखरा-योजनाको झण्डै एक दशकपछि तेक्वान्दो संघले पोखरा रंगशालाभित्र आफनो सुविधायुक्त प्रशिक्षण केन्द्र(भवन) निर्माण गर्न शिलान्यास गरेको छ । शनिबार विहान पोखरा रंगशालास्थित सेमी कभर्ड हलको दक्षिण तर्फ तेक्वान्दोको प्रशिक्षण केन्द्र निर्माण गर्न जग राख्ने काम शुरु गरिएको छ । केन्द्रको शिलान्यास राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे । कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दोको भवन बनाउने कस्सिएको दशवर्षपछि सपना पुरा गर्ने अभियानमा रहेको उल्लेख गरे । गुरुङ अहिले गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष हुन्… पुरा पढौ

मनाङमा फुलकन्ट्याक्ट कराँते र बास्केटबल प्रशिक्षण

पोखरा-राष्ट्रिय खेलकुद परिषद नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । परिषद खेलकुद प्रतियोगितामा जुटिरहदाँ गण्डकी प्रदेशले आफनो प्रदर्शनलाई प्रभावकारी बनाउने ध्येयमा छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको अगुवाई र सक्रियतामा मनाङमा बन्द प्रशिक्षण गराउने योजना अनुसार दुई खेलका खेलाडीलाई मनाङमा बन्द प्रशिक्षण शुरु गरिएको छ । फूल कन्ट्याक्ट कराँते र बास्केटबल टोली रहेको छ । टोलीले दुईदिनदेखि मनाङको उपल्लो पिसाङमा प्रशिक्षण शुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्री गुरुङले प्रदेशस्तरीय छनोट प्रतियोगिता लगत्तै खेलाडीहरुलाई… पुरा पढौ

खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि बास्केटबल संघ कास्कीलाई

पोखरा-राष्ट्रिय युवा संघ नेपाल मादी गाउपालिकाको २ नं. वडा कमिटीद्वारा आयोजित बास्केटबल प्रतियोगितामा पुरुष तर्फ कास्की बास्केटबल एसोसिएसन बिजयी भएको छ । पोखरा १३ भद्रकाली खेलमैदानमा सम्पन्न पुरुषतर्फको फाइनल खेलमा ताङतिङ ए लाई ५८ – ५४ स्कोरले पन्छाउँर्दै बास्केटबल संघ कास्कीले उपाधि हात पारेको हो । उपाधि संगै कास्की जिल्ला बास्केटबल संघले नगद ८० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरि उपविजेता ताङतिङ ए ले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो । प्रतियोगितामा कास्की… पुरा पढौ

संघहरुको गुनासो–‘परिषदबाट चासो र समन्वय भएन’

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा प्रदेश खेलकुद परिषद एवं खेल व्यवस्थापन उपसमितिले खेलसंघसँग चासो र समन्वय नगरेको गुनासो गरेका छन् । आवश्यक पूर्वाधार मर्मत सम्भार तथा क्लोजक्याम्प राख्ने विषयमा परिषदले संघहरुसँग समन्वय नगरेको गुनासो संघहरुले गरेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालामा कुनैपनि पूर्वाधार बनेन् । मर्मत सम्भार समेत हुन सकेको छैन् । खेल व्यवस्थापन समितिले खेलस्थलको निरिक्षण गरिसकेको छ । यद्यपी बजेटको निकासा नहुदाँ काम हुन सकेको छैन् । ६ वटै कोर्टमा प्रतियोगिता खेलाउने योजनामा… पुरा पढौ

महानगरद्वारा संघसंस्थालाई खेल सामग्री

पोखरा-पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले विभिन्न खेल संस्थालाई खेल सामाग्री वितरण गरेको छ । शुक्रबार महानगर खेलकुद विकास समितिको कार्यालय उदघाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले खेल संस्थालाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । भलिबल, बास्केटबल, फुटबल, तेक्वान्दो, बक्सिङ, मुआथाइ, उसु, कराँते लगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेल सामाग्री वितरण गरिएको छ । खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मेहनत गर्न प्रशिक्षक र… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल र खेल तालिका सार्वजनिक

पोखरा-एक महिना बाँकी रहदाँ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल तय गरेको छ । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ५ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो । कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ । क्रिकेट गत भदौ २३ गतेदेखि नै काठमाडौंमा सञ्चालित छ… पुरा पढौ

सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउँदै कास्की फेन्सिङ संघ

पोखरा-‘नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकि छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हातलागे सुन्य होला जस्तो लागेर लाजै नमानी सामाजिक संजाल मार्फत नै हात फैलाउन बाध्य भएँ । गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी ब्यक्ति वा सँस्था जो कसैले कास्की जिल्ला फेन्फिङ… पुरा पढौ

तीन श्रीलंकन खेलाडीसहित पोखरा एभेन्जर्सको स्क्वाड

पोखरा-केहीदिन अघि मात्रै मार्की खेलाडी सार्वजनिक गरेको पोखरा एभेन्जर्सले आफनो नेपाल टी-२० को लागि स्क्वाड तयार गरेको छ । मार्की खेलाडीमा मोहम्मद आसिफ शेख रहेका छन् । ए ग्रेडमा शरद भेषवाकरलाई टिममा समावेश गरिसकेको छ । बी ग्रेडमाा कुशल मल्ल, प्रतिश जिसि र आरिफ शेख रहेका छन् । सी ग्रेडमा तुलबहादुर थापा, विशालविक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीमा मोहम्मद हाफेज(पाकिस्तान), सलमन इरसाद(पाकिस्तान), निरोसान डिकवेल्ला(श्रीलंका), सेकुज प्रसन्ना(श्रीलंका), र सेहान मधुसन्का(श्रीलंका) रहेका छन्… पुरा पढौ