🏏 क्रिकेट

ओमान र स्कटल्याण्डको विजयी शुरुवात

काठमाडौं । आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणमा ओमान र स्कटल्याण्डले विजयी शुरुवात गरेका छन् । आइतबार सम्पन्न खेलमा ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको १३० रनको लक्ष्य पछाएको ओमानले १३.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । त्यस्तै दोस्रो खेलमा स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरेको छ । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन मात्र बनाएपछि खेल ६ रनले गुमाएको हो ।… पुरा पढौ

टी-ट्वान्टी विश्वकप क्रिकेट शुरु हुँदै, पहिलो दिन दुई खेल हुने

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा… पुरा पढौ

‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौं’

पोखरा-खेलाडीको एउटैमात्र गुनासो छ–‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन् । मैदान र पीच मर्मतको खाँचो छ । राष्ट्रिय खेलकुद परिषदले २५ लाख रुपैयाँ पठाईदियो । तारजाली लगाई मैदान संरक्षण गरियो । संरक्षण गरिएको मैदान अहिले काँसले छेकिएको छ । सर्प लुक्ने ठाँउ बनेको छ । खेलाडी मैदान बाहिरैबाट हेरेर फर्किदै चित्त बुझाउँछन् । कोरोनाले थलिएको खेलकुद विस्तारै चलमलाउन थालेको छ । खेलाडीले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । खोपसँगै खेलाडी खेल्न आतुर… पुरा पढौ

पोखराको प्ले अफको सम्भावना, विराटनगर बाहिरियो

पोखरा-पोखरा राईनोजसँग पराजित भएसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ पोखरा भने प्ले अफको सम्भावनालाई बलियो बनाएको छ । विराटनगरलाई शनिबार किर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सात विकेटले पराजित गरेसँगै पोखरा प्ले अफको सम्भावना जिवितै राख्दा करण केसीको कप्तानीमा रहेको विराटनगर भने बाहिरिने पहिलो टोली बनेको छ । टियु क्रिकेट मैदानमा विराटनगरले पोखरालाई बलियो लक्ष्य दिएको थियो । १ सय ७३ रनको लक्ष्यलाई पुरा गर्न पोखरा भने तीन विकेटको क्षतिमा पोखराले १७ ओभर ४ बलमा खर्चिएको थियो ।… पुरा पढौ

ग्रेट हिमालय क्रिकेट एकेडेमी क्रिकेट खेल्न दिल्ली प्रस्थान

पोखरा-ग्रेट हिमालय क्रिकेट एकेडेमी दिल्ली गुडगाँउस्थित एपी क्रिकेट एकेडेमीसँग एकदिवसीय तथा टी-२० मैत्रीपूर्ण खेल खेल्न प्रस्थान गरेको छ । हिमालय क्रिकेट एकेडेमीले ३ देखि १० तारिखसम्म ५० ओभरको दुई खेल र दुई खेल टी-२० खेल्ने छ । टोलीमा आयुष कुमार झा, आर्जन सिम्खडा, सदित्य बन्जरा, विकेश श्रेष्ठ, परिष्कृत ढकाल, अनुरोध पन्त, इशान श्रेष्ठ, क्रिश कार्की, सन्दीप पगेनी, चन्दन राम, प्रवन्जय केसी, गौरव गजुरेल, सौगात दगांल, समीरराज पाण्डे र व्यवस्थापक सुरज केसी रहेका छन् । एकेडेमीलाई मनिन्द्र संहले विशेष प्रशिक्षण समेत… पुरा पढौ

चितवनको जित, पोखरालाई प्ले अफको चिन्ता

पोखरा-पोखरा राईनोजले दिएको सामान्य लक्ष्यलाई चितवन टाईगर्सले सहज पछ्याउँदै जित निकाल्दा पोखरा राईनोजलाई प्ले अफ खेल्ने अभियानमा धक्का लागेको छ । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखराले चितवलाई केवल १ सय २३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्यलाई चितवन टाइगर्सले १ विकेटको क्षतिमा पुरा गर्दै प्ले अफलाई बलियो बनाईराखेको छ । टस जितेर ब्याटिङ्ग गरेको पोखरा राइनोजले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल बनाएको थियो । चितवनको जितमा व्याटर मोहम्मद शेहजादले… पुरा पढौ

काठमाडौंमाथि चितवनको महत्वपूण जित

पोखरा-हार तर्फ उन्मुख भएको चितवन टाईगर्सले काठमाडौं किङ्स ११ लाई ३ विकेटले पराजित गरेको छ । कमलसिंह ऐरीले नो बलको फाईउदा उठाँउदै १८ औं ओभरमा जनक प्रकाशलाई लगातार दुई छक्का प्रहार गरेपछि चिवतनले खेललाई युटर्न गराउँदै जितको नतिजा दिलाए । ८ बल बाँकी रहदाँ चितवनले जित निकाल्न सात विकेट गुमाएको थियो । आठौं विकेटको लागि राजेश पुलामी र ऐरीको जोडीले ४२ रनको साझेदारी निभाउँदै जितको हकदार बनाए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा १९ ओभरमा जितेन्द्र्र मुखियाको खराब बलिङ रह्यो ।… पुरा पढौ

न्यु डायमन्ड र एपिएफको जित

काठमाडौं-विभागीय टोली एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा भईरहेको छैठौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा आज जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डसामु निकै निरिह बनेको एभरेटष्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै… पुरा पढौ

बर्षाले काठमाडौं र पोखरा बीचको खेल प्रभावित

काठमाडौंं-लगातारको झरीले मंगलबार एभरेष्ट प्रिमियर लिग(इपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतका खेल स्थगित भएका छन् । मंगलबार काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदान भिजेको कारण खेल सञ्चालन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो । आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेका हुन् । काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२ः१५ बजे सुरु… पुरा पढौ

काठमाडौं र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आज मंगलबार एक खेल हुँदै छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने एक मात्र खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्समाथि रोमाञ्चक जित निकालेको काठमाडौं किंग्स इलाभेनले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल मध्यान्न १२ः१५ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं तेस्रो खेलबाट दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा साविक विजेता ललितपुरलाई हराएको थियो भने विराटनगर वारियर्ससँगको दोस्रो खेल भारी बर्षाका कारण खेल… पुरा पढौ