🏏 क्रिकेट

किंग्स कोलकोत्तासँग दुई रनले पराजित

अबुधावी-केएल राहुल र मायांक अग्रवालले पहिलो विकेटको लागि ११५ रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबले कोलकोत्ता राईट राइर्डसले दिएको १६५ रनको लक्ष्य पछ्याउँदा पछ्याउँदै अन्तिममा २ रनले हारसँगै शनिबारको खेल टुग्याएको छ । अन्तिम ओभरमा १४ रन चाहिएको थियो जितको लागि । तर १ बल बाँकी हुदाँ ७ रनको खाँचो थियो । त्यही बेला सुनिल नरानेले विकेट लिए । दबावमा पुर्याएपछि किंग्सले सम्भावित जित नजिक पुगेर हार व्यहोर्न पुग्यो । ओपनर व्याट्सम्यान दुवैले शतकीय साझेदारी गर्दै उत्कृष्ठ शुरुवात दिलाएपछि किंग्सले… पुरा पढौ

कोलकोत्ता नाईट राईडर्सले बनायो १६४ रन

एजेन्सी-ओपनर सुभम गिलले अर्धशतक हिर्काएपछि धर्मराएको कोलकोत्ता नाईट राइर्डसको इनिंग सम्हाल्दै किंग्स इलेभन पन्जाबलाई १६५ रनको चुनौति दिएको छ । अबुधावीस्थित जियाद क्रिकेट स्टेडियममा भारतीय फ्रेन्चाईज लिग आईपिएलको २४ औं खेलमा राहुल त्रिपाठी(४) र नीतिश राना(२) आउट भएपछि ओपनरको रुपमा रहेका सुभमले धैर्यताका साथ व्याटिंग गर्दै ५७ रनको पारी खेले । ४७ बल खेल्दै ५७ रन बनाउँदा कोलकोत्ताले सम्मानजनक स्कोर बनाउने लक्ष्य तर्फ उन्मुख थियो । इयोन मोर्गानलाई समेत २४ रनमै गुमाएको कोलकोत्तालाई सम्हाल्ने जिम्मेवारी दिनेश कार्तिकको काँधमा आईपर्यो ।… पुरा पढौ

राजस्थानलाई हराउँदै दिल्ली क्यापिटल्सआईपीएलको शीर्ष स्थानमा फर्कियाे

एजेन्सी, असाेज २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमायो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए। अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भएपछि दिल्लीले ४२… पुरा पढौ

पन्जाबमाथि हैदरावादको सहज जित, पन्जाबको पाँचौ हार

एजेन्सी, असोज २३ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा सन राइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३२ रनमा समेटियो । खेलमा पन्जाबका लागि निकोलस पुरनले सर्वाधिका ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि… पुरा पढौ

वार्नर र वेरिष्टोको १६० रनको साझेदारी, किंग्सलाई २०२ रनको लक्ष्य

एजेन्सी-सनराईज हैदरावादका ओपन डेविड वार्डन र जोनी बेरिष्टोले पहिलो विकेटको लागि १६० रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबलाई २०२ रनको चुनौति दिएको छ । ओपनर जोडीले १० ओभरमा १०० रनको साझेदारी निभाएका थिए । बिहीबार दुवई इन्टरनेशनल स्टेडियममा आईपिएलको २२ औं खेलमा सनराईजले टस जित्दै व्याटिङ शुरु गरेको थियो । आफनो पहिलो ओभरमै रवि विश्नोयले १८ रन खर्चिएका थिए । बेरिष्टोले २८ बलमा अर्धशतक पुरा गर्दा वार्नरले भने विकेट जोगाउँदै ३७ बलमा ५० रन पुरा गरेका थिए । बेरिष्टोले उनले… पुरा पढौ

कोलकोत्तासँग चेन्नई १० रनले पराजित

एजेन्सी-भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत अबुधावीस्थित जियाद स्टेडियममा भएको खेलमा कोलकोत्ता नाईट राईडर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नई १० रनले पराजित भएको छ । ओपनर राहुल त्रिपाठीले ८१ रनको ठोस इनिङ गरेपछि कोलकोत्ताले चेन्नई सामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । डिवाने ब्राभोको बलमा सेन वाटसनको हातबाट क्याच हुनु अघि त्रिपाठीले उत्कृष्ठ इनिजङ खेल्ने क्रममा ८ चौका र ३ छक्का हिर्काउन ५१ बल खेल्न पुगे । छ जना व्याट्सम्यान भने दोहोरो अंंकको रन विहीन पभेलियन फर्किए । सार्वधिक… पुरा पढौ

चेन्नईलाई कोलकोत्ताको १६८ रनको चुनौति

एजेन्सी-भारतीय फ्रेन्चाईज लिग आईपिएलको अन्तर्गत अबुधावीस्थित जियाद स्टेडियममा भएको खेलमा कोलकोत्ता नाईट राईडर्सले चेन्नईलाई १६८ रनको लक्ष्य दिएको छ । ओपनर राहुल त्रिपाठीले ८१ रनको ठोस इनिङ गरेपछि कोलकोत्ताले चेन्नई सामु मध्यम लक्ष्य प्रस्तुत गरेको हो । डिवाने ब्राभोको बलमा सेन वाटसनको हातबाट क्याच हुनु अघि त्रिपाठीले उत्कृष्ठ इनिजङ खेल्ने क्रममा ८ चौका र ३ छक्का हिर्काउन ५१ बल खेल्न पुगे । छ जना व्याट्सम्यान भने दोहोरो अंंकको रन विहीन पभेलियन फर्किए । सार्वधिक रन हिर्काउन दोस्रो व्याट्सम्यानको रुमपा सुनिल… पुरा पढौ

राजस्थान पराजित, मुम्बई आईपिएलको शीर्षस्थानमा

एजेन्सी (अबुधावी)-बलर जसप्रित बुमारहले ४ विकेट लिएपछि मुम्बई इण्डियन्सले दिएको लक्ष्य पछ्याएको राजस्थान रोयल्स १३७ रनमै समेटिएको छ । ओपनर एससभी जैसवाल टरेन्ट बोल्टले शून्यमै पभेलियनको बाटो देखाईदिएपछि राजस्थानको कमजोर शुरुवात देखियो । पहिलो, दोस्रो र तेस्रो ओभरमा एक एक विकेट गुमाएपछि राजस्थान निकै दबावमा अघि बढ्यो । राजस्थानको इनिंग सम्हाल्दै अर्धशतकीय पारी खेलेका जस बटलरसँग साझेदारी निभाउने खेलाडीकै अभाव देखियो । बटलरसँग क्रिजमा जम्ने खेलाडी दोस्रो इण्डबाट भटाभट आउट हुदैं बाहिरिएपछि १९४ रनको बलियो चुनौति सामना गर्न राजस्थान असमर्थ… पुरा पढौ

मुम्बईद्वारा राजस्थानलाई १९४ रनको चुनौति

एजेन्सी (अबुधावी)-मध्यक्रमका व्याट्सम्यान सुर्यकुमार यादवले अर्धशतक पुरा गर्दै सानदार इनिंग खेलेपछि मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १९४ रनको लक्ष्य दिएको छ । मंगलबार अबुधावीको शेख जियाद रंगशालामा भएको प्रतिस्पर्धामाकप्तान रोहित शर्मालाई ३५ रनमा पभेलियनको बाटो देखाएपछि सुर्यकुमारले इनिंग सम्हले । अर्को इण्डमा रहेका ईशान किसान पनि शून्य रनमै पभेलियको बाटो समाएपछि कुर्नाल पाण्डे क्रिजमा आईपुगे । उनलाई पनि सस्तैमा जोफ्रा आर्चरले १२ रनमै आउट गरिदिएपछि सुर्यले हार्दिक पाण्डेसँग ७६ रनको साझेदारी निभाउँदै ४ विकेटको क्षतिमा मुम्बईले १९४ नको लक्ष्य राजस्थानलाई दिएको… पुरा पढौ

क्रिकेटर भण्डारीलाई आर्थिक सहयोग

काठमाडौं-सवारी दुर्घटनामा परेर उपचाररत क्रिकेट खेलाडी ललित सिंह भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । क्रिकेट खेलाडी संघको तर्फबाट अध्यक्ष मनिष राज पाण्डे , महासचिव पारस खड्का र कोषाध्यक्ष पृथु वास्कोटा सहितको उपस्थितिमा उपचारत राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीलाई संकलित ६ लाख २८ हजार रकम उपचारको लागि हस्तान्तरण गरिएको हो । अध्यक्ष पाण्डे तथा महासचिव खड्का र कोषाध्यक्ष बास्कोटाले आर्थिक सहयोग जुटाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएको सम्पूर्णलाइ धन्यवाद व्यक्त गरेका छन् । पुरा पढौ