🏏 क्रिकेट

सशस्त्र प्रहरी सेमिफाईनलमा प्रवेश

पोखरा-मधेश प्रदेशलाई २८ रनले पराजित गर्दै सशस्त्र प्रहरीबल नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरीले निर्धारित २० ओभरमा ममता चौधरीले अविजित १७ रनका योगदानमा १०१ रनको योगफल तयार पार्यो । पहिलो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा गुमाएको सशस्त्रलाई राजमती ऐरीले १६ रनको इनिङ्स खेलिन । सरिता मगर शून्यमै आउट भईन् । नेरी थापाले १२, ज्योति पाण्डेले १५ रन बनाईन् । सरस्वती चौधरीले ३, कविता गौतम र शान्ती चौधरीले समान… पुरा पढौ

सेमिफाईनलमा प्रवेश गर्ने सशस्त्र दोस्रो टोली

पोखरा-सशस्त्र प्रहरीको महिला क्रिकेट टोलीले दोस्रो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो । गण्डकीले तीन खेलमा पराजित हुदैं समूह एको अन्तिमस्थानमा छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबारटस जितेर व्याटिङ रोजेको गण्डकी केवल २६ रनमा समेटियो । चार व्याटर शून्यमै आउट भए । पहिलो, दोस्रो र तेस्रो नम्बरमा आएका व्याटरले समान ३/३ रन जोडे । कप्तान श्रृष्टि जैसीले सर्वाधिक ५ रन बनाईन् ।… पुरा पढौ

सम्झना खड्काको अर्धशतक, पुलिसको फराकिलो जित

पोखरा-नेपाल पुलिस क्लबले पोखरा क्रिकेट मैदानमा दोस्रो जित निकाल्ने क्रममा प्रदेश नं १ लाई ११८ रनले पराजित गरेको छ । सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै प्रदेश नं १ लाई १५९ रनको लक्ष्य नेपाल पुलिसले दिएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो सहभागिता जनाएको पुलिसले बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा ३ विकेटको क्षतिमा विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो विकेट काजल श्रेष्ठलाई ६ रनमा गुमाएको पुलिसले दोस्रो विकेटको लागि कविता कुँवर र सम्झना खड्काले ७७ रनको साझेदारी गरे ।… पुरा पढौ

सुदुरसँग गण्डकी प्रदेश ६ विकेटले पराजित

पोखरा-घरेलु मैदानमा गण्डकी प्रदेशले पहिलो जित निकाल्ने प्रयास फेरी असफल बनेको छ । राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल जित्दै खुशीयाली मनाउने चाहना फेरी एकपटक अधुरै रह्यो । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा गण्डकीमाथि सुदुरपश्चिमले ६विकेटको जित निकाल्यो ।छैटौं ओभरमा १५ रन खर्चिएपछि गण्डकी हार नजिक पुगेको थियो । टस हारेर व्याटिङमा उत्रिएको गण्डकीले ५ विकेटको क्षतिमा ५९ रनमा समेटिएको थियो । चौथो नम्बरमा आएकी सृष्टि जैसीले २८ रनको महत्वपूर्ण इनिङ खेल्दै रन उकास्न प्रयास गरिन् । ४८ बल खेल्दै… पुरा पढौ

बागमती माथि सशस्त्रको जित

पोखरा-मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ । एकसमय १७÷३ दयनीय अवस्थामा रहेको सशस्त्र प्रहरीलाई मध्यक्रममा रोमा थापा र ममता चौधरीले ३२ रनको साझेदारी निभाउँदै जितको सम्भावना बलियो बनाएका थिए । ८९ रनको लक्ष्य पछ्याएको सशस्त्रले ओपनर ज्योति पाण्डेलाई एक रनलाई गुमाउन पुग्यो । अर्की ओपनर सीता राना मगरले प्रतियोगिताकै पहिलो छक्का हिर्काउँदै १० बलमा १६ रन बनाउँदै राम्रो शुरुवात… पुरा पढौ

कर्णाली प्रदेशमाथि नेपाल प्रहरीको फराकिलो जित

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुदाँ डिएल नियमानुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो । ११ औं महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको डेब्यु प्रतियोगिता समेत हो । नेपाल प्रहरीले कप्तान रुबीना क्षत्रीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी… पुरा पढौ

गण्डकीको जित्ने धोको अधुरै,सुदुरमाथि बाग्मतीको ८ विकेटको जित

पोखरा-महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन् ।… पुरा पढौ

पहिलो जित निकाल्ने गण्डकी चाहना अधुरै , ४० रनले पराजित

पोखरा-घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । गण्डकीले मधेश प्रदेश विरुद्ध महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित निकाल्न सकेको छैन् । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा… पुरा पढौ

पहिलो जितको खोजीमा गण्डकी प्रदेश

पोखरा-आईतबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियागिता शुरु हुदैं छ । महिला क्रिकेटमा गण्डकी प्रदेशको इतिहास त्यही अब्बल छैन् । महिला क्रिकेटमा कमजोर देखिएको गण्डकी प्रदेशले सिनियर तर्फ राष्ट्रिय प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ । महिला क्रिकेटको इतिहास कोट्याउँदा गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगितामा जितको खुशी मनाउन सकेको छैन् । तर उमेर समूहको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशले सुदुरपश्चिममा आयोजित यु–१९ को उपाधि जितेर फर्किएको थियो । घरेलु मैदानमा होस या अन्य क्रिकेट मैदानमा गण्डकीको प्रदर्शन लोभ लाग्दो छैन्… पुरा पढौ

पीच मर्मत गरिदैं, साईडस्क्रिन निर्माण गर्न समय लाग्ने

पोखरा-दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ । एकहप्तापछि शुरु हुने प्रतियोगिताको लागि आवश्यक पूर्णतयारी भने भईसकेको छैन् । मैदान पूर्णरुपमा तयार गरिएको छैन् । पीच अझै तयारी अवस्थामा छैन् । दुई तर्फको साईडस्क्रिन तयारी अवस्थामा देखिदैन् । तयारी पुरा नहुदैं राष्ट्रिय प्रतियोगिता शुरु गर्नुपर्ने बाध्यता छ । एकजना क्युरेटर र दुईजना सहयोगीको भरमा पीच तयार गर्नुपर्ने छ ।… पुरा पढौ