🏏 क्रिकेट

रोयलद्वारा दुई बल बाँकी छदा राजस्थानमाथि ७ विकेटको जित

दुबई-अन्तिम ओभरमा जितको लागि रोयल च्यालेन्ज बैंग्लोरलाई १० रन चाहिएको थियो । चौथो बलमा एबी डि भिलियर्सले छक्का प्रहार गर्दै दुई बल बाँकी छँदा रोयल च्यालेन्ज बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । राजस्थानले १७७ रनको योगफल तयार पारेको थियो । असम्भव बन्दै गएको जितलाई चौथो विकेटको रुपमा एबी र गुर्किरात सिंहले ७४ रनको साझेदारी गरेपछि रोयलले १७८ रनको लक्ष्यलाई दुईबल बाँकी छदा पुरा गर्दै बैंग्लोरलाई जित दिलाए । देवदत्त पड्डीकल र आरोन फिन्चले राम्रै शुरुवात गरेका थिए… पुरा पढौ

कमिन्सको अर्धसतक,मुम्बईद्वारा कोलकत्ता पराजित

एजेन्सी, कात्तिक १ । कोलकत्ता नाईट राइडर्समाथि ८ विकेटको जित निकाल्दै साविकको च्याम्पियन मुम्बई इन्डियन्सले दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आफ्नो लयलाई कायम राखेको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेपछि कठिन सुरुआत गरेको कोलकत्ताले मुम्बईलाई निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रस्तुत लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा… पुरा पढौ

मुम्बईलाई कोलकोत्ताको १४९ रनको लक्ष्य

जायद(एजेन्सी)-मुम्बई इण्डियन्सलाई कोलकोत्ता नाईट राईर्डसले कमजोर लक्ष्य दिएको छ । सातौं नम्बरमा आएको पाट कुमिन्सको अर्धशतकीय पारीमा नाईट राइर्डसले मुम्बईलाई शुक्रबार आईपिएलको ३२ औं खेलमा केवल पाँच विकेटको क्षतिमा १४८ रन बनाउँदै कोलकोत्तालाई जितको लागि १४९ रनको लक्ष्य दिएको हो । पाट कुमिन्सले इओइन मोर्गानसँग नटआउट साझेदारी निभाउँदै कमजोर लक्ष्यबाट माथि उठाएका थिए । कुमिन्सले ३९ बल खेल्दै ५३ रन बनाउँदै महत्वपूर्ण योगदान दिने क्रममा ५ चौका र २ छक्का हिर्काउँदै नटआउट रहे । मोर्गानले पनि ३९ रन बनाउने क्रममा… पुरा पढौ

क्रिस गेलको आगामनमा पञ्जाबको दोस्रो जित

एजेन्सी, असोज ३० । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा बिहीबार तालिकाको पुछारमा रहेको किंग्स इलाभेन पञ्जाबले विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरमाथि रोमाञ्चक जित निकालेको छ । सारजाहमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकाल्दा प्ले अफ सम्भावनालाई कामयै राखेको छ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्न सफल भएको थियो । पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय… पुरा पढौ

किंग्सलाई रोयलको १७२ रनको लक्ष्य

सारजहा(एजेन्सी)-कप्तान विराट कोहली अर्धशतक बनाउनबाट दुईरनले चुक्दा रोयल्स च्यालेन्ज बैंग्लोरले किंग्स इलेभन पन्जाबलाइ १७२ रनको चुनौति दिएको छ । सारजहा क्रिकेट मैदानमा भारतीय फ्रेन्चाईज लिग(आईपिएल) बिहीबार राती भएको प्रतिस्पर्धामा मोहम्मद सामीको बलमा आउट हुदाँ कप्तान कोहली ४८ रनमा खेलिरहेका थिए । कप्तान जिम्मेवारी पुरा गर्ने ध्येय देखिएपछि उनको पतनले किंग्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर व्याटिंग शुरु गरेको रोयलले ओपनर आरोन फिन्च र देवदत्त पड्डीकलको जोडीलाई छिटै आउट गरेपछि किंग्सले मध्यम लक्ष्य सामना गर्ने तयारी गरेको हो ।… पुरा पढौ

राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्कियो

एजेन्सी, असोज २९ । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा बुधबार दिल्ली क्यापिटल्सलाई पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले राजस्थान रोयल्समाथि १३ रनको रोमाञ्चक जित निकाल्दै आफ्नो लयलाय कायम राखेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन… पुरा पढौ

राजस्थानलाई दिल्लीको मध्यम लक्ष्य

दुबई(एजेन्सी)-दिल्लीले राजस्थानलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । आईपिएलको ३० औं खेल अन्तर्गत बुधबार दुबईस्थित दुबई इन्टरनेशल स्टेडियममा भएको प्रतिस्पर्धामा दिल्लीले ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पार्यो । पृथ्वी शालाई गोल्डन डकको शिकार भए । उनी जोफ्रा आर्चरको बलमा पहिलो ओभरकै पहिलो बलमौ पभेलियन फर्किए । त्यसपछि दुई रनमा अजिंक्य राहाणे आउट भएपछि धर्मराएको दिल्लीलाई शिखर धवन र कप्तान श्रेयस आयरले सम्हाले । दुवैले अर्धशतक पारी खेल्दै महत्वपूर्ण साझेदारी समेत निभाए । राहाणेलाई पनि आर्चरले नै पभेलियनको बाटो… पुरा पढौ

५ हजार रनको कोशेढुंगा पार गर्न १० रनले चुके वार्नर

दुबई-५ हजार रन पुरा गर्न केवल १९ रनमात्रै थियो । तर डेविड वार्नर ९ रनमै पभेलियन फर्किएपछि अर्को खेलको प्रतिक्षा गर्नुपर्ने छ । सनराईज हैदरावादका कप्तान अष्ट्रेलियन व्याट्सम्यान डेविड वार्नरले आईपिएलको करियरमा ५ हजार रन पुरा गर्नबाट १० रनले चुकेका छन् । ओपन व्याट्सम्यानको रुपमा रहेको वार्नरले ५ हजार रन पुरा गर्न अर्को खेल कुर्नुपर्ने छ । उनी साम कुरुनको बलमा क्याच आउट हुदैं कोशेढुंगा पार गर्नबाट चुक्न पुगे । उनको आईपिएलको १३५ औं खेलमा ५ हजार रन पुरा हुने… पुरा पढौ

सनराईजलाई चेन्नईको १६८ रनको चुनौति

एजेन्सी,दुबई-चेन्नई सुपर किंग्सले छ विकेटको क्षतिमा १६७ रन बनाउँदै जितको लागि सनराईज हैदरवादलाई १६८ रनको चुनौति दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल स्टेडियममा भारतीय फ्रेन्चाईज लिग(आईपिएल)को २९ औं खेलमा मंगलबार फाफ डु फ्लेसिसलाई शून्य रनमै पभेलियनको बाटो समाएपछि कमजोर बनेको चेन्नईलाई साम कुरन, सेन वाट्सन, अम्बाती रयुदुले सम्हाले । उनीहरुले गरेको योगदानमा कप्तान महेन्द्रसिहं धोनी तथा नटआउट रहँदै रविन्द्र जडेजाले पनि महत्वपूर्ण भूमिका खेले । कुरन ३३ बरन बनाए । २१ बल खेले । ३ चौका र दुई छक्का खातामा… पुरा पढौ

चेन्नई र सनराईज भिड्दै, वार्नर ५ हजार रनको कोशेढुंगा पुरा लक्ष्यमा

एजेन्सी-अबको केहीबेरमा सनराईज हैदरवादले चेन्नई सुपरकिंग्ससँग खेल्दै छ । भारतीय फ्रेन्चाईज लिग(आईपिएल)को २९ औं खेल अन्तर्गत यी दुवै टोली दुबईस्थित दुबई इन्टरनेशनल स्टेडियममा खेल्दै छन् । चेन्नईले सनसाईजसँग अघिल्लो खेलमा व्यहोरको हारको बदला लिने अवसर बन्ने छ भने सनराईजले चेन्नईमाथि जित निकाल्दै अंक तालिकामा माथि उक्लिने लक्ष्य हुने छ । यी दुईको पछिल्लो छ खेलमा यही मैदानमा सनराईजले ४ जित र दुई हार व्यहोरेको छ । चेन्नईले पनि ६ खेलमा ३ जित र ३ हार व्यहोरेको छ । आजको प्रतिस्पर्धा… पुरा पढौ