थप खेल

युचिदा र शाबालिनालाई एशिया कपको उपाधि

पोखरा-तीन वर्ष अघिको समयलाई सुधार्दै जापानीज खेलाडी जेन्ता युचिदा ट्रायथोलन एशिया कपको उपाधि जितेका छन् । ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडमा जापानीज एथ्लेट ले ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् । उनले पहिलो संस्करणका विजेता माकोतो ओदाकुराको समयलाई समेत पछि पार्दै नयाँ टाईमिङसहित च्याम्पियन बन्न सफल भए । ओदाकुराले ५४ मिनेट १७ सेकेण्डको समय लगाएका थिए । जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

एशिया कप ट्रायथोलन भोली शनिबार

पोखरा -नेपाल ट्रायथोलन संघको आयोजनामा एशिया ट्रायथोलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि संम्पूर्ण तयारी भएको संघले जनाएको छ । संघले खेलाडीहरुलाई रुट तथा खेलको नियमबारे पूर्ण रुपमा जानकारी गराईसकिएको जनाएको छ । प्रयोग गरिने साईकल, जर्सी समेत संघले अन्तराष्ट्रिय ट्रायथोलन युयिननको नियमानुसार परीक्षण गरी फाराम भरिएको उल्लेख गरेको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि… पुरा पढौ

एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप

पोखरा-आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको दोस्रो संस्करण शुरु हुदैं छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा दोस्रो पटक हो । पहिलो संस्करण सन २०१९ मा आयोजना गरिएको थियो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप समेत हुने छ । यही चैत १९ गते शनिबार ट्रायथोलन तथा २० गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । च्याम्पियनको लागि अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ ।… पुरा पढौ

धर्मश्री बिजेताले दश लाख प्राप्त गर्ने

काठमाडौं -खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् । राजधानीस्थित यलो पकोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार रासी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघिको संस्करणमा पुरस्कार रासी ५ लाख रहेको थियो । २०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२… पुरा पढौ

बाइक रेसिङ प्रतियोगिता घिमिरे र कार्कीलाई उपाधि

काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिन सम्म फरक प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो ।उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ । तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेल पश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा… पुरा पढौ

हेटौंडा मेयर कप रेपिड चेसको उपाधि फिडेमास्टर क्षितीज भण्डारीलाई

हेटौंडा -फिडेमास्टर क्षितीज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जीत तथा दुईमा बराबरी गरेका क्षितीजले ६ अंक बनाउदै नगद ५० हजार रुपैंया समेत प्राप्त गरे । पाचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए । झापाका प्रकाश र धनकुटाका… पुरा पढौ

हेटौंडा मेयर कप बुद्धिचालमा क्षितीज र प्रकाशको अग्रता

हेटौंडा-नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मकवानपुरमा हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शुक्रबार चार चरणका खेल सम्पन्न भए । चार चरणको समाप्तिमा फिडेमास्टर क्षितीज भण्डारी र प्रकाश नेपाल शतप्रतिसत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् । उनीहरुको समान चारचार अंक भएको छ ।चार खेलमा तीनमा जीत र एकमा बराबरीमा गरेका फिडेमास्टर रुपेश जयसवाल ३ दशमलब ५ अंक बनाउँदै अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् । त्यस्तै… पुरा पढौ

गण्डकी प्रदेशलाई फेन्सिङमा तीन कास्य

पोखरा- प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेण्टमा तीन कास्य पदक जितेका छन् । पुरुष तर्फ दुई र महिला तर्फ एक टिम इभेण्टमा कास्य पदक जितेका हुन् । महिला तर्फ साब्रे इभेण्टमा धनमाया गुरुङ, शर्मिला गुरुङ, निश्चिल मगर र अक्शा गुरुङ तेस्रो स्थानमा रहे । उनीहरु शसस्त्र प्रहरी बलसँग पराजित हुन पुगेको कास्की फेन्सिङ्गका अध्यक्ष विजय शाहीले जानकारी दिए । पुरुष तर्फको इपी टिम इभेण्टमा कास्य पदकमा खुम्चियो । सेमिफाईनलमा शसस्त्र प्रहरीसँग् अंकको आधारमा ४५/३३ अंकले… पुरा पढौ

नेपाली सेना टिम च्याम्पियन

काठमाडौं-नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो । दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त ग¥यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त ग¥यो । बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल… पुरा पढौ

बागमतीका ओमकरलाई दुई स्वर्ण

काठमाडौ-बागमती प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगत तर्फ दुई स्वर्ण हात पारेका छन् । उनले सावर र ईपी तर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडी परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए । तेश्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे । बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग… पुरा पढौ