थप खेल

पुस अन्तिम साता भारत्तोलन हुने

काठमाडौं । २४ औं पुरुष तथा नवौं महिला राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ । नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको २७,२८ र २९ गते आयोजना हुने जनाएको हो । मध्यपुर थिमीको थिमी बैन्क्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरि ६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा देशभर र विभागीय टिमका गरि २ सय खेलाडीले सहभागि हुने आयोजकले बताएको छ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा… पुरा पढौ

पुस तेस्रो साता गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता

पोखरा-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पोखरा रंगशाला आर्चरी मैदानमा प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजनाको तयारी गरिएको छ । ् कास्की जिल्ला आर्चरी संघको आयोजनामा आगामी पुषको तेस्रो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रदेशस्तरीय प्रतियोगितासँगै ६० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतियोगितालाई समेत संघले पहिलो पटक समावेश गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालााई लक्षित गर्दै आगामी पुष २३ र २४ गते पोखरा आर्चरी मैदानमा प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनका… पुरा पढौ

जाडेन र आजमीलाई किड ट्रायथोलन उपाधी

काठमाडौं- जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा।लि। किड्स ट्रायथोलनको उपाधी हात पार्न सफल भएका छन् । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्रायथोलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्रायथोलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि।मि। साईक्लिङ्ग र १.५ कि।मि। दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधी… पुरा पढौ

शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल

पोखरा-पोखरामा शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुदैं छ । पोखरा महानगरपालिका¬–१७ को विशेष सहयोगमा माईण्ड फ्रेस चेस क्लबका आयोजनामा तीन दिनसम्म प्रतियोगिता हुने छ । वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संयोजक तथा माईन्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताए । ‘पोखरा पहिलोपटक ¥यापिट रेटिङ गेम गर्न लागेका हौँ, यो भन्दा अगाडि यस्तो गेम भएको थिएन, प्रतियोगितााको लागि इन्टरनेशनल आर्विटरहरु पोखरा आउनेछन्’ भण्डारीको भनाई थियो । प्रतियोगितालाई अन्तराष्ट्रिय बुद्धिचाल(चेस) महासंघले प्रतियोगितालाई मान्यता दिएको छ… पुरा पढौ

अक्स स्ट्रेन्थकी वानु महिला पावरलिफ्टिङ च्याम्पियन

पोखरा-अक्स स्ट्रेन्थ जिम काठमाडौंकी नेहा बानु महिला पावरलिफ्टिङ च्याम्पियन बनेकी छन् । शनिबार पोखरामा आयोजित प्रतियोगितामा ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाँएदै वानु च्याम्पियन बनिन् । गोर्खा क्लासिकको आयोजनामा पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा वानुले आफनो तौलको ५.७ गुण तौल उठाँउदै च्याम्पियन बनेकी हुन् । च्याम्पियन बनेकी वानुले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरिन् । उनले स्क्वाड तर्फ १२८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १४३ केजी भार उठाईन् । आफनो तौल समूहमा प्रथम… पुरा पढौ

तोरण्ल गोल्कप(तारा प्रतियोगिता)को उपाधि दरबाङलाई

पोखरा-थकाली सेवा समिति केन्द्रले आयोजना गरेको ११ औं तोरण्ल गोल्डकप(अन्तर क्षेत्रीय तारा प्रतियोगिता)को उपाधि थकाली सेवा समिति दरबाङ म्याग्दी क्षेत्रले जितेको छ । १५ डोरको खेलमा दरबाङ क्षेत्रले १४१ अंकसहित च्याम्पियन बन्यो । नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । थकाली सेवा समिति बेनी म्याग्दीको व्यवस्थापनमा आयोजित प्रतियोगितामा पोखरालाई एक अंकले पछि पार्दै थकाली सेवा समिति काठमाडौं दोस्रो स्थानमा रह्यो । थकाली सेवा समिति पोखरा र काठमाडौंले समान १२० स्कोरमा टाई खेलेपछि दोस्रो र तेस्रो स्थान छुट्टाउन निर्णायार्थ एक… पुरा पढौ

गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौं- पौडीवाच गौरिका सिंहले टोकियो ओलम्पिक अन्र्तगत १ सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्दा राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन । हिट चरणमा गौरिकाले १.००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन । हिट एकमा प्रतिस्पर्धा गरेकी गौरिका तेस्रो स्थानमा रहेकि थिइन् । ५० मिटरको लामो कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी पछि छिन् । यस अघि गौरिकाको नाममा १।००।६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । दक्षिण कोरियामा… पुरा पढौ

गौरिकाले १ सय मिटर फ्रीस्टाइलमा आज प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज (बुधबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक अन्तर्गत बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्। १३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी… पुरा पढौ

सुटिङमा कल्पनाद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत सुटिङ विधामा आज भएको छनोट चरणको खेलमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै आफैले बनाएको राष्ट्रिय कीर्तिमानलाई सुधार गरेकी हुन् । यस अघि कल्पनाले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोडेकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०,… पुरा पढौ

फेवामै हुर्किएको पौडीवाज

पोखरा-पोखरा बैदामका आनन्द कुँवरलाई सानैदेखि पौडी खेलप्रति रुचि थियो । पौडिनका लागि अहिले जस्तो स्वीमिङ पुल भने हुन्थेनन् । तैपनि आँगनमै फेवाताल थियो । एक दिन तालवाराही छेउमा पौडिने क्रममा काठमाडौंबाट घुम्न आएका कोचको नजरमा उनी परे । र, पहिलोचोटि २०५२ सालमा पश्चिमाञ्चलबाट राष्ट्रिय खेल खेल्ने अवसर जु¥यो । २६ वर्षसम्मको खेलजीवनमा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिए । आठौं साफमा उनले नेपाललाई पदक जिताउनसमेत सफल भए ।२०६१ सालसम्म प्रतियोगितामा भाग लिएका उनी त्यसयता प्रशिक्षणमा व्यस्त छन् । यसबीचमा ४… पुरा पढौ