थप खेल

सहकारी कप बुद्धिचाल जारी

ललितपुर-ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले समान ९ अंकका साथ संयुक्त अग्रता लिएका छन् । ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको दोश्रो चरणको खेलमा शिर्ष वरियताका खेलाडी… पुरा पढौ

मन्त्री श्रेष्ठद्वारा हिटिङ पौडी पोखरीको उद्घाटन

काठमाडौ-सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुलले निर्माण गरेको एसजी इन्डोर हिटिङ पौडी पोखरीको शनिबार उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पौडी पोखरीको उद्घाटन गरे । पच्चीस मिटर लम्बाइ रहेको पौडी पोखरी ५ लेनको छ । नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत महिला टिम इभेन्टकी स्वर्ण विजेता मध्यकी एक नयना शाक्य प्रशिक्षकका रुपमा रहेकी छन् । उक्त खेलकुदमा नयना सम्मिलित रुना प्रधान, स्टुती सिंह र रुबिना प्रधानको टोलीले स्वर्ण जितेको थियो । नेपालमै भएको १३… पुरा पढौ

राजविराजमा हुने भारोत्तोलनको लागि खेलाडी प्रशिक्षणमा व्यस्त

पोखरा-दुईसातापछि राजविराजमा देवनारायण स्मृति भारोत्तोलन प्रतियोगिता हुदैं छ । राजविराजमा हुने प्रतियोगिताको लागि ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धाको लागि खरो उत्रिने तयारीमा खेलाडीहरु नियमित प्रशिक्षणमा व्यस्त छन् । पोखरा रंगशालास्थित भारोत्तोलनको प्रशिक्षण केन्द्रमा गण्डकीबाट सहभागि हुने पाँच महिला र तीन पुरुष गरी ८ खेलाडी नियमित प्रशिक्षणमा व्यस्त छन् । जुनियर, युथ र सिनियर तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । सुष्मा काफ्ले ४९ केजी तौल, अनिका गुरुङ ४५ केजी(दुवैले युथ र जुनियरमा समेत )प्रतिस्पर्धा गर्ने छन् । सनिता लामा… पुरा पढौ

राजेन प्रिक्वाटरफाइनलमा

काठमाडौं-अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा जारी सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा राजेनले क्यु १४७ का राजेन्द्र श्रेष्ठलाई ४–१ को फ्रेममा पराजित गरे । चामुण्डका जिमी लामाले बनेपाका नितेश राजभण्डारीलाई ४–०, पोखराका विकास महर्जनले विकेन रिजाललाई ४–० तथा लास्ट ब्रेकका सोम लामाले ब्रेक प्वाइन्टका विनोद श्रेष्ठलाई ४–१ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे । शुक्रबारदेखि प्रिक्वाटरफाइनल खेल सुरु हुने छ । त्यस दिन ४… पुरा पढौ

उषा खनाल गण्डकी च्याम्पियन

पोखरा-प्राचीन ऐतिहासिक थलो लिगलिगमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित लिगलिग साईकल रेसमा गण्डकी प्रदेश महिला तर्फ गोर्खाकी उषा खनाल प्रथम, लम्जुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा तेश्रो स्थान आईन् । पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोर्खाका लेखप्रसाद भट्ट दोश्रो र गोर्खा पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गर्न सफल भए । गण्डकी प्रदेश पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश. ५ हजार, तीन हजार र २५ सय नगद प्राप्त गरे । विजेताद्वय शसस्त्र प्रहरी… पुरा पढौ

सोनी र लक्ष्मण लिगलिग साईकल रेस च्याम्पियन

पोखरा-लिगलिक कोट आफैंमा ऐतिहासिक थलो हो । ऐतिहासिक थलोलाई पर्यटकीय गन्तव्य बनाउन पहिलो पटक आयोजित साईक्लिङ रेसको उपाधि पुरुष तर्फ शसस्त्र प्रहरी बलका लक्ष्मण मल्लले जितेका छन् । महिला तर्फको उपाधि भने शसस्त्र प्रहरी बलकी सोनी गुरुङले जित्न सफल भईन् । लिगलिग भिलेज स्पोर्टसकको आयोजनमा शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली सेनाका हिमाल टमटा दोस्रो भए । आर्मीकै ओकेशराज बज्रचार्य भने तेस्रो स्थानमा रहे । महिला तर्फ भने लक्ष्मी मगर दोस्रो स्थानमा रहँदा उषा खनाल भने तेस्रो स्थानमा चित्त बुझाईन् । लिगलिग… पुरा पढौ

लिगेलिगे साईकल दौड भोलि

काठमाडौं-नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा भोली लिगलिगे साईकल दौड हुने भएको छ । १३औं सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानिय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने छन् । लिगलिगे साईकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ । लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा संचालन हुने साईकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त… पुरा पढौ

‘५ प्रतिशत रकम नहुदाँ पौडी पोखरीको टेण्डर रोकियो’

पोखरा-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बजेट नभएकै कारण पोखरामा हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)बनाउन नसकिएको स्पष्ट पारेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा पौडी पोखरी निर्माण गर्नुपर्ने खाँचो छ । कोरोना संक्रमणसँगै शुरु भएको लकडाउनले पौडी पोखरीको टेण्डर प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । टेण्डर प्रक्रिया अवरुद्ध हुदाँ पौडी पोखरीको निर्माण अघि बढ्न सकेको छैन् । हिटिङ बनाउनुपर्ने प्रतिक्रिया आएपछि पौडी पोखरीको डिजाईन समेत परिवर्तन गरिएको सदस्य सचिव सिलवालले सुनाए । ‘हिटिङ बनाउनुपर्छ भन्ने आशय आयो… पुरा पढौ

दुवाथनल सिरिजको दोश्रो संस्करण शनिबार किर्तिपुरमा

काठमाडौं-नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार काठमाण्डौको प्राचिन ऐतिहासिक शहर किर्तिपुरको जखामा हुने भएको छ । स्थानिय स्तरमा स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने लक्षका साथ संचालन गरिएको सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगिय प्राचिन शहर टोखामा सम्पन्न भईसकेको छ । प्रत्येक दुई हप्तमा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ चोभारमा… पुरा पढौ

आर्चरीका अन्तराष्ट्रिय खेलाडी पुनको दुर्घटनामा निधन

पोखरा-अन्तराष्ट्रिय आर्चरी खेलाडी हिमप्रकाश पुनको सवारी दुर्घटनामा निधन भएको छ । उनको निधनले कास्की जिल्ला आर्चरी संघले आर्चरीको पुर्व अन्तराष्ट्रिय खेलाडी गुमाएको छ । म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएका पुन गएराती पोखराको याम्दीमा सवारी दुर्घटना हुदाँ निधन भएको हो । निधनले आर्चरी संघ शोकमा परेको छ । पोखरा रामबजार निवासी ५० वर्षिय पुन आर्चरीका अन्तराष्ट्रिय खेलाडी हुन् । २००८ मा भारतको जम्सेरपुरमा आयोजित दोस्रो आर्चरी साफ च्याम्पियनसिपमा सहभागि भएका थिए । २०६५ सालमा काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत… पुरा पढौ