⚽ फुटबल

एम १२ को फराकिलो जित

पोखरा-जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए । रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो । एम १२ का… पुरा पढौ

भीमाद र बी–१३ अन्तिम आठमा

पोखरा-भीमाद युवा क्लब र पोखराको बी–१३ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेका छन् । भीमादले कमलपोखरी बीलाई ३–२ गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । भीमादका लागि विनोद घिमिरे, लोकेश गुरुङले गोल गर्दा एक गोल उपहार पाएर भाग्यमानी बन्दै अन्तिम आठमा प्रवेश गर्यो । अजय गुरुङले आत्मघाती गोल गरेका थिए । कमलपोखरीका लागि सन्देश गुरुङ र उपेन गुरुङले गोल गर्दै प्रतिस्पर्धात्मक बनाएपनि आत्मघाती गोलले क्र्वाटरफाईनलको ढोका बन्द गरिदियो ।… पुरा पढौ

केआईईसी एम १२ भक्कुको फराकिलो जित

पोखरा-जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भीमाद युथ क्लबले रन्जन स्मृति युथ क्लब भीमादलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । भीमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काएका थिए । शहीद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले… पुरा पढौ

भीमकालिसँग बी–१३ पराजित

पोखरा,-जनएकता क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा रविन्स गार्डेनलाई पुलिस टे«निङ सेन्टरले ४–० गोलले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ । पुलिसका लागि कृष्ण गुरुङले दुई तथा सुर्य मगर र शक्ति मिजारले समान एक एक गोल गरे । खेलमा शक्ति मिजार म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा बी–१३ लाई भीमकालि एफसीले २–० गोलले पन्छाएको छ । सुमित श्रेष्ठले दुवै गोल गर्दै म्यान अफ दि म्याचको हकदार भए । तेस्रो… पुरा पढौ

घोतानेको त्रिपल ह्याट्रिक

पोखरा-पोखरा–१४ जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगतामा शुभकामना क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कमलपोखरी एफसी दोस्रो चरणमा प्रवेश गरेको छ । स्थानीय रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा कमलपोखरीले शुभकामनालाई २–० गोलले पराजित गरेको थियो । पेनाल्टी सुटआउटमा शुभकामनाका किरण कार्की र सनम केसीले गोल गर्न चुकेपछि दोस्रो चरणको यात्रा तय गर्नबाट बन्चित हुन पुग्यो । कमलपोखरीका लागि सलिन गुरुङ… पुरा पढौ

सेभेन ए साईड फुटबल, मेरो नेपालसँग आयोजक पराजित

पोखरा-जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।पोखरा–१४ स्थित रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ । जनएकता क्लब उदघाटन खेलमा स्थानीय मेरो नेपाल युवा क्लबसँग ३–२ गोल अन्तरले पराजित हुन पुग्यो । जनएकताका लागि सविन गुरुङ र रोशन न्यौपानेले गोल गरेका थिए । मेरो नेपालको लागि विनय सुनार, विनय थापा र अर्जुन खत्रीले गोल गरेका थिए । प्रतियोगितामा ४६ क्लबको सहभागिता रहेको छ ।… पुरा पढौ

प्रथम राष्ट्रिय नाईन ए साईड भेट्रानको उपाधि संगम बीलाई

पोखरा-संगमी बीले सानो गौचरनलाई ३–० गोलले पराजित गर्दै प्रथम राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरा रंगशाला फुटबल मैदानमा भएको फाईनल खेलमा संगमी बीले एक पक्षीय नजिता निकाल्दै तीन लाख नगद राशीको उपाधि रक्षा गर्यो । पानीले प्रभावित बनाएको खेलमा संगम बीले खेलको २० औं मिनेटमा गोलको अग्रता लिदैं सानो गौचरनमाथि दबाव बनायो । लालबहादुर खत्रीको व्याकहिल गोलमा परिणत भएपछि संगमले स्पष्ट अग्रता लिएको थियो । दोस्रो गोल… पुरा पढौ

संगम बी र सानो गौचरन बीच नाईन ए साईड उपाधि प्रतिस्पर्धा

पोखरा-पोखरा संगम बी र काठमाडौंको सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा सानो गौचरनले चितवन भेट्रानलाई पराजित गर्दै उपाधि निकट पुगेको हो । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा सञ्चालित प्रतियोगितामा अन्तर्गत सोमबार पहिलो सेमिफाईनलमा संगम बीले बगर भाइखलकलाई ३–१ गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । संगमका लागि प्लेयर अफ दि म्याच… पुरा पढौ

संघको शाख र गरिमा जोगाउन नयाँ नेतृत्वलाई चुनौति

पोखरा-कास्की जिल्ला फुटबल संघ अधिवेशनको संघारमा छ । आगामी ७ गते अधिवेशन गर्दैै नयाँ नेतृत्व आउने निश्चित छ । नयाँ नेतृत्वलाई कास्की जिल्लाको फुटबलको विकासमा चुनौतिको पहाड चढ्नुपर्ने छ । फुटबलमा हिजो बनाएको शाख र गरिमा जोगाउनुपर्ने छ । बर्तमान कार्यसमितिले धुमिल्याएको छविलाई सङ्ल्याउनुपर्ने चुनौति उत्तिकै छ । बर्तमान कार्यसमितिमा सुशासन र पारदर्शिता नहुदाँ खराब संघ कहलिन पुगेको छ । न माईन्युट, न निर्णय नै छ । केवल एकल व्यक्तिको निर्णयले चारवर्षे कार्यकाल टुंगिन लागेको छ । कार्यसमितिका पदाधिकारी र… पुरा पढौ

सागर थापाको टोली सेमिफाईनलमा

पोखरा-सागर थापा टाईब्रेकरमा चुकेपनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । सानो गौचरनले फाईनल प्रवेशको लागि चितवन भेट्रानसँग सोमबार प्रतिस्पर्धा गर्ने छ । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सानो गौचरनले काठमाडौंको फ्रिडम फाईटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चार पक्का बनायो । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको… पुरा पढौ