⚽ फुटबल

५ वर्षमा ५ करोड भन्दा कम

पोखरा-पोखरा महानगरपालिकाले आफनै खेलकुद निर्माण गर्न शुरु गरेपनि सफल भने हुन सकेन् । चरणबद्ध योजनासहितको बजेट विनियोजन गरेपनि ती पूर्वाधार बनाउन महानगर असफल देखिएको सम्बन्धीत वडाध्यक्ष स्वीकार्छन् । महानगरले आफनो गर्विलो योजनाको रुपमा हाईअल्टिच्युड खेल मैदान निर्माण प्रारम्भ गर्यो । पोखरा–२० मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माणको महत्वाकांक्षी योजना अघि बढायो । महानगरले ७ लाख ५० हजार र वडा मार्फत १ लाख गरी साढे ८ लाखको बजेटबाट काम शुरु गरियो । महत्वकांक्षी योजनाको रुपमा लिएको मौजा खेल मैदानलाई… पुरा पढौ

सहारा एकेडेमीका बालकलाई ट्रयाक सुट सहयोग

पोखरा-समाजसेवी सुभाष श्रेष्ठ ले सहारा एकेडेमीका बालकहरुको लागि ट्रयाक सुट सहयोग गरेका छन् । उनले पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमै पुगेर एक समारोहबीच २८ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । ओभिए कन्सल्टेन्सी डाइरेक्टर सुभाष श्रेष्ठ, कन्सुलर सिर्जना सापकोटाले ती ट्रयाक हस्तान्तरण गरेका हुन् । सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले एकेडेमी संयोजक चित्रबहादुर पुनको सहयोगप्रति आभार व्यक्त गरे । यसअघि पनि पुनले एकेडेमीमा नगद सहयोग गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, कार्यसमिति… पुरा पढौ

सातदोबाटोले पुलिसलाई हराएको दिन मच्छिन्द्रलाई पनि सफलता

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लब सातदोबाटो युथ क्लबसँग पराजित हुदाँ शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबको चुनौतिलाई पन्छाउँदै शीर्षस्थानलाई अझ बलियो बनाएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटो युथ क्लबलाई जित दिलाउन आका बुढामगरले १९औं मिनेटमा गरेको गोल निर्णायक बनेपछि पुलिस नतमष्तक बन्यो । सातदोबाटोको ए डिभिजनमा डेब्यु सिजन हो । डेब्यु सिजन… पुरा पढौ

अधिवेशन अघि जिल्ला लिग र पोखरा गोल्डकपको योजना

पोखरा-अखिल नेपाल फुटबल संघ(एन्फा)ले फागुन मसान्तभित्रमा जिल्ला फुटबल संघहरुको अधिवेशन टुग्याउन परिपत्र गरिसकेको छ । आगामी जेठमा एन्फाले नयाँ नेतृत्वको लागि अधिवेशन गर्ने हुदाँ फागुन मसान्तभित्रमा जिल्ला अधिवेशन टुग्याउन निर्देशनसहित समिति गठन भईसकेको छ । कास्की जिल्ला फुटबल संघले पनि फागुन मसान्तभित्र अधिवेशन टुग्याउनुपर्ने छ । अधिवेशन टुग्याउनुअघि कास्की जिल्ला फुटबल संघले जिल्ला लिग र पोखरा गोल्डकप गर्ने एकमात्र उद्देश्य रहेको स्पष्ट पारेको छ । यद्यपी जिल्ला लिगको समय तोकिसकिएको अवस्था छैन् । अधिवेशनको लागि संघले पदाधिकारी तथा सदस्य एवं… पुरा पढौ

हिमश्री फुड्सको मुख्य प्रायोजनको बीसवर्षे यात्रा

पोखरा-आहा रारा गोल्डकपको नयाँ च्याम्पियन बन्दा बीसवर्षे सम्झौता फाईनलसँगै सकिएको छ । शसस्त्र प्रहरी बलले २० औं सस्करणको उपाधि उचाल्दै इतिहास कोर्यो । सहारा क्लबले पनि गोल्डकपको बीसवर्षे जवान यात्रालाई शनिबार विट मार्यो । हिमश्री फुड्सको दोस्रो पटक गरिएको सम्झौता समेत सकियो । पहिलो दश वर्ष आहा गोल्डकप गर्यो । त्यसपछिको दशवर्ष आहा रारा गोल्डकपको नाममा चल्यो । आहा रारा गोल्डकपको २० वर्षे यात्रा शनिबार टुंगियो । चरम राजनीतिक संकटबाट गोल्डकपको यात्रा शुरु गरेको सहाराले २० वर्षे यात्रामा धेरै आरोह… पुरा पढौ

गोल्डकप उचाल्ने एपीएफ र मनाङ मस्र्याङ्दी चाहना

पोखरा-दुई विभागीय क्लब आहा रारा गोल्डकपको उपाधि विमुख छन् । एउटा विभागीय क्लबले इतिहास कोरेको छ । पोखराको मैदानमा शसस्त्र प्रहरी बल र त्रिभुवन आर्मीले उपाधि उचाल्ने अवसर नै पाएका छैनन् । पुलिसले आहा रारा गोल्डकपमा सुनौलो इतिहास लेखिसकेको छ । इतिहास कोर्ने अभियानमा यतिबेला शसस्त्र प्रहरी बल(एपीएफ) छ । १४ वर्षपछि फाईनल पुगेको छ । १२ वर्षमा खोलोपनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ । उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै… पुरा पढौ

आहा गोल्डकपमा आर्मी टाइब्रेकमा अभागी

पोखरा-त्रिभुवन आर्मी क्लब पोखराको मैदानमा फेरी एकपटक अभागी सिद्ध हुदाँ सर्वाधिक सफल मनाङमस्र्याङ्दी क्लव आहा रारा गोल्डकपको २० औं सस्करणको फाईनल पक्का गरेको छ । निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीको भाग्य खोसिदैं यात्रा टुग्याउँदा मनाङ मस्र्याङ्दी भने पोखराको मैदानमा इतिहास लक्ष्य अघि बढेको छ । पेनाल्टी सुटआउटमा आर्मीलाई ४–३ गोल पराजित गर्दै मनाङ उपाधि निकट पुगेको हो । उपाधिको लागि १४ वर्षपछि फाईनलको ढोका खोलेको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ… पुरा पढौ

बैकल्पिक खेलाडीको गोलमा आर्मी आहा राराको सेमिफाईनल प्रवेश

पोखरा-बैकल्पिक खेलाडीले निर्णायक गोलगरेपछि रुस्लान थ्रीस्टारलाई क्र्वाटरफाईनलमै रोक्दै त्रिभुवन आर्मी क्लब २० औं सस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लयेर अफ दि म्याच राजीव गुरुङले ७० औं मिनेटमा गोलको खडेरी तोडेका थिए । आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे । सेन्टर लाईन नजिकै प्रिन्सले बल दिने क्रममा थ्रीस्टारका डिफेण्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का बनाए । आर्मीले अब फाईनल प्रवेशका… पुरा पढौ

मछिन्द्रसँग संकटाको फराकिलो हार

पोखरा-आहा रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन संकटा क्लबको चुनौतिलाई ४–१ गोलले पन्छाउँदै ए डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लब सेमिर्फानल प्रवेश गरेको छ । अफ्रिकन रुट्सलाई पराजित गर्दै गतवर्ष उपाधि उचालेको संकटाको २० औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल यात्राको सपनालाई मछिन्द्रले सोमबार पोखरा रंगशाला फुटबल मैदानमा ब्रेक लगायो । मछिन्द्रले साविक विजेतामाथि १३ औं मिनेटमा दबाव बनायो । मछिन्द्रका उत्सव राईको लङ रेन्ज पावर सट बल गोलमा परिणत भएपछि मछिन्द्रले स्पष्ट अग्रता लिदैं संकटामाथि दबाव सृजना गरे । संकटाका अमित… पुरा पढौ

मनाङ मस्र्याङ्दी सेमिफाईनल उक्लिदाँ पुलिसको यात्रा रोकियो

पोखरा-नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकप सेमिफाईनल प्रवेश गरेको छ । आईतबार पोखरा रंगशाला फुटबल मैदान भएको प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसमाथि २–० गोलको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । पुलिस भने आहा यो संस्करणको दोस्रो खेलबाट बिदा लिन पुग्यो । दुवै टोली आहा राराको समान उपाधि च्याम्पियन हुन् । दुवैले ६–६ पटक उपाधि उचालेका छन् । दुईवर्ष अघि मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबलाई फाईनलमा पराजित गर्दै उपाधि उचाल्दै पुलिससँगको उपाधि… पुरा पढौ