🎾 लनटेनिस

फ्रेन्च ओपन, माटेओको सहज जित

एजेन्सी-फ्रेन्च ओपन टेनिस टुर्नामेन्ट अन्तर्गत पहिलो राउण्डमा इटालियन खेलाडी माटेओ बेरेटनीले क्यानडेली खेलाडी भासेक पोस्पशिललाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो सेट ६-३ ले लिएको माटेओले दोस्रो सेट भने अझ सजिलो रुपमा लिन भ्याए । दोस्रो सेट ६-१ ले लिदैं जित नजिक पुगेका माटेओले अन्तिम सेटलाई ६-३ मा लिदैं दोस्रो चरण पक्का बनाए । पुरा पढौ

प्ररेणा र अमनलाई यु–१८ जुनियर सर्किट २ टेनिसको उपाधि

खेलाडी न्युज(पोखरा)-अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिला तर्फको उपाधि प्रेरणा कोईरालाले जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाईनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन् । खेल निर्धारित दुई घण्टा भन्दा ढिलो शुरु भएको थियो । पोखरा म्याराथनले एकातिर खेलाडी आउन ढिलाई भएको । अर्कोतिर अभिभावकको तनावले खेलाडीलाई मानसिक तनाव सृजना हुन पुग्यो । प्रतियोगिताका संयोजक सुर्य भुजेलका अनुसार अभिभावकले दिएको… पुरा पढौ

पोखरा ओपन टेनिसको उपाधि खड्कालाई

खेलाडी न्युज(पोखरा)-पोखरा खुल्ला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । खड्काले पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाईनलमा अनिल शाहीलाई ०–६, ६–०, ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । ख्डकाले सेमिफाईनलमा नविन मगरलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अनिलले भने सौगात खड्कालाई पराजित गरेका थिए । पोखरामा मासिक रुपमा विभिन्न प्रायोजनमा टेनिस प्रतियोगिता हुदैं आएको छ । प्रतियोगितालाई टेनिसका अग्रज खेलाडी समीर शेचरनले प्रायोजन गरेका थिए । प्रतियोगितामा विभिन्न ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको थिए । कास्की… पुरा पढौ

छ महिनाभित्र लनटेनिसको पुर्वाधार बनाईने

पोखरा(खेलाडी न्युज)-खेलकुद जगत एशियाडको तयारीमा रहदाँ पोखरामा भने सागको तयारीको लागि पुर्वाधार निर्माण कार्यले गति लिएको छ । फुटबल मैदानको टेण्डर अन्तिम चरणमा रहदाँ पोखरा रंगशालाभित्रको लन टेनिसको पुर्वाधार निर्माण कार्य शुरु गरिएको छ । सागलाई लक्षित गर्दै पोखरामा लन टेनिसका आवश्यक पुर्वाधार निर्माणको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले काठमाडौंको आर एण्ड सी विल्डर्स कम्पनीलाई सुम्पिसकेको छ । परिषदले २ करोड ३३ लाखको लागतमा हार्ड कोर्ट, क्ले कोर्ट, प्यारापिट, चेन्जिङ रुम दुईवटा, सावर, शौचालय, फिडव्याक रुम तथा स्टोर कोठा निर्माण गर्ने… पुरा पढौ