नेट गेम्स

पुस १३ देखि पोखरामा प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता

पोखरा-पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैं छ । कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ । पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो । प्रतियोगितामा नेपालका शीर्ष बरियता खेलाडीहरुसहित विभिन्न जिल्लाबाट सहभागिता रहने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले बताए । उनका अनुसार संघले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता पहिलो पटक हो । यसभन्दा अघि संघले विद्यालयस्तरीय र जिल्लास्तरीय एवं महानगरस्तरीय… पुरा पढौ

चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरा -पोखरामा आयोजित अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ) जुनियर ५ टेनिस प्रतियोगिताको सर्किट १ को उपाधि चाईनिज ताईपेईका केहाउ हङले जितेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन् । प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका… पुरा पढौ

पोखरामा आईटिएफ जुनियर–५ टेनिस शुरु

पोखरा-अन्तराष्ट्रिय टेनिस फेडेरेसन(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा शुरु भएको छ । जुनियर–५ अन्तर्गत १८ वर्षमुनिका विभिन्न ९ देशका टेनिस खेलाडीहरु पोखरामा ¥याङकिङ खेल्न आईपुगेका हुन् । नेपाल टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा सोमबारदेखि शुरुभएको सर्किट–१ र सर्किट–२ को प्रतिस्पर्धामा ९८ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको कास्की जिल्ला टेनिस संघले जनाएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका… पुरा पढौ

राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी

काठमाडौं-राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन् । विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजयी महर्जन र राई प्रत्येकले नगद… पुरा पढौ

पोखरामा जुनियर-५ आइटीएफ टेनिस

पोखरा-पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता शुरु हुदैं छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतिस्पर्धामा विभिन्न १० देशका टेनिसका जुनियर खेलाडी पोखरा आईपुगेका छन् । शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । सर्किट–१ र २ गरी दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागी… पुरा पढौ

सेनाका पविन दोश्रो चरणमा

काठमाडौं- नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्य विजयी खेलाडीहरुमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका… पुरा पढौ

दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता हुने

काठमाडौं-नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रीक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियो।गता यहि कार्तिक १९ गतेबाट हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० किलोमिटर रोड रेस हुने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गते सम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रा तर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रेश बिज्ञप्तीमा जनाईएको छ । वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको… पुरा पढौ

टेनिसका दीप प्रदिप

पोखरा-सफलता पाउन धेरै मेहनत गर्नुपर्छ । विना संघर्ष प्रतिफल पनि आउँदैन् । प्रतिफलको लागि आफ्नो लगाव उत्तिकै जरुरी छ । त्यति मेहनतको प्रतिफल पाएका हुन प्रदीप खड्काले । संघर्षका पाईला चाल्दै हरदम कोर्टमा र्याकेट बोकेर कोर्ट चाहर्ने प्रदीपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तीन स्वर्ण जिते । उनी मात्रै एक्ला खेलाडी हुन जसले तीन वटा स्वर्ण पदक जितेको । उनले व्यक्तिगत विधामा स्वर्ण पदक जिते । प्रतिस्पर्धी थिए गैरआवासिय नेपाली खेलाडी आरभ हाडा । हाडा कुनैबेला जुनियरका शीर्ष बरियताका खेलाडी थिए… पुरा पढौ

स्वर्ण पदक विजेता खेलाडीलाई संघ तथा अग्रज खेलाडीद्वारा नगदसहित सम्मान

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका लागि टेनिसमा पदक विजेता खेलाडीलाई कास्की जिल्ला टेनिस संघले नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा गण्डकी प्रदेशले ३ स्व्र्ण जित्दै इतिहास कोरेको थियो । कास्की जिल्ला टेनिस संघले ३ स्वर्ण पदक प्राप्त गर्ने खेलाडी प्रदिप खड्कालाई नगद २००००, दुई स्वर्ण एक रजत पदक जितेका खेलाडी अनिल साईलाई नगद १२०००. एक स्वर्ण र एक रजत जितेका आशिष् खड्का र सौगात बि.क.लाई जनही रु.७०००÷७००० हजार प्रदान गरिएको थियो । टिम इभेण्टमा स्वर्ण पदक विजेता हासिल गरेको… पुरा पढौ

थ्री बाई थ्री पुरुष बास्केटबलमा गण्डकीलाई स्वर्ण

पोखरा-नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष थ्री बाई थ्री बास्केटल प्रतिस्पर्धामा गण्डकीले स्वर्ण जितेको छ । पोखरा रंगशाला बास्केटबल कोर्टमा बिहीबार भएको प्रतिस्पर्धामा गण्डकीले सशस्त्र प्रहरी बललाई २१–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । सशस्त्र उपविजेता बन्दै रजतमा चित्त बुझायो । बास्केटबलमा गण्डकीलाई पराजित गर्दै सशस्त्रले स्वर्ण पदक जित्यो । गण्डकीलाई ८१–७९ स्कोरमा पराजित गर्दै सशस्त्रले स्वर्ण जितेको हो । दुई स्कोरले पछि पर्दै गण्डकीले रजतमा चित्त बुझाउन बाध्य बन्यो । कास्य पदकका लागी भएको प्रतिस्पर्धामा आर्मीले बागमतीलाई ७८–६०… पुरा पढौ