नेट गेम्स

पल्सर स्पोर्टस अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, पुस २७ । नेपालमा पहिलो पटका सेमि भर्चुअल प्रविधिबाट आयोजना हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड मंगलबार सातदोबाटो स्थित करातेको कर्भडहलमा हुँदै छ । कार्यक्रममा कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो । यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया… पुरा पढौ

पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा

काठमाडौं- १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् । नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा हुने प्रतियोगिता पौष २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदै छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने भएका छन् ।एक मात्र राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको छ- अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । ब्याडमिन्टन खेलको… पुरा पढौ

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडाैं, पुस २१ । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधा सार्वजनिक गर्दा यी तीन खेलाडीले वचश्र्व जमाएका छन् । यी सबै मनोनीत भएका खेलाडी गत वर्ष काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् । मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए… पुरा पढौ

महोत्सवको पूर्वसन्ध्यामा टेनिस, विकासलाई उपाधि

पोखरा-भोलिदेखि पोखराको सडक तीन दिन व्यस्त हुन्छ । विशेष गरी ताल किनारको सडक व्यस्त रहन्छ । सडकमै खाने, मनोरन्जन लिने । रेष्टुरेन्ट एण्ड बार एशोसियसन पोखराले सडक महोत्सवकै पूर्वसन्ध्यामा टेनिस प्रतियोगितालाई टुग्याएको छ । बिच भलिबलको तयारीमा जुटेको छ । सडक महोत्सवकै अवसरमा आयोजित टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङले जितेका छन् । मंगलबार गुरुङ भिलेज टेनिस कोर्टमा भएको फाईनलमा कर्ण तामाङलाई ६–३, ६–४ को सोझो सेटले पराजित गर्दै नगद १० हजारको पुरस्कार जिते । कर्णले ५ हजार रुपैयाँ प्राप्त गरे… पुरा पढौ

फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने

एजेन्सी-सन २०२० सकिदैं छ । तीन दिनपछि नयाँ वर्ष शुरुवात हुने छ । सन २०२१ सँगै खेलकुदले नयाँ फड्को मार्ने विश्वास छ । सन २०२१ मै आयोजना हुने अष्ट्रेलियन ओपन टेनिसमा २० ग्राण्डस्लाम उपाधि जितेका रोजर फेडेरर भने उपस्थिति हुने छैनन् । उनले आफनो नाम फिर्ता लिएका छन् । दाहिने घुडाँको दुईपटक शल्यक्रिया गरेपछि उनले आफनो नाम फिर्ता लिएका हुन् । उनी चाँडै नै मुख्य प्रतियोगितामा फर्किने अपेक्षा गरेका छन् । पछिल्लो दुई महिनामा उनको निकै सुधार भएको उल्लेख गर्दै… पुरा पढौ

पुष्पलाल स्मृती ब्याडमिन्टन अर्को साता

काठमाडौं- १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अर्को साता काठमाण्डौमा हुने भएको छ ।नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २२ गते देखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको छ । प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडीहरु) र महिला एकल (शीर्ष १२ स्थानका खेलाडीहरु), पुरुष एकल (शीर्ष १६ देखि बाहेक) र महिला एकल (शीर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७… पुरा पढौ

सडक महोत्सवको पूर्वसन्ध्यामा टेनिस प्रतियोगिता

पोखरा-रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) पोखराको आयोजनामा लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा भेट्रान्स ओपन टेनिस प्रतियोगिता शुरु भएको छ । पुष १५ देखि शुरु हन लागेको २२ औं पोखरा सडक महोत्सवको पूर्वाद्धमा बुधबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा मेन्स सिंगलतर्फ २४ जनाले तथा डबलतर्फ १० टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक लोक गुरुङ्गले जानकारी दिए । सिंगलतर्फ प्रथम हुने खेलाडीले नगद १० हजार, द्वितियले नगद ५ हजार सहित ट्रफि तथा डबलतर्फका विजेता–उपविजेता खेलाडीले ट्रफि पुरस्करा प्राप्त गर्नेछन्… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन उपाधी प्रिन्सलाई

काठमाडौं-नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे । सेमिफाईनलमा… पुरा पढौ

प्रिन्स क्वाटरफाईनलमा

काठमाडौ- सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाईनल प्रवेश गरेका छन् । बुधबार भएको प्रतियोगितामा सेनाका गोकुल जोरालाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै दाहाल क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले क्वाटरफाईनलमा सेनाक पविन लिनथेपसंगको भेट पक्का गरेका छन् । पविनले रामेछापका टिकाराम मगरलाई २१–४, २१–६ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । नेपाल पुलिसका जीवन आचार्यले सिन्धुपाल्चोकका अभिषेक गुरुङ्गलाई २१–१३, २१–१० ले पराजित गर्दै… पुरा पढौ

टेबल टेनिस खेलाडीका लागि पावेलको ३२ लाख सहयोग

काठमाडौ-स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् ।पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए । पावेलले हालै पुरस्कार जितेका हुन् । यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासको विकासमा गरेको योगदानको मुल्याङकनको आधारमा प्रदान गरिन्छ । उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क ९३२ लाख नेपाली० नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन् । पावेलको यो एभिएम स्कुलका खेलाडीहरुका लागि चौथो… पुरा पढौ